नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा १९ जना स्रष्टालाई प्रज्ञा पुरस्कार-२०८२ समर्पण !
काठमाडौँ ,कमलादी। २०८३ वैशाख १८ गते ,बिहीवार। •भाषा,साहित्य ,संस्कृति ,दर्शनशास्त्र र सामाजशास्त्र लगायतका विधामा साधनारत १९ जना विशिष्ट स्रष्टालाई नेपाल प्रज्ञा- प्रतिष्ठानले प्रज्ञा पुरस्कार-२०८२ समर्पण गरेको छ।
• प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले पानसमा दीप प्रज्वलन गरी समुद्घाटन गर्नुभएको उक्त समारोहमा पुरस्कृत स्रष्टालाई पुष्पमाला नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति नारदमणि हार्तमछालीले गर्नुभएको थियोे ।
•प्रज्ञा-प्रतिष्ठानका कुलपति राईले जनही १,०००००/ (एक लाख )राशि रहेको प्रज्ञा पुरस्कार १२ जनालाई र ७ जनालाई रू ५०,००० (पचास हजार) राशि रहेको प्रज्ञा प्रादेशिक पुरस्कार समर्पण गर्नुभएको थियोे ।प्रज्ञा पुरस्कार-२०८२ मा समालोचनातर्फ प्रा.डा.अभि सुवेदी,दर्शनतर्फ ईश्वरचन्द्र ज्ञवाली,गद्यसाहित्यतर्फ आहुति,
भाषातर्फ प्रा.मुकुन्दशरण उपाध्याय, सामाजिकशास्त्रतर्फ डा. डम्बर चेम्जोङ,पद्य साहित्यतर्फ शैलेन्द्र साकार ,संस्कृतितर्फ प्रा.डा. सोमप्रसाद खतिवडा,बालसाहित्यतर्फ सुशीला प्रधानाङ्ग,अनुवादतर्फ डा.सर्वोत्तम श्रेष्ठ,अन्तर्देशीयतर्फ नरेश काङमाङ राई (बेलायत),मातृभाषा (हिमाली पहाडी) तर्फ
बुद्ध योञ्जन र मातृभाषा (मधेश तराई)तर्फ
अमरेन्द्रकुमार यादवलाई प्रज्ञा पुरस्कार-२०८२ समर्पण गर्नुभएको थियोे ।
• प्रज्ञा-प्रतिष्ठानले पहिलोपटक स्थापना गरेको ५०,००० (पचास हजार) राशि रहेको प्रज्ञा प्रादेशिक पुरस्कार- २०८२ कुलपति राईले
कोसी/१ नम्बर प्रदेशतर्फ मलिसा याक्थुम्बा लिम्बु (महेन्द्रकुमार नेम्बाङ),मधेस प्रदेशतर्फ मुना चौधरी,बागमती प्रदेशतर्फ शान्ति प्रिय बन्दना,गण्डकी प्रदेशतर्फ अनिल श्रेष्ठ,लुम्बिनी प्रदेशतर्फ क्षितिज मगर,कर्णाली प्रदेशतर्फ रमानन्द आचार्य, सुदूरपश्चिम प्रदेशतर्फ कर्ण दयाल 'सोडारी'लाई समर्पण गरिएको थियोे।
• सभाध्यक्ष तथा प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले समारोहलाई सम्बोधन गर्दै भाषा ,साहित्य ,संस्कृति र समाजशास्त्र लगायतका ज्ञानका विविध आयाममा साधनारत प्रतिनिधिमूलक प्रतिभालाई प्रज्ञा पुरस्कार दिन पाएकामा गौरवबोध भएको बताउनुभएको थियोे ।उहाँले प्रज्ञा पुुरस्कारबाट पुरस्कृत स्रष्टा आहुतिले भने जस्तै पुरस्कार भनेको वर्गीय राजनीति नै हो भन्ने ठोकुवा गर्नुभएको थियोे ।
•नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति नारदमणि हार्तमछालीले प्रज्ञा पुरस्कारबाट पुरस्कृत स्रष्टा बारे बधाई मनतव्य राख्नुभएको थियोे ।
