बिहिबार, १२ कात्तिक २०८३
नेपाली

रातो मच्छिन्द्रनाथको रथ ठटीटोल पुर्‍याइयो, आज साँझ ‘नरिवल खसाल्ने जात्रा’

Main News Image

काठमाडौँ । वर्षा र सहकालका देवता मानिने प्रसिद्ध रातो मच्छिन्द्रनाथको रथलाई आज ललितपुरको लगनखेलस्थित ठटीटोल पुर्‍याइएको छ । रथ यात्राको निर्धारित तालिकाअनुसार भक्तजन र जात्राका सहभागीहरूले उत्साहपूर्वक रथ तानेर ठटीटोल पुर्‍याएका हुन् ।

रथ ठटीटोल आइपुगेसँगै आजै साँझ यहाँको विशेष आकर्षण मानिने ‘नरिवल खसाल्ने जात्रा’ सम्पन्न गरिनेछ । रथको माथिल्लो भाग गजुरी नजिक बाट नरिवल खसाल्ने यो परम्परा हेर्न र खसालिएको नरिवल समात्नका लागि ठटीटोलमा श्रद्धालुहरूको ठूलो भीड लाग्ने गर्दछ। प्रचलित जनविश्वासअनुसार यो नरिवल समात्न सक्ने व्यक्तिलाई शुभ फल प्राप्त हुने र सन्तान प्राप्ति हुने मानिन्छ ।

आज साँझ नरिवल खसाल्ने विधि सकिएपछि जात्राको यो चरण विधिवत् रूपमा अगाडि बढ्नेछ । ललितपुरको सबैभन्दा लामो र सांस्कृतिक रूपमा महत्वपूर्ण मानिने यस जात्रालाई व्यवस्थित र सुरक्षित बनाउन स्थानीय प्रशासन तथा सरोकारवाला निकायहरूले विशेष सक्रियता देखाएका छन् ।


mediabaaji add

सम्बन्धित खबर

आज दशैं टीकाको तेस्रो दिन : मान्यजनको हातबाट टीका-जमरा थाप्ने क्रम जारी

काठमाडौँ । विजयादशमीका दिनदेखि सुरु भएको दशैँको टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम आज द्वादशीका दिन पनि जारी रहेको छ। रातो टीका र पहेँलो जमरा सिउरिएर मान्यजनबाट शुभ आशीर्वाद लिन नेपालीहरू टाढ-टाढासम्म यात्रा गरिरहेका छन् । बडादशैँको मुख्य दिन...

गाईजात्रा पर्व आज मनाइँदै

काठमाडौँ । आज गाईजात्रा पर्व मनाइँदै छ । यो पर्व काठमाडौं उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाउने गरिन्छ । परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने गरिन्छ ।

विशेषगरी क...

पशुपतिनाथ मूल मन्दिरभित्रबाट हटाइयो फलामे बार

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरमा करिब एक दशकअघिदेखि राखिएका फलामको बार हटाइएको छ । पशुपतिनाथलाई व्यवस्थित गर्ने क्रममा फलामको बार हटाइएको पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र...

६४८ आरोहीलाई हिमाल आरोहणको अनुमति

काठमाडौँ । शरद् ऋतु सन् २०२६ का लागि नेपालका विभिन्न हिमाल आरोहण गर्न अहिलेसम्म ६४८ जना आरोहीलाई अनुमति दिइएको छ । पर्यटन विभागले सार्वजनिक गरेको प्रतिवेदनअनुसार ७१ वटा आरोहण दलमा आबद्ध ६४८ जनाले विभिन्न २० हिमालका लागि अनुमति पाएका हुन् ।

प...

भरतपुरमा ८८ किलोमिटरभन्दा लामो चक्रपथ निर्माण, मेयर–उपमेयरले गरे उद्घाटन

काठमाण्डौँ । देशको सबैभन्दा लामो महानगरस्तरीय बृहत् चक्रपथ भरतपुर महानगरपालिकाका विभिन्न वडाहरू जोड्ने नेसनल हाइवे एनएच–७७ आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । महानगर प्रमुख रेणु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर–९ स्थित गोन्द्राङको जिरो...

आज सीता र रामको पूजा गरी मनाइँदै विवाह पञ्चमी मनाइँदै

काठमाडौँ । त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदैछ ।

मिथिलाको प्राचीन राजधानी जनकप...