राष्ट्रले होनाहार युवा गुमाएको भन्दै विपिनका परिवारलाई भेटेर नैनसिंह महरले जनाए समवेदना
कञ्चनपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले इजरायलमा हमासको आतंकवादी हमलामा परी ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको घरमा पुगेर समवेदना प्रकट गरेका छन् । उनले शोकाकुल बुबा महानन्द जोशी, आमा पद्मा जोशी, बहिनी पुष्पा जोशीलगायत परिवारजनलाई भेटेर भावुक समवेदना पत्र हस्तान्तरण गर्दै विपिनको निधनले सिङ्गो राष्ट्रलाई अपूरणीय क्षति पुगेको बताए ।
नेता महरले विपिन प्रतिभाशाली विद्यार्थी मात्र नभएर नेपाल विद्यार्थी संघका एक उदीयमान नेता भएको स्मरण गर्दै उनको निधनले पार्टी र देश दुवैलाई क्षति पुगेको बताए । उनले भने, ‘विपिनले देखेको सुन्दर र समृद्ध नेपालको सपना अब हाम्रो साझा सपना हो। उनको सपनालाई साकार पारेर नै हामीले उनीप्रति सच्चा सम्मान प्रकट गर्न सक्छौं।‘
यस दुःखद घटनाले आतंकवादको विश्वव्यापी क्रूरता र अमानवीयतालाई उजागर गरेको बताउँदै महरले विदेशमा अध्ययन वा काम गर्न जाने नेपालीहरूको सुरक्षाका लागि सरकारले बलियो कूटनीतिक पहल गर्नुपर्ने आवश्यकता औंल्याए। विपिनको परिवारमा परेको अथाह पीडाप्रति गहिरो सहानुभूति प्रकट गर्दै उनले यो शोकको घडीमा सिंगो देश र नेपाली कांग्रेस पार्टी परिवारको साथमा रहेको विश्वास दिलाए। नेता महरले हस्तान्तरण गरेको समवेदना पत्रमा विपिनको सपना र उनको असामयिक निधनले सृजना गरेको पीडालाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
सिराहा-४ मा रास्वपाका तपेश्वर यादवको शानदार विजय
सिराहा । सिराहा निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार तपेश्वर यादव भारी मतान्तरसहित विजयी भएका छन् । शनिबार साँझ सम्पन्न अन्तिम मतगणनाको परिणामअनुसार यादवले ३६ हजार २१० मत प्राप्त गर्दै करिब २८ हजारभन्दा बढी मत...
अघिल्लो निर्वाचनमा उम्मेदवार रहेका रास्वपा बागमती उपसभापतिले पार्टी छाडे
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईंले पार्टी परित्याग गरेका छन् । उपसभापति हुमागाईंले ७ बुँदामा असन्तुष्टि पेश गर्दै राजीनामा दिएका हुन् । उनले प्रतिनिधिसभा सदस्य उम्मेदवार छनोटमा चरम चलखेल भएको र...
प्रधानमन्त्री कार्यालयले भन्यो-चाडपर्वमा कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्छौं
काठमाडौँ । नजिकिँदै गरेका चाडपर्व र मनसुनलाई ध्यानमा राख्दै सरकारले सडक यातायात अवरुद्ध हुन नदिने तथा अत्यावश्यक सार्वजनिक सेवा नियमित सञ्चालन गर्ने गरी सम्बन्धित निकायलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्...
प्रधानमन्त्रीज्यू आउनुहुन्न भने रक्षामन्त्रीलाई बोलाइदिनुस् : साम्पाङ
काठमाण्डौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज साम्पाङले रक्षामन्त्रीलाई प्रतिनिधि सभामा उपस्थित गराउन सभामुखसँग माग गरेका छन् । उनले सुस्ता क्षेत्रसँग सम्बन्धित सीमा विवादको विषयमा जवाफ दिन प्रतिनिधि सभामा रक्षामन्त्री...
फर्किएन देउवाको मन, कुनै पनि चुनावी सभामा सहभागी नहुने
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पछिल्लो समय कुनै पनि चुनावी गतिविधिमा सहभागी नहुने भएका छन् । देउवाको सचिवालयले हालसम्म देउवा कुनै पनि चुनावी सभा, कार्यक्रम वा अभियानमा सहभागी हुने कुनै योजना नरहेको स्पष्ट पारेको छ ।<...
मुलुक निर्वाचनतर्फ अघि बढ्यो : मन्त्री खरेल
काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक निर्वाचनतर्फ अघि बढेको बताएका छन् । आइतबार कास्कीको पोखरामा आयोजित ‘आमसंचारलाई व्यावसायिक बनाउन यस क्षेत्रमा विकसित अवधारणा’ सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम...