•यस्तै , प्रज्ञा पुरस्कारबाट पुरस्कृत व्यक्तित्व प्रा.डा. अभि सुवेदी ,आहुति ,डा. डम्बर चेम्जोङ र सुशीला प्रधानाङ्गले आआफ्नो मनतव्य प्रस्तुत गर्नुभएको थियोे ।प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीको उद्घोषण रहेको थियोे ।
•प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा दर्शनशास्त्र विभाग प्रमुख डा. कृष्णराज अधिकारीले प्रज्ञा पुरस्कारका बारेमा,प्राज्ञ परिषद् सदस्य तथा समालोचना ,साहित्येतिहास विभाग प्रमुख डा. मधुसूदन गिरीले प्रज्ञा पुरस्कारबाट पुरस्कृत स्रष्टाका बारेमा मन्तव्य राख्नुभएको थियोे ।प्रज्ञा-प्रतिष्ठानका परिषद् सदस्य तथा पद्य /काव्य विभाग प्रमुख बाबा बस्नेतले स्वागत मनतव्य राख्नुभएको थियोे ।
एक्सप्रेस
सम्बन्धित खबर
भक्तपुरमा मुक्तक लेखन तथा वाचन कार्यक्रम सम्पन्न !
• दुर्बिन शर्मा 'विवेक'
भक्तपुर ।मुक्तकसागर र प्रोक्सिमा इन्टरनेसनल एकेडेमीको संयुक्त आयोजनामा विद्यार्थीहरूबिच मुक्तक लेखन तथा वाचन प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको सञ्चालन एकेडेमीका रा...
गजल मञ्च चितवनका तीनवटा कृति एकैसाथ प्रकाशन
चितवन । सिर्जनालाई प्रकाशनसँग र प्रकाशनलाई साहित्यिक उत्तराधिकारसँग जोड्दै आएको गजल मञ्च चितवनले एकैपटक तीनवटा साहित्यिक कृति प्रकाशनमा ल्याएको छ । मञ्चका विशिष्ट सदस्य तथा गजलकार राजन पौडेलको गजलसङ्ग्रह ‘सपनाको बादल’, संस्थापक अध्यक्ष तथा गजलकार...
तृषित मन' हाइकु / सेन्युसङ्ग्रहको लोकार्पण
काठमाडौँ। कविताको लघुतम रूप हाइकु र सेन्यु नेपाली साहित्यमा निकै लोकप्रिय देखिन्छ। हाइकु र सेन्युको सङ्क्षिप्तता र गुणवेत्ताका प्रभावले नेपाली साहित्यमा सयौँ हाइकुकार र केही सेन्युकारहरू देखा परिरहेका छन् ।यसै क्रममा काठमाडौँका ६६ वर्षीय प्रदीप के...
नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा प्रज्ञा पुरस्कार-२०८२ घोषण !
काठमाडौँ ,कमलादी।२०८३ वैशाख १०, गते ,बिहीवार।नेपाल प्रज्ञा-प्रतिष्ठानले हरेक वर्ष भाषा,साहित्य ,संस्कृति ,दर्शनशास्त्र र सामाजिकशास्त्र विधाका विभिन्न प्रज्ञा पुरस्कारहरू-२०८२ घोषणा गरेको छ।साथै,यसपटकदेखि प्रज्ञा प्रादेशिक पुरस्कार समेत प्रारम्भ ग...
विश्व कविता दिवस मनाइँदै
काठमाडौँ । आज विश्व कविता दिवस मनाइँदैछ । साहित्यिक कार्यक्रमको आयोजना गरी विश्व कविता दिवस मनाइने छ । दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य पद्य–काव्य विभागद्वारा विशेष कवि गोष्ठीको आयोजना गरिएको छ ।
सन् १९९९ मा संयुक्त राष्ट्रसङ्...
राहुलको नयाँ अध्याय लोकार्पण
©निशेष आङ्देम्बे
गजलकार राहुल शंकरकृत गजल सङ्ग्रह 'नयाँ अध्याय' लोकार्पण भएको छ । 'द मार्जिन'ले प्रकाशनमा ल्याएको उक्त कृति ...



