केराको मूल्यमा ‘बिचौलिया खेल’, न्यूनतम समर्थन मूल्य तोक्न किसानको माग
काठमाडौँ । नेपाल केरा उत्पादक महासंघ ले केराको न्यूनतम समर्थन मूल्य तोक्न सरकारसँग माग गरेको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत् महासंघले किसानलाई उचित मूल्य सुनिश्चित गर्न यस्तो व्यवस्था आवश्यक रहेको जनाएको हो । महासंघका अनुसार बजारमा अहिले केराको खुद्रा मूल्य प्रतिदर्जन ३५०–४०० रुपैयाँसम्म पुगेको छ । तर किसानले बारीमै स्थानीय ‘मालभोग’ केरा ७०–८५ रुपैयाँ र हाइब्रिड जात ५०–६० रुपैयाँमै बेच्न बाध्य छन् ।
यस अवस्थाले उपