शनिबार, ३० जेठ २०८३
नेपाली

रातो मच्छिन्द्रनाथको रथ ठटीटोल पुर्‍याइयो, आज साँझ ‘नरिवल खसाल्ने जात्रा’

Main News Image

काठमाडौँ । वर्षा र सहकालका देवता मानिने प्रसिद्ध रातो मच्छिन्द्रनाथको रथलाई आज ललितपुरको लगनखेलस्थित ठटीटोल पुर्‍याइएको छ । रथ यात्राको निर्धारित तालिकाअनुसार भक्तजन र जात्राका सहभागीहरूले उत्साहपूर्वक रथ तानेर ठटीटोल पुर्‍याएका हुन् ।

रथ ठटीटोल आइपुगेसँगै आजै साँझ यहाँको विशेष आकर्षण मानिने ‘नरिवल खसाल्ने जात्रा’ सम्पन्न गरिनेछ । रथको माथिल्लो भाग गजुरी नजिक बाट नरिवल खसाल्ने यो परम्परा हेर्न र खसालिएको नरिवल समात्नका लागि ठटीटोलमा श्रद्धालुहरूको ठूलो भीड लाग्ने गर्दछ। प्रचलित जनविश्वासअनुसार यो नरिवल समात्न सक्ने व्यक्तिलाई शुभ फल प्राप्त हुने र सन्तान प्राप्ति हुने मानिन्छ ।

आज साँझ नरिवल खसाल्ने विधि सकिएपछि जात्राको यो चरण विधिवत् रूपमा अगाडि बढ्नेछ । ललितपुरको सबैभन्दा लामो र सांस्कृतिक रूपमा महत्वपूर्ण मानिने यस जात्रालाई व्यवस्थित र सुरक्षित बनाउन स्थानीय प्रशासन तथा सरोकारवाला निकायहरूले विशेष सक्रियता देखाएका छन् ।


mediabaaji add

सम्बन्धित खबर

लक्ष्मीपूजाः धन, धर्म र मातृशक्तिको आराधना

काठमाडौँ । कार्तिक कृष्ण औंसीका दिन मनाइने लक्ष्मीपूजा हिन्दू धर्मावलम्बीहरूको लागि अत्यन्त महत्वपूर्ण पर्व हो । धन र समृद्धिको प्रतीकका रूपमा मात्र नभई, मातृशक्ति, मुक्ति र भुक्तिको प्रतीकका रूपमा पनि माता लक्ष्मीको आ...

नारायणघाटबाट बुटवल जाँदै गरेको बस मध्यविन्दुमा दुर्घटना, २० जना घाइते

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी बर्दघाट–सुस्तापूर्वको मध्यविन्दुमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । नारायणघाटबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख २८४५ नम्बरको बस आज मध्यविन्दु–८ खजुरी खो...

कोशी र गण्डकी प्रदेशको हिमाली भागमा हिमपातको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ । साथै, कोशी र गण्डकी प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागका एक दुई...

आज लक्ष्मी पूजा : आज साँझ धन धान्यकी देवी लक्ष्मीको पूजा गरिँदै

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिँदैछ । सफा सुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा...

आज माघे संक्रान्ति पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौँ । आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति । घिउ, चाकु र तरुललगायतका परिकार खाएर मनाइँदै छ । आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भन्ने चलन छ । माघे संक्रान्ति वा मकर संक्रान...

आज यी दुई प्रदेशको हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा...