नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा १९ जना स्रष्टालाई प्रज्ञा पुरस्कार-२०८२ समर्पण !
काठमाडौँ ,कमलादी। २०८३ वैशाख १८ गते ,बिहीवार। •भाषा,साहित्य ,संस्कृति ,दर्शनशास्त्र र सामाजशास्त्र लगायतका विधामा साधनारत १९ जना विशिष्ट स्रष्टालाई नेपाल प्रज्ञा- प्रतिष्ठानले प्रज्ञा पुरस्कार-२०८२ समर्पण गरेको छ।
• प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले पानसमा दीप प्रज्वलन गरी समुद्घाटन गर्नुभएको उक्त समारोहमा पुरस्कृत स्रष्टालाई पुष्पमाला नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति नारदमणि हार्तमछालीले गर्नुभएको थियोे ।
•प्रज्ञा-प्रतिष्ठानका कुलपति राईले जनही १,०००००/ (एक लाख )राशि रहेको प्रज्ञा पुरस्कार १२ जनालाई र ७ जनालाई रू ५०,००० (पचास हजार) राशि रहेको प्रज्ञा प्रादेशिक पुरस्कार समर्पण गर्नुभएको थियोे ।प्रज्ञा पुरस्कार-२०८२ मा समालोचनातर्फ प्रा.डा.अभि सुवेदी,दर्शनतर्फ ईश्वरचन्द्र ज्ञवाली,गद्यसाहित्यतर्फ आहुति,
भाषातर्फ प्रा.मुकुन्दशरण उपाध्याय, सामाजिकशास्त्रतर्फ डा. डम्बर चेम्जोङ,पद्य साहित्यतर्फ शैलेन्द्र साकार ,संस्कृतितर्फ प्रा.डा. सोमप्रसाद खतिवडा,बालसाहित्यतर्फ सुशीला प्रधानाङ्ग,अनुवादतर्फ डा.सर्वोत्तम श्रेष्ठ,अन्तर्देशीयतर्फ नरेश काङमाङ राई (बेलायत),मातृभाषा (हिमाली पहाडी) तर्फ
बुद्ध योञ्जन र मातृभाषा (मधेश तराई)तर्फ
अमरेन्द्रकुमार यादवलाई प्रज्ञा पुरस्कार-२०८२ समर्पण गर्नुभएको थियोे ।
• प्रज्ञा-प्रतिष्ठानले पहिलोपटक स्थापना गरेको ५०,००० (पचास हजार) राशि रहेको प्रज्ञा प्रादेशिक पुरस्कार- २०८२ कुलपति राईले
कोसी/१ नम्बर प्रदेशतर्फ मलिसा याक्थुम्बा लिम्बु (महेन्द्रकुमार नेम्बाङ),मधेस प्रदेशतर्फ मुना चौधरी,बागमती प्रदेशतर्फ शान्ति प्रिय बन्दना,गण्डकी प्रदेशतर्फ अनिल श्रेष्ठ,लुम्बिनी प्रदेशतर्फ क्षितिज मगर,कर्णाली प्रदेशतर्फ रमानन्द आचार्य, सुदूरपश्चिम प्रदेशतर्फ कर्ण दयाल 'सोडारी'लाई समर्पण गरिएको थियोे।
• सभाध्यक्ष तथा प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले समारोहलाई सम्बोधन गर्दै भाषा ,साहित्य ,संस्कृति र समाजशास्त्र लगायतका ज्ञानका विविध आयाममा साधनारत प्रतिनिधिमूलक प्रतिभालाई प्रज्ञा पुरस्कार दिन पाएकामा गौरवबोध भएको बताउनुभएको थियोे ।उहाँले प्रज्ञा पुुरस्कारबाट पुरस्कृत स्रष्टा आहुतिले भने जस्तै पुरस्कार भनेको वर्गीय राजनीति नै हो भन्ने ठोकुवा गर्नुभएको थियोे ।
•नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति नारदमणि हार्तमछालीले प्रज्ञा पुरस्कारबाट पुरस्कृत स्रष्टा बारे बधाई मनतव्य राख्नुभएको थियोे ।
