शनिबार, १३ असार २०८३
नेपाली

नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा १९ जना स्रष्टालाई प्रज्ञा पुरस्कार-२०८२ समर्पण !

Main News Image

काठमाडौँ ,कमलादी। २०८३ वैशाख १८ गते ,बिहीवार।    •भाषा,साहित्य ,संस्कृति ,दर्शनशास्त्र  र सामाजशास्त्र लगायतका  विधामा साधनारत १९ जना विशिष्ट स्रष्टालाई नेपाल प्रज्ञा- प्रतिष्ठानले प्रज्ञा पुरस्कार-२०८२  समर्पण गरेको छ।

      • प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले पानसमा दीप प्रज्वलन गरी  समुद्घाटन गर्नुभएको उक्त समारोहमा पुरस्कृत स्रष्टालाई पुष्पमाला नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति नारदमणि हार्तमछालीले गर्नुभएको थियोे ।

      •प्रज्ञा-प्रतिष्ठानका कुलपति राईले जनही १,०००००/ (एक लाख )राशि रहेको  प्रज्ञा पुरस्कार १२ जनालाई  र ७ जनालाई रू ५०,००० (पचास हजार) राशि रहेको प्रज्ञा प्रादेशिक पुरस्कार समर्पण गर्नुभएको थियोे ।प्रज्ञा पुरस्कार-२०८२ मा समालोचनातर्फ  प्रा.डा.अभि सुवेदी,दर्शनतर्फ ईश्वरचन्द्र ज्ञवाली,गद्यसाहित्यतर्फ आहुति,

भाषातर्फ प्रा.मुकुन्दशरण उपाध्याय, सामाजिकशास्त्रतर्फ डा. डम्बर चेम्जोङ,पद्य साहित्यतर्फ शैलेन्द्र साकार ,संस्कृतितर्फ प्रा.डा. सोमप्रसाद खतिवडा,बालसाहित्यतर्फ सुशीला प्रधानाङ्ग,अनुवादतर्फ डा.सर्वोत्तम श्रेष्ठ,अन्तर्देशीयतर्फ नरेश काङमाङ राई (बेलायत),मातृभाषा (हिमाली पहाडी) तर्फ

बुद्ध योञ्जन र मातृभाषा (मधेश तराई)तर्फ 

अमरेन्द्रकुमार यादवलाई प्रज्ञा पुरस्कार-२०८२  समर्पण गर्नुभएको थियोे ।

      • प्रज्ञा-प्रतिष्ठानले पहिलोपटक स्थापना गरेको ५०,००० (पचास हजार) राशि रहेको प्रज्ञा प्रादेशिक पुरस्कार- २०८२  कुलपति राईले 

कोसी/१ नम्बर प्रदेशतर्फ मलिसा याक्थुम्बा लिम्बु (महेन्द्रकुमार नेम्बाङ),मधेस प्रदेशतर्फ मुना चौधरी,बागमती प्रदेशतर्फ शान्ति प्रिय बन्दना,गण्डकी प्रदेशतर्फ अनिल श्रेष्ठ,लुम्बिनी प्रदेशतर्फ क्षितिज मगर,कर्णाली प्रदेशतर्फ रमानन्द आचार्य, सुदूरपश्चिम प्रदेशतर्फ कर्ण दयाल 'सोडारी'लाई समर्पण गरिएको थियोे।

     • सभाध्यक्ष तथा प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले  समारोहलाई सम्बोधन गर्दै भाषा ,साहित्य ,संस्कृति र समाजशास्त्र लगायतका ज्ञानका विविध आयाममा साधनारत प्रतिनिधिमूलक प्रतिभालाई प्रज्ञा पुरस्कार दिन पाएकामा गौरवबोध भएको बताउनुभएको थियोे ।उहाँले प्रज्ञा पुुरस्कारबाट पुरस्कृत स्रष्टा आहुतिले भने जस्तै पुरस्कार भनेको वर्गीय राजनीति नै हो भन्ने ठोकुवा गर्नुभएको थियोे ।

•नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति नारदमणि हार्तमछालीले प्रज्ञा पुरस्कारबाट  पुरस्कृत स्रष्टा बारे बधाई मनतव्य राख्नुभएको थियोे ।

      •यस्तै , प्रज्ञा पुरस्कारबाट पुरस्कृत व्यक्तित्व प्रा.डा. अभि सुवेदी ,आहुति ,डा. डम्बर चेम्जोङ र सुशीला प्रधानाङ्गले आआफ्नो मनतव्य प्रस्तुत गर्नुभएको थियोे ।प्रज्ञा-प्रतिष्ठानका  सदस्य सचिव डा. धनप्रसाद सुवेदीको उद्घोषण रहेको थियोे ।

    •प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा दर्शनशास्त्र विभाग प्रमुख डा. कृष्णराज अधिकारीले प्रज्ञा पुरस्कारका बारेमा,प्राज्ञ परिषद् सदस्य तथा समालोचना ,साहित्येतिहास विभाग प्रमुख डा. मधुसूदन गिरीले प्रज्ञा पुरस्कारबाट पुरस्कृत स्रष्टाका बारेमा मन्तव्य राख्नुभएको थियोे ।प्रज्ञा-प्रतिष्ठानका परिषद् सदस्य तथा पद्य /काव्य  विभाग प्रमुख बाबा बस्नेतले स्वागत मनतव्य राख्नुभएको थियोे ।

mediabaaji add

सम्बन्धित खबर

मातृका पोखरेलको कथा संग्रह ‘मलाई पनि निद्रा लागेन’ सार्वजनिक

काठमाण्डौँ । साहित्यकार मातृका पोखरेलको नयाँ कथा संग्रह ‘मलाई पनि निद्रा लागेन’ शुक्रबार काठमाडौँमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको छ । वरिष्ठ साहित्यकार नगेन्द्रराज शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल स्रष्टा समाजका अध्य...

छ जना हास्यव्यङ्ग्य स्रष्टा सम्मानित, तीन कृति सार्वजनिक

मिडियाबाजी डटकम काठमाडौँ मंसिर २ ।भक्तपुर । नेपाली हास्यव्यङ्ग्यको सम्वर्धनका निम्ति क्रियाशील रहँदै आएको फित्कौली अनलाइन मिडिया तथा फित्कौली डटकमले विशिष्ट हास्यव्यङ्ग्यकार मुकुन्द आचार्यलाई फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय सम्मान (२०८२) द्वारा स...

सरुभक्त ‘कविता एन्ड द कप’मा गुन्जिए, सरल र जनमुखी कविताको पक्षमा जोड

काठमाडौँ । प्रसिद्ध साहित्यकार तथा बहुआयामिक सर्जक सरुभक्तको प्रमुख आतिथ्यमा ‘कविता एन्ड द कप’ कार्यक्रम सम्पन्न भएको छ । अनामनगरस्थित सिलौटो कटेजमा आयोजित कार्यक्रममा कविता वाचन, साहित्यिक अन्तरक्रिया तथा समकालीन नेपाली कवितामाथि गहन विमर्श गरिएक...

पोखरामा 'दर्शन,साहित्य र भाषा' विषयक अन्तरक्रिया सम्पन्न !

मिडियाबाजी डटकम,पोखरा ।

  • नेपाल प्रज्ञा-प्रतिष्ठान र गण्डकी साहित्य सङ्गम,पोखराको सहकार्यमा 'वर्तमान सन्दर्भमा मार्क्सवादी दर्शन','नेपाली प्रगतिशील साहित्य लेखन'का प्रवृत्ति र 'गण्डकी प्रदेशको भाषिक अवस्था' विषयक अन्तरक्रिया भएको थियो...

डाक्टर,इन्जिनियर र प्रहरीलाई चिनेझैँ लेखकलाई पनि चिन्नु अनिवार्य छ :-कुलपति राई

© प्राज्ञ चेतनाथ धमला

मिडियाबाजी डटकम काठमाडौँ ,मंसिर २४। सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका बुङस्थित सगरमाथा माध्यमिक विद्याल...

संघर्ष र साधनाबाट स्थापित गायक बेल बहादुर परियार

काठमाडौँ । रेडियो नेपालबाट पहिलोपटक स्वर दिएको दिनदेखि आजसम्म लोक संगीतको बाटो नछोडेका गायक बेल बहादुर परियारले आफ्नो नयाँ दोहोरी गीत ‘फूल खसिगो, माया बसिगो’ सार्वजनिक गरेका छन् । गए मङ्गलबार बर्दिबासमा आयोजित विमोचन समारोहले उनको निरन्तर साधना र...