शनिबार, ०७ कात्तिक २०८३
नेपाली

फरक अवतारमा रश्मिका,यस्तो छ 'मैसा'को पहिलो झलक !

Main News Image

काठमाडौँ । दक्षिण भारतीय फिल्म मैसाको पहिलो झलक सार्वजनिक भएको छ । निर्माण पक्षले बुधबार पहिलो झलकस्वरूप टिजर सार्वजनिक गरेको हो । टिजरमा अभिनेत्री रश्मिका मन्दाना यसअघि देखिँदै आएको रोमान्टिक छविभन्दा फरक अवतारमा प्रस्तुत छिन् । उनी गम्भीर भाव र अनुहारमा रगत लतपतिएको अवस्थामा देखिएकी छिन् । दृश्यमा उनी हातमा बन्दुक समातेर लडाइँमा उत्रिएको देखिन्छिन् ।

टिजरले फिल्ममा रश्मिकाको पात्र गम्भीर र शक्तिशाली रहेको संकेत गर्छ। टिजरमा सुनिने भ्वाइस ओभरले रश्मिकाको पात्रको क्रोध र सामना गर्ने दृढताबारे बताउँछ । एक्सन–थ्रिलर फिल्म मैसा रविन्द्र पुल्लेले निर्देशन गरेका हुन् । फिल्ममा रश्मिका मुख्य भूमिकामा देखिँदै छिन । अन्य कलाकारहरूबारे जानकारी सार्वजनिक गरिएको छैन। फिल्म सन् २०२६ मा रिलिज हुने जनाइएको छ ।


mediabaaji add

सम्बन्धित खबर

बालप्रतिभा सुवाशना खड्का केसी: ‘द भ्वाइस किड्स नेपाल सिजन ५’ को बलियो दाबेदार

काठमाण्डाैँ । ११ वर्षको उमेरमै नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुँदै गरेकी बालप्रतिभा सुवाशना खड्का केसी अहिले हिमालय टेलिभिजनबाट प्रसारण भइरहेको नेपालको सर्वाधिक लोकप्रिय गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन ५’ मा उ...

बाढी पीडितलाई सहयोग गर्न काठमाडौँ आइपुगे भारतीय बलिउड अभिनेता सोनू सूद

काठमाडौँ । बाढीपीडितलाई सहयोग गर्न भारतीय बलिउड अभिनेता सोनू सूद काठमाडौँ आइपुगेका छन् । बाढी तथा डुबानबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले उनी मंगलबार काठमाडौँ आएका हुन् ।

‘बा : एक योद्धा’ मा एकसाथ देखिँदै झरना र सुहाना

काठमाण्डौँ । अभिनेत्री तथा निर्देशक झरना थापा र उनकी छोरी अभिनेत्री सुहाना थापा पहिलो पटक एउटै पर्दामा देखिने भएका छन् । फिल्म ‘बाः एक योद्धा’मा यी दुवै आमाछोरीको भूमिकामा देखिनेछन् ।  विगत दुई सातादेखि छायांकन भइरहेको यस चलचित्रमा रहेका कलाक...

दिग्गज बलिउड अभिनेता धर्मेन्द्रको निधन

काठमाडौँ । समाचार एजेन्सी आईएएनएसका अनुसार वरिष्ठ अभिनेता धर्मेन्द्रको निधन भएको छ । रिपोर्टका अनुसार, ८९ वर्षीय धर्मेन्द्रले सोमबार दिउँसो १ बजेतिर आफ्नो घरमा अन्तिम सास फेरे । उनको अन्त्येष्टि विले पार्ले श्मशानघाटमा...

मोडल आँचल नाथ आत्महत्या प्रकरणमा पाँच जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । टिकटकर तथा मोडल आँचल नाथको मृत्यु प्रकरणमा पाँच जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले अनुसन्धानपछि पाँच जनाविरुद्ध मुद्दा दायर गरिएको जनाएको छ । जिल्ला अदाल...

अहिलेको परिवर्तनको श्रेय माओवादी जनयुद्धलाई जान्छ : दीपकराज गिरी

काठमाडौँ । कलाकार दीपकराज गिरीले अहिले संसदमा महिला, दलित तथा उत्पीडित वर्गको उल्लेख्य प्रतिनिधित्व हुनु माओवादी जनयुद्धको परिणाम भएको बताएका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले वर्तमान राजनीतिक परिवर्तनमा जनयुद्धको भूमिका रहेको उल्लेख गरेका...