इभि मोटर क्षमता विवादमा नाइमाको चासो, स्पष्ट मापदण्ड बनाउन सरकारसँग आग्रह
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन नाइमाले विद्युतीय सवारी साधन ९इभि० को मोटर क्षमता सम्बन्धमा पछिल्लो समय भइरहेका टिप्पणी, चर्चा र व्याख्याप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
नाइमाले शुक्रबार विज्ञप्ति जारी गर्दै इभि मोटर क्षमता परीक्षण, प्रमाणीकरण र प्राविधिक मूल्याङ्कनका विषयमा स्पष्ट, व्यवहारिक तथा एकरुप व्यवस्था आवश्यक रहेको जनाएको हो । यस विषयमा अर्थमन्त्री, उद्योगमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसँग समेत छलफल भइसकेको नाइमाले उल्लेख गरेको छ ।
नाइमाका अनुसार नेपालमा आयात भइरहेका इभि सवारी साधन अन्तर्राष्ट्रिय मान्यता प्राप्त उत्पादक कम्पनीका आधिकारिक प्राविधिक विवरण, परीक्षण प्रतिवेदन तथा प्रमाणीकरण प्रक्रियाका आधारमा आयात हुँदै आएका छन् । एउटै मोडलका सवारी साधन विभिन्न देश र बजारअनुसार फरक प्राविधिक स्पेसिफिकेशनमा उत्पादन हुनु अन्तर्राष्ट्रिय अभ्यास भएको भन्दै केवल वेबसाइट वा बाह्य विवरणका आधारमा मोटर क्षमताबारे निष्कर्ष निकाल्न नमिल्ने जनाएको छ ।
नाइमाले नेपालमा अझै इभि मोटर क्षमता परीक्षण तथा प्रमाणीकरणका लागि स्पष्ट राष्ट्रिय मापदण्ड र एकीकृत कार्यविधि पूर्ण रूपमा कार्यान्वयनमा नआएकाले भ्रम र फरक–फरक व्याख्या उत्पन्न भइरहेको बताएको छ ।
साथै, इभि क्षेत्र नेपालको स्वच्छ ऊर्जा उपयोग, हरित अर्थतन्त्र र दिगो यातायात विकाससँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै तथ्य, प्राविधिक अध्ययन र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा मात्रै मूल्याङ्कन गर्नुपर्ने धारणा राखेको छ ।
अपुष्ट सूचना र असंगत व्याख्याले बजारमा अन्योल सिर्जना गर्नुका साथै उपभोक्ता विश्वास र लगानीको वातावरणमा असर पर्न सक्ने चेतावनी दिँदै नाइमाले स्पष्ट, पारदर्शी र व्यवहारिक प्राविधिक प्रणाली विकासका लागि सरकारसँग सहकार्य जारी राख्ने प्रतिबद्धता जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
एक तोला सुनको मूल्य तीन लाख अठार हजार आठ सय
काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० त्यति नै चाँदीको मोल सात हजार ३०० कायम भएको छ ।
मङ्गलबार एक तोला छापावाल...
१०५.६२ मेगावाट बिजुलीका लागि २१ अर्ब लगानी स्वीकृत
काठमाडौं । सरकारले १०५।६२ मेगावाट विद्युत् उत्पादन क्षमता भएका दुई जलविद्युत् आयोजनामा २१ अर्ब १७ करोड रुपैयाँभन्दा बढी लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा शुक्रबार बसेको लगानी बोर्डको ६८औँ बैठकले मनाङको नार खोला र रु...
प्रिमियम महसुल नतिरेका ६ उद्योगको विद्युत् लाइन काटियो
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले प्रिमियम महसुल नतिरेका उद्योगको लाइन काट्न सुरु गरेको छ । विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक छँदा ४९ उद्योगीको ८ अर्ब २६ करोड बक्यौता उठाउन खोज्दा हटाइएका कुलमान घिसिङले ऊर्जा...



