बुधबार, ११ कात्तिक २०८३
नेपाली

लोकतन्त्र विरुद्ध लाग्नेलाई जनताले गाँउबाट लखेट्टछन् : मुख्यमन्त्री बानियाँ

Main News Image

भक्तपुर। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लोकतन्त्र विरुद्ध लाग्नेहरुलाई जनताले गाँउबस्तीबाट लखेट्ने बताएका छन् । नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिले बुधबार भक्तपुरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा मुख्यमन्त्री बानियाँले गरिव मजदुर किसान लगाएत सवै जनताको रगतबाट मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापित भएको भन्दै लोकतन्त्र विरुद्ध लाग्नेहरुलाई जनताले गाँउबस्तीबाट लखेट्ने बताएका हुन् ।

अहिले जेनजी आन्दोलनका क्रममा भएको बितण्डालाई भविष्यमा दोहरिन नदिन वडादेखि केन्द्रसम्म रहेका सवै सुध्रनुपर्ने उनले बताए । उनले जनताले पठाएका प्रतिनिधि ठिक ढंगले चल्न सके कोही पनि डराउनु नपर्ने बताए । मुख्यमन्त्री बानियाँले संकटमा लोकतन्त्रवादीहरु एकै ठाँउमा उभिनुपर्ने बताए ।

त्यस्तै कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले लोकतन्त्रलाई बलियो बनाउन फरक बिचार भएका दलहरु एकै ठाँउ आउनुपरेको बताए। उनले कांग्रेसलाई एकतावद्ध बनाउदै अघि बढनुपर्ने अहिलेको आवश्यकता रहेको जिकिर गरे । थापाले आफू भक्तपुर जिल्लाको सभापति दुई पटक भएको भन्दै विधान संशोधन गरेर भएपनि तेश्रो पटक सभापति बन्नुपर्ने अवस्था देखिएको उल्लेख गरे । अधिवेशनको एक दिनमात्रै जिल्लामा आउने व्यक्तिलाई जिल्ला सभापतिको जिम्मेवारी दिन नसकिने उनको भनाइ  छ ।

 

mediabaaji add

सम्बन्धित खबर

दल दर्ताको प्रमाणपत्र लिने आज अन्तिम दिन

काठमाडौँ । दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने आज  अन्तिम दिन हो । निर्वाचन आयोगले तोकेको समय अवधि आज साँझ कार्यालय समयपछि सकिँदैछ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले राजनीतक दल दर्त...

बालुवाटारमा बालेनसँग रविको ४५ मिनेट

काठमाडौँ । सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबीच बढ्दो संशय र तिक्तताबीच प्रधानमन्त्री वालेन्द्र शाह बालेन र रास्वपा सभापति रवि लामिछानेबीच ४५ मिनेट भेटवार्ता भएको छ । प्रधानमन्त्री बालेनलाई भेट्न लामिछाने आइतबार साँझ बालुवाटार पुगेका थिए।...

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौँ । निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री ढुवानीका लागि विभिन्न १३ व्यवसायीक संस्था सूचीकरण गरेको छ।

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिन...

ओलीलाई फागुन २१ को निर्वाचनमा लतारेर ल्याउनुपर्छ : घनश्याम भुसाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका संयोजक घनश्याम भुसालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फागुन २१ गतेको चुनावमा सबै मिलेर लतारेर ल्याउनुपर्ने बताएका छन् । ओलीकै कारण चुनाव बिथोलिनसक्ने भन्दै नेता भुसालले उनलाई...

बालेन र ओली एकैपटक झापा जाँदै

काठमाडौँ । झापा ५ मा उम्मेदवार रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह दुवै आज झापा जाँदैछन् । दुवैकाई आआफ्ना पार्टीले भावी प्रधानमन्त्रीको रूपमा अघि सारेकोले दुवैको एकैदिन झापा यात्रालाई चासोपूर्वक हेरिएको...

विचार र सिद्धान्त नभएकाहरु सामाजिक सञ्जालका भरमा लोकप्रिय हुन खोजे : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड लोकतन्त्रमाथि प्रहार गर्ने विश्व प्रतिक्रियावादको भूराजनीतिक चलखेल नेपालमा पनि देखिएको बताएका छन् । मंगबार नेकपा काठमाडौं-५ पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले सामाजिक सञ्जा...