बुधबार, ११ कात्तिक २०८३
नेपाली

इभि मोटर क्षमता विवादमा नाइमाको चासो, स्पष्ट मापदण्ड बनाउन सरकारसँग आग्रह

Main News Image

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन नाइमाले विद्युतीय सवारी साधन ९इभि० को मोटर क्षमता सम्बन्धमा पछिल्लो समय भइरहेका टिप्पणी, चर्चा र व्याख्याप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

नाइमाले शुक्रबार विज्ञप्ति जारी गर्दै इभि मोटर क्षमता परीक्षण, प्रमाणीकरण र प्राविधिक मूल्याङ्कनका विषयमा स्पष्ट, व्यवहारिक तथा एकरुप व्यवस्था आवश्यक रहेको जनाएको हो । यस विषयमा अर्थमन्त्री, उद्योगमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसँग समेत छलफल भइसकेको नाइमाले उल्लेख गरेको छ ।

नाइमाका अनुसार नेपालमा आयात भइरहेका इभि सवारी साधन अन्तर्राष्ट्रिय मान्यता प्राप्त उत्पादक कम्पनीका आधिकारिक प्राविधिक विवरण, परीक्षण प्रतिवेदन तथा प्रमाणीकरण प्रक्रियाका आधारमा आयात हुँदै आएका छन् । एउटै मोडलका सवारी साधन विभिन्न देश र बजारअनुसार फरक प्राविधिक स्पेसिफिकेशनमा उत्पादन हुनु अन्तर्राष्ट्रिय अभ्यास भएको भन्दै केवल वेबसाइट वा बाह्य विवरणका आधारमा मोटर क्षमताबारे निष्कर्ष निकाल्न नमिल्ने जनाएको छ ।

नाइमाले नेपालमा अझै इभि मोटर क्षमता परीक्षण तथा प्रमाणीकरणका लागि स्पष्ट राष्ट्रिय मापदण्ड र एकीकृत कार्यविधि पूर्ण रूपमा कार्यान्वयनमा नआएकाले भ्रम र फरक–फरक व्याख्या उत्पन्न भइरहेको बताएको छ ।

साथै, इभि क्षेत्र नेपालको स्वच्छ ऊर्जा उपयोग, हरित अर्थतन्त्र र दिगो यातायात विकाससँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै तथ्य, प्राविधिक अध्ययन र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा मात्रै मूल्याङ्कन गर्नुपर्ने धारणा राखेको छ ।

अपुष्ट सूचना र असंगत व्याख्याले बजारमा अन्योल सिर्जना गर्नुका साथै उपभोक्ता विश्वास र लगानीको वातावरणमा असर पर्न सक्ने चेतावनी दिँदै नाइमाले स्पष्ट, पारदर्शी र व्यवहारिक प्राविधिक प्रणाली विकासका लागि सरकारसँग सहकार्य जारी राख्ने प्रतिबद्धता जनाएको छ ।


mediabaaji add

सम्बन्धित खबर

विदेशी मुद्राको विनिमयदर, डलरको बिक्रीदर १५२ रुपैयाँ २२ पैसा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले तय गरेको नयाँ दररेट अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसा कायम भएको छ ।

युरोपेली...

जापानी येनको मुल्य घट्यो, हेर्नुस् विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । जापानी येनको मुल्यमा केही गिरावट आएको छ । येनको मुल्य १० को खरिददर नौ रुपैयाँ ४८ पैसा र बिक्रीदर नौ रुपैयाँ ५२ पैसामा पुगेको हो ।

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेनुसार अमेरिकी डलर एकको खरिददर १...

सुनको मूल्यमा उच्च वृद्धि, शुक्रबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा पाँच हजार ३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यता, चाँदीको मूल्य तोलामा १९० रुपैयाँले...

काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको आपूर्ति सहज बन्दै, अनावश्यक सञ्चय नगर्न निगमको आग्रह

काठमाडौँ । नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति क्रमिक रूपमा सहज बन्दै गएको स्पष्ट पार्दै उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सिलिण्डर सञ्चय नगर्न आग्रह गरेको छ । हाल काठमाडौँ उपत्यकाको औसत मागभन्दा बढी मात्रामा सिलिण्डर आपूर्ति भ...

नगद कारोबारको सीमा ५ लाख कायम, १० लाखको व्यवस्था खारेज

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ५ लाख रुपैयाँभन्दा बढीको चेक साटेर नगद झिक्न नपाइने व्यवस्था लागू गरेको छ । केन्द्रीय बैंकले ५ लाखभन्दा माथिको चेक जारी गर्दा अनिवार्य रूपमा एकाउन्ट पेयी हुनुपर्ने व्यवस्था गरेको हो । यसअघि १० लाखसम्म रहेको नगद कारो...

दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट

काठमाण्डौँ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले बाँदर धपाउनका लागि बजेट विनियोजन गरेको छ । बाँदरको आतङ्कबाट पीडित किसानलाई राहत दिलाउन नगरपालिकाले १५औँ नगरसभाबाट हरेक वडा तथा टोलमा ‘बाली हेरालु’ राख्नका लागि बजेट विनियोजन गरेको हो ।

नगर उप...