मोडल आँचल नाथ आत्महत्या प्रकरणमा पाँच जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौँ । टिकटकर तथा मोडल आँचल नाथको मृत्यु प्रकरणमा पाँच जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले अनुसन्धानपछि पाँच जनाविरुद्ध मुद्दा दायर गरिएको जनाएको छ । जिल्ला अदालत काठमाडौंमा दायर मुद्दामा नरेफाँटका २६ वर्षीय सञ्जु विक, अनु भनिने उर्मिला विक, सरु भनिने सरस्वती भण्डारी, २२ वर्षीय राजेश बुढा र लक्ष्मी बुढालाई प्रतिवादी बनाइएको छ ।
उनीहरूमध्ये सञ्जु विक मात्र पक्राउ परेका छन् भने बाँकीलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । असोज ९ गते आँचलले शरीरमा पेट्रोल छर्किएर आफैँलाई आगो लगाएकी थिइन् । गम्भीर रूपमा घाइते भएपछि सञ्जुले उनलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका लागि लगेका थिए । उपचारका क्रममा चिकित्सकहरूले उनको मृत्यु भएको घोषणा गरेका थिए ।
टिकटकमार्फत सञ्जुसँग चिनजान भएकी आँचल सरस्वती भण्डारीसँग केही समयदेखि विवाद रहेको भन्दै उनका भिनाजु प्रकाशनाथ योगीले दिएको जाहेरीमा उल्लेख छ । सोही विषयमा आँचललाई गाली गलौज गरिएको र उनले सहन नसकी आत्महत्या गरेको योगीको दाबी छ । केही म्युजिक भिडियोमा देखिएकी आँचल मोडलिङमा समेत सक्रिय थिइन् । दुई वर्षअघि जापानी भाषा अध्ययन गर्न गाउँबाट काठमाडौं आएकी उनी भक्तपुरमा डेरा लिएर बस्दै आएकी थिइन् ।
एक्सप्रेस
सम्बन्धित खबर
पर्वतमा नेपालकै अग्लो हाइलाइनको सफल परीक्षण
पर्वत । साहसिक पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास हुँदै गएको पर्वतमा नेपालकै अग्लो स्थानमा हाइलाइनको सफल परीक्षण गरिएको छ। जिल्ला सदरमुकाम कुश्माबजार र छिमेकी जिल्ला बागलुङको बलेवा जोड्ने गरी ‘द क्लिफ’ले...
लोक गायक कमल बिके निर्मोहीको निधन
काठमाण्डौँ । लोकगायक तथा सञ्चारकर्मी कमल बिके निर्मोहीको निधन भएको छ । केही वर्षदेखि मिर्गौला सम्बन्धी समस्याका कारण अस्वस्थ उनको मंगलबार साँझ निधन भएको हो । गायिका कोमल वलीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै निर्मोहीको निधनबारे जानक...
हाँस्य कलाकार ‘बले’ पक्राउ
काठमाडौँ । हाँस्य कलाकार सागर लम्साल बले पक्राउ परेका छन् । उनलाई बुढानिलकण्ठबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिएका छन् ।
अमेरिकामा बस्ने एक युवतीले बलेमाथि अमेरिकामै बलात्कार गरेको आरोप लगाएकी थिइन...
विजय थापाको निर्देशनमा "आँसु बिक्ने सहर" सार्वजनिक
काठमाण्डौँ । गायक तथा निर्देशक विजय थापाको स्वरमा सजिएको नयाँ आधुनिक गीत आँसु बिक्ने सहर सार्वजनिक भएको छ । विजय थापाको आधिकारिक युट्युब च्यानलमार्फत गीत सार्वजनिक भएको हो ।
माया र विछोडको भावनालाई मार्मिक रूपमा प्रस्तुत गरिएको गीतमा श...
सुशीला गौतम र खेम सेन्चुरीको स्वरमा "मोरे सैया" गीत सार्वजनिक
काठमाडौँ । लोकदोहोरी गायिका सुशीला गौतमको नयाँ सांगीतिक प्रस्तुति मोरे सैया सार्वजनिक भएको छ । सुशीला गौतम र खेम सेन्चुरीको संयुक्त स्वर रहेको यस गीतमा प्रेमभावका साथै नेपाली संस्कृतिको झल्को समेत प्रस्तुत गरिएको छ ।
नेत्र अर्यालद्वारा शब्द...
बुद्ध र गान्धीको दर्शनबाट उत्प्रेरित कथामा मनोज पण्डितले ‘ग्रेट’ निर्देशन गर्ने
काठमाडौँ । हिंसाको माध्यमबाट के शान्ति प्राप्त हुन्छ ? बुद्ध र महात्मा गान्धीको दर्शनबाट उत्प्रेरित भएर लेखिएको कथामा आधारित चलचित्र ‘ग्रेट’ ले मानिसको महानता के मा हुन्छ भन्ने प्रश्नको उत्तरको खोजी गर्छ । इन्डी फिल्म निर्माणको शैलीमा निर्माण हुने...



