फरक अवतारमा रश्मिका,यस्तो छ 'मैसा'को पहिलो झलक !
काठमाडौँ । दक्षिण भारतीय फिल्म मैसाको पहिलो झलक सार्वजनिक भएको छ । निर्माण पक्षले बुधबार पहिलो झलकस्वरूप टिजर सार्वजनिक गरेको हो । टिजरमा अभिनेत्री रश्मिका मन्दाना यसअघि देखिँदै आएको रोमान्टिक छविभन्दा फरक अवतारमा प्रस्तुत छिन् । उनी गम्भीर भाव र अनुहारमा रगत लतपतिएको अवस्थामा देखिएकी छिन् । दृश्यमा उनी हातमा बन्दुक समातेर लडाइँमा उत्रिएको देखिन्छिन् ।
टिजरले फिल्ममा रश्मिकाको पात्र गम्भीर र शक्तिशाली रहेको संकेत गर्छ। टिजरमा सुनिने भ्वाइस ओभरले रश्मिकाको पात्रको क्रोध र सामना गर्ने दृढताबारे बताउँछ । एक्सन–थ्रिलर फिल्म मैसा रविन्द्र पुल्लेले निर्देशन गरेका हुन् । फिल्ममा रश्मिका मुख्य भूमिकामा देखिँदै छिन । अन्य कलाकारहरूबारे जानकारी सार्वजनिक गरिएको छैन। फिल्म सन् २०२६ मा रिलिज हुने जनाइएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
थानेश्वरको स्वरमा ‘लज्जावती’को गीत सार्वजनिक
काठमाडौँ । चलचित्र ‘लज्जावती’को ‘मलाई पिर परेको तिम्लाई के थाहा छ’ बोलको गीत सार्वजनिक भएको छ । थानेश्वर गौतमको स्वर रहेको गीतमा भीमकुमार ओझाको शब्दरचना छ । सन्तोष बिसीले संगीत भरेका छन् । भिडियोमा सिनेमाका कलाकार मेनुका माझी र श्रीकृष्ण निरौलाको...



