बिहिबार, १२ कात्तिक २०८३
नेपाली

राष्ट्रले होनाहार युवा गुमाएको भन्दै विपिनका परिवारलाई भेटेर नैनसिंह महरले जनाए समवेदना

Main News Image

कञ्चनपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले इजरायलमा हमासको आतंकवादी हमलामा परी ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको घरमा पुगेर समवेदना प्रकट गरेका छन् । उनले शोकाकुल बुबा महानन्द जोशी, आमा पद्मा जोशी, बहिनी पुष्पा जोशीलगायत परिवारजनलाई भेटेर भावुक समवेदना पत्र हस्तान्तरण गर्दै विपिनको निधनले सिङ्गो राष्ट्रलाई अपूरणीय क्षति पुगेको बताए ।

नेता महरले विपिन प्रतिभाशाली विद्यार्थी मात्र नभएर नेपाल विद्यार्थी संघका एक उदीयमान नेता भएको स्मरण गर्दै उनको निधनले पार्टी र देश दुवैलाई क्षति पुगेको बताए ।  उनले भने, ‘विपिनले देखेको सुन्दर र समृद्ध नेपालको सपना अब हाम्रो साझा सपना हो। उनको सपनालाई साकार पारेर नै हामीले उनीप्रति सच्चा सम्मान प्रकट गर्न सक्छौं।‘

यस दुःखद घटनाले आतंकवादको विश्वव्यापी क्रूरता र अमानवीयतालाई उजागर गरेको बताउँदै महरले विदेशमा अध्ययन वा काम गर्न जाने नेपालीहरूको सुरक्षाका लागि सरकारले बलियो कूटनीतिक पहल गर्नुपर्ने आवश्यकता औंल्याए। विपिनको परिवारमा परेको अथाह पीडाप्रति गहिरो सहानुभूति प्रकट गर्दै उनले यो शोकको घडीमा सिंगो देश र नेपाली कांग्रेस पार्टी परिवारको साथमा रहेको विश्वास दिलाए। नेता महरले हस्तान्तरण गरेको समवेदना पत्रमा विपिनको सपना र उनको असामयिक निधनले सृजना गरेको पीडालाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।

 

mediabaaji add

सम्बन्धित खबर

प्रधानमन्त्रीले संसद् छलेको कांग्रेसको आरोप, तत्काल उपस्थित गराउन माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद निस्कल राईले प्रधानमन्त्री बालेन्द्र शाहको निरन्तरको अनुपस्थितिलाई लिएर कडा आपत्ति जनाएका छन्।

आकस्मिक समयमा बोल्दै उनले संसद्मा पटक(पटक प्रधानमन्त्रीको उपस्थिति खोजिए पनि आजको मह...

श्रमगन्तव्य मुलुकहरूकै प्रस्तावित राजदूत अस्वीकृत, वैदेशिक रोजगारीमा थपिँदै संकट

काठमाडौँ । बुधबार संसदीय सुनुवाइ समितिले मलेसिया र साउदी अरबका लागि सिफारिस गरेका राजदूतहरूको नाम अस्वीकृत गरिदिएको छ ।  लामो समयदेखि रिक्त, नेपालबाट सबैभन्दा धेरै श्रमिक जाने दुई गन्तव्य मुलुक मलेसिया र साउदी अरबका लागि सिफारिस राजदूत अस्वीक...

शेखर कोइरालासँग विशेष महाधिवेशन माग गर्ने नेताहरुको भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनको माग गरी ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गरी पार्टी कार्यालयमा दर्ता गराएको समूहले पार्टी नेता डा शेखर कोइरालासँग छलफल गरेको छ । हस्ताक्षर बुझाएपछि पार्टी...

कालीकोटमा नेकपाका शाही विजयी

कर्णाली । कालीकोटमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार महेन्द्रबहादुर शाही विजयी भएका छन् ।  प्रतिनिधिसभा सदस्य पदका लागि बिहीबार सम्पन्न निर्वाचनको परिणाम अनुसार शाहीले ११ हजार ३३८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी...

मतदाता नामावली दर्ता गराउनेको चाप बढ्यो, निर्वाचन कार्यालय बिहान ८ बजेदेखि सञ्चालन

भेरीगङ्गा । सुर्खेतमा मतदाता नामावली दर्ता गराउनेको चाप बढेको छ । प्रदेश निर्वाचन कार्यालय सुर्खेतका अनुसार नयाँ मतदाता नामावली दर्ता खुला भएको सुरुका दिनमा दर्ता गराउनेको सङ्ख्या न्यून थियो । तर पछिल्ला केही दिनमा मतद...

एमालेले इस्यु कलेक्सन सेन्टर बनाउने

काठमाण्डौँ । एमाले संसदीय दलका उपनेता पद्मा अर्यालले पार्टीले इस्यु कलेक्सन सेन्टर बनाउने बताएकी छन् । आइतबार पार्टीले संसदमा पार्टीको भूमिकालाई थप प्रभावकारी बनाउन पार्टीका सांसदहरूसँग अन्तर्क्रिया कार्यक्रममा उनले सो कुरा बताएकी हुन् । 

...