इभि मोटर क्षमता विवादमा नाइमाको चासो, स्पष्ट मापदण्ड बनाउन सरकारसँग आग्रह
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन नाइमाले विद्युतीय सवारी साधन ९इभि० को मोटर क्षमता सम्बन्धमा पछिल्लो समय भइरहेका टिप्पणी, चर्चा र व्याख्याप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
नाइमाले शुक्रबार विज्ञप्ति जारी गर्दै इभि मोटर क्षमता परीक्षण, प्रमाणीकरण र प्राविधिक मूल्याङ्कनका विषयमा स्पष्ट, व्यवहारिक तथा एकरुप व्यवस्था आवश्यक रहेको जनाएको हो । यस विषयमा अर्थमन्त्री, उद्योगमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसँग समेत छलफल भइसकेको नाइमाले उल्लेख गरेको छ ।
नाइमाका अनुसार नेपालमा आयात भइरहेका इभि सवारी साधन अन्तर्राष्ट्रिय मान्यता प्राप्त उत्पादक कम्पनीका आधिकारिक प्राविधिक विवरण, परीक्षण प्रतिवेदन तथा प्रमाणीकरण प्रक्रियाका आधारमा आयात हुँदै आएका छन् । एउटै मोडलका सवारी साधन विभिन्न देश र बजारअनुसार फरक प्राविधिक स्पेसिफिकेशनमा उत्पादन हुनु अन्तर्राष्ट्रिय अभ्यास भएको भन्दै केवल वेबसाइट वा बाह्य विवरणका आधारमा मोटर क्षमताबारे निष्कर्ष निकाल्न नमिल्ने जनाएको छ ।
नाइमाले नेपालमा अझै इभि मोटर क्षमता परीक्षण तथा प्रमाणीकरणका लागि स्पष्ट राष्ट्रिय मापदण्ड र एकीकृत कार्यविधि पूर्ण रूपमा कार्यान्वयनमा नआएकाले भ्रम र फरक–फरक व्याख्या उत्पन्न भइरहेको बताएको छ ।
साथै, इभि क्षेत्र नेपालको स्वच्छ ऊर्जा उपयोग, हरित अर्थतन्त्र र दिगो यातायात विकाससँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै तथ्य, प्राविधिक अध्ययन र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा मात्रै मूल्याङ्कन गर्नुपर्ने धारणा राखेको छ ।
अपुष्ट सूचना र असंगत व्याख्याले बजारमा अन्योल सिर्जना गर्नुका साथै उपभोक्ता विश्वास र लगानीको वातावरणमा असर पर्न सक्ने चेतावनी दिँदै नाइमाले स्पष्ट, पारदर्शी र व्यवहारिक प्राविधिक प्रणाली विकासका लागि सरकारसँग सहकार्य जारी राख्ने प्रतिबद्धता जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
आजको विदेशी मुद्राको विनिमय दर : डलर, युरो र पाउन्डको भाउ कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा कायम भएको छ ।
यस्तै, युरोपियन युरो एक...
घट्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा ५०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख १४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, आज चाँदीको मूल्य भने बढेको छ...
एल आइ सी नेपालको चौथो एकता अधिवेशन सम्पन्न
© रविन्द्र लामिछाने (नवीन)
मिडियाबाजी डटकम काठमाडौँ ,मंसिर ५। एल आइ सी नेपालको चौथो एकता अधिवेशन सम्पन्न भएको छ। लामो समयदेखिको विवाद र रस्साकस...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २५ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ६४ पैसा र...
सोमबारका लागि निर्धारण गरिएको यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरि...
सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?
काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम भएको छ । १० ग्राम सुनको मूल्य २ लाख ७१ हजार ७७५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ । सोमबार सुनको मू...



