संघीय निर्णय अस्वीकार : कनकासुन्दरी गाउँपालिकामा आइतबार पनि विद्यालय खुल्ने
काठमाडौँ । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघीय सरकारका दुईवटा महत्वपूर्ण निर्णयलाई उल्टाउँदै विद्यालय सञ्चालनसम्बन्धी आफ्नै नयाँ नियम लागू गरेको छ । गाउँपालिकाले संघीय सरकारले तोकेको आइतबारको सार्वजनिक बिदा नमानी वैशाख ७ गतेदेखि नै नियमित पठनपाठन सुरु गर्ने निर्णय गरेको हो ।
कार्यवाहक गाउँपालिका अध्यक्ष प्रेमकली बुढाका अनुसार आइतबार बसेको गाउँ कार्यपालिकाको बैठकले सामुदायिक विद्यालयहरूमा आइतबार बिदा नगर्ने र निर्धारित समयभन्दा अगावै कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । संघीय सरकारले भने वैशाख १५ देखि भर्ना अभियान सुरु गरी वैशाख २१ गतेबाट मात्रै पठनपाठन सुरु गर्ने र हप्ताको दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
हिमाली जिल्लाको भौगोलिक र मौसमी प्रतिकूलताका कारण संघीय निर्णय अव्यवहारिक भएको गाउँपालिकाको निष्कर्ष छ। जुम्लाका विद्यालयहरूमा पुस र माघ महिनामा गरी कुल ४५ दिन हिउँदे बिदा हुने भएकाले संघीय सरकारको बिदा नीतिले निर्धारित पाठ्यक्रम पूरा गर्न कठिन हुने गाउँपालिकाले जनाएको छ। विद्यार्थीहरूको सिकाइ उपलब्धिलाई सुनिश्चित गर्न स्थानीय आवश्यकता अनुसार यो निर्णय लिइएको सूचनामा उल्लेख छ ।
एक्सप्रेस
सम्बन्धित खबर
देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । देशका तराई भूभागमा मौस...
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै
काठमाडौँ । आज २७ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिवस मनाउनुको उद्देश्य भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउनु हो ।...
राष्ट्रिय परिचयपत्र बनाउन झन्झट अन्त्य, अब फाराम भर्नु नपर्ने व्यवस्था लागू
काठमाडौँ । गृह मन्त्रालयले राष्ट्रिय परिचयपत्र बनाउन प्रारम्भिक विवरण दर्ता गर्नुपर्ने झन्झट हटाउने व्यवस्था लागू गरेको छ। अब सेवाग्राहीहरूले अलग्गै आवेदन फाराम भर्नुपर्ने बाध्यता बिना नै बायोमेट्रिक विवरण दिन सक्ने भएका छन् । मन्त्रालयका अनुसार क...
पश्चिमी वायुको प्रभाव : उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले देशभर आंशिक बदली रहेको छ भने आज दिउँसोसम्म तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेश...
मनसुन थप प्रदेशमा विस्तार हुँदै
काठमाडौँ । नेपालमा मनसुनी वायु क्रमशः देशभर विस्तार हुने क्रममा रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्रका साथै गण्डकी र लुम्बिनी प्रदेशको पूर्वी भेगमा मनसुनको प्रभाव परिसकेको छ भने...
आजदेखि म्यादी प्रहरीमा आवदेन दिन पाइने
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सरकारले निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान गरेको छ । नेपाल प्रहरीको मानवस्रोत विकास विभागले बिहीबार सूचना जारी गर्दै निर्वाचनका लागि एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहर...



