लोकतन्त्र विरुद्ध लाग्नेलाई जनताले गाँउबाट लखेट्टछन् : मुख्यमन्त्री बानियाँ
भक्तपुर। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लोकतन्त्र विरुद्ध लाग्नेहरुलाई जनताले गाँउबस्तीबाट लखेट्ने बताएका छन् । नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिले बुधबार भक्तपुरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा मुख्यमन्त्री बानियाँले गरिव मजदुर किसान लगाएत सवै जनताको रगतबाट मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापित भएको भन्दै लोकतन्त्र विरुद्ध लाग्नेहरुलाई जनताले गाँउबस्तीबाट लखेट्ने बताएका हुन् ।
अहिले जेनजी आन्दोलनका क्रममा भएको बितण्डालाई भविष्यमा दोहरिन नदिन वडादेखि केन्द्रसम्म रहेका सवै सुध्रनुपर्ने उनले बताए । उनले जनताले पठाएका प्रतिनिधि ठिक ढंगले चल्न सके कोही पनि डराउनु नपर्ने बताए । मुख्यमन्त्री बानियाँले संकटमा लोकतन्त्रवादीहरु एकै ठाँउमा उभिनुपर्ने बताए ।
त्यस्तै कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले लोकतन्त्रलाई बलियो बनाउन फरक बिचार भएका दलहरु एकै ठाँउ आउनुपरेको बताए। उनले कांग्रेसलाई एकतावद्ध बनाउदै अघि बढनुपर्ने अहिलेको आवश्यकता रहेको जिकिर गरे । थापाले आफू भक्तपुर जिल्लाको सभापति दुई पटक भएको भन्दै विधान संशोधन गरेर भएपनि तेश्रो पटक सभापति बन्नुपर्ने अवस्था देखिएको उल्लेख गरे । अधिवेशनको एक दिनमात्रै जिल्लामा आउने व्यक्तिलाई जिल्ला सभापतिको जिम्मेवारी दिन नसकिने उनको भनाइ छ ।
एक्सप्रेस
सम्बन्धित खबर
उज्यालो नेपाल पार्टीले देशको नेतृत्व गर्ने कुलमानको दाबी
जनकपुर । पूर्वमन्त्री एवम् उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशको नेतृत्व उज्यालो नेपाल पार्टीले गर्ने दाबी गरेका छन् । बिहीबार चुनावी प्रचार प्रसारका क्रममा मधेश ओर्लिएका घिसिङले जनकपुरधाममा सञ्चारकर्मीह...
ओलीको अहंकारले निम्त्यायो २४ गतेको विध्वंस : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ २४ गते भएको भयानक विध्वंसको जिम्मेवार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अडान र अहंकार भएको आरोप लगाएका छन्। बुधबार महोत्तरीको...
सहकारी ठगका नाइके लामिछानेलाई उन्मुक्ति दिनु आपत्तिजनक : जेन्जी मुभमेन्ट
काठमाडौँ । जेनजी मुभमेन्ट नेपालले सहकारी ठगीको आरोपका साथसाथै सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई उन्मुक्ति दिन खोजिएको भन्दै कडा आपत्ति जनाएको छ । जेनजी मुभमेन्टले विद्रोहला...