•यस्तै , प्रज्ञा पुरस्कारबाट पुरस्कृत व्यक्तित्व प्रा.डा. अभि सुवेदी ,आहुति ,डा. डम्बर चेम्जोङ र सुशीला प्रधानाङ्गले आआफ्नो मनतव्य प्रस्तुत गर्नुभएको थियोे ।प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीको उद्घोषण रहेको थियोे ।
•प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा दर्शनशास्त्र विभाग प्रमुख डा. कृष्णराज अधिकारीले प्रज्ञा पुरस्कारका बारेमा,प्राज्ञ परिषद् सदस्य तथा समालोचना ,साहित्येतिहास विभाग प्रमुख डा. मधुसूदन गिरीले प्रज्ञा पुरस्कारबाट पुरस्कृत स्रष्टाका बारेमा मन्तव्य राख्नुभएको थियोे ।प्रज्ञा-प्रतिष्ठानका परिषद् सदस्य तथा पद्य /काव्य विभाग प्रमुख बाबा बस्नेतले स्वागत मनतव्य राख्नुभएको थियोे ।
एक्सप्रेस
सम्बन्धित खबर
तीन साहित्यकारलाई ‘मधुपर्क सम्मान’को घोषणा
काठमाडौँ । गोरखापत्र संस्थानको मासिक प्रकाशन साहित्यिक पत्रिका मधुपर्कले हरेक वर्ष प्रदान गर्दै आएको ‘मधुपर्क सम्मान’को घोषणा गरिएको छ । यस वर्षको ‘मधुपर्क सम्मान’ पद्यतर्फ अग्रज कवि एवं गीतकार यादव खरेललाई र गद्यतर्फ कथाकार भाउपन्थीलाई प्रदान गर्...
भक्तपुरमा मुक्तक लेखन तथा वाचन कार्यक्रम सम्पन्न !
• दुर्बिन शर्मा 'विवेक'
भक्तपुर ।मुक्तकसागर र प्रोक्सिमा इन्टरनेसनल एकेडेमीको संयुक्त आयोजनामा विद्यार्थीहरूबिच मुक्तक लेखन तथा वाचन प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको सञ्चालन एकेडेमीका रा...
'मातृभाषा राष्ट्रिय कविता महोत्सव २०८२' सम्पन्न
प्राज्ञ चेतनाथ धमला
काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठानले अन्तर्राष्ट्रिय मातृभाषा दिवस -२०२६को आयोजना गरेको थियोे। कार्यक्रमको सुरुमा काठमाडौँको कमलादी, घण्टाघर ,रत्नपार्क र दरबारमार्ग लगायतका स्थानको परिक्रमा विभिन्न जनजाति र मातृभाषा...
‘गोपाल पाँडे असीम पुरस्कार’ तथा ‘लेबाल त्रिरत्न पुरस्कार’ प्रदान
काठमाडौँ । नेपाली शिक्षा परिषद्ले संस्थाको ७६औँ वार्षिकोत्सव तथा परिषद्का संस्थापक गोपाल पाँडे असीमको ११४औँ जन्मजयन्तीका अवसरमा दुई पुरस्कार प्रदान गरेको छ ।
आइतबार सोह्रखुट्टे काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्वप्रश...
मदन पुरस्कारका लागि उत्कृष्ट १० पुस्तकहरूको सूची सार्वजनिक
काठमाडौँ । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०८२’ का लागि उत्कृष्ट १० पुस्तकहरूको श्रेष्ठ सूची सार्वजनिक गरेको छ । गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा जारी विज्ञप्तिअनुसार यस वर्ष प्राप्त कूल २९८ वटा पुस्तकहरूमध्येबाट यी १० उत्कृष्ट कृतिहरू छनौट ग...
आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै
काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपालीलाई ठूलो गुन लगाएका छन्...



