संघीय निर्णय अस्वीकार : कनकासुन्दरी गाउँपालिकामा आइतबार पनि विद्यालय खुल्ने
काठमाडौँ । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघीय सरकारका दुईवटा महत्वपूर्ण निर्णयलाई उल्टाउँदै विद्यालय सञ्चालनसम्बन्धी आफ्नै नयाँ नियम लागू गरेको छ । गाउँपालिकाले संघीय सरकारले तोकेको आइतबारको सार्वजनिक बिदा नमानी वैशाख ७ गतेदेखि नै नियमित पठनपाठन सुरु गर्ने निर्णय गरेको हो ।
कार्यवाहक गाउँपालिका अध्यक्ष प्रेमकली बुढाका अनुसार आइतबार बसेको गाउँ कार्यपालिकाको बैठकले सामुदायिक विद्यालयहरूमा आइतबार बिदा नगर्ने र निर्धारित समयभन्दा अगावै कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । संघीय सरकारले भने वैशाख १५ देखि भर्ना अभियान सुरु गरी वैशाख २१ गतेबाट मात्रै पठनपाठन सुरु गर्ने र हप्ताको दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
हिमाली जिल्लाको भौगोलिक र मौसमी प्रतिकूलताका कारण संघीय निर्णय अव्यवहारिक भएको गाउँपालिकाको निष्कर्ष छ। जुम्लाका विद्यालयहरूमा पुस र माघ महिनामा गरी कुल ४५ दिन हिउँदे बिदा हुने भएकाले संघीय सरकारको बिदा नीतिले निर्धारित पाठ्यक्रम पूरा गर्न कठिन हुने गाउँपालिकाले जनाएको छ। विद्यार्थीहरूको सिकाइ उपलब्धिलाई सुनिश्चित गर्न स्थानीय आवश्यकता अनुसार यो निर्णय लिइएको सूचनामा उल्लेख छ ।
एक्सप्रेस
सम्बन्धित खबर
चामेमा नदी थुनिएपछि मुख्यमन्त्रीको आकस्मिक निरीक्षण, खुलाउने प्रयास जारी
मनाङ । मनाङमा आएको विपद् र बाढीपहिरोका कारण खोलाघरमा थुप्रिएको ग्राबेल, ठूला ढुङ्गा तथा थुनिएको नदीलाई सुरक्षित रूपमा खुलाउन र प्रभावित क्षेत्रको अवस्था बुझ्न गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङको चामे पुगेर स्थलगत निरीक्षण गरे...
आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमै अवस्थित छ...
पश्चिमी वायुको प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागलगायत देशका अधिकांश हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बदली र...
नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेका कारण मौसममा बदलाब आएको छ। सुदूरपश्चिमलगायत देशका पहाडी तथा हिमाली भूभागमा अहिले साधारणतया बदली रहेको छ भने बाँकी क्षेत्रको मौसम मुख्यतया सफा देखिएको छ। गण्...
मौसम पूर्वानुमान : देशभर बदली र वर्षा गराउने नयाँ मौसमी प्रणाली सक्रिय
काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम छ । तल्लो वायुमण्डलको न्यून चापीय क्षेत्रको प्रभावले अहिले देशका अधिकांश स्थानमा बादल लागेको छ ।
बागमत...
सुकुमबासी बस्तीका विद्यार्थीको समस्यालाई हल गर्न शिक्षामन्त्रीको ६ बुँदे सर्कुलर
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सुकुमवासी बस्ती हटाउँदा मर्कामा परेका विद्यार्थीहरूको सुरक्षा र सहजीकरणबारे ६ बुँदे सर्कुलर जारी गरेको छ । मन्त्री सस्मित पोखरेलको निर्देशन पछि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन...



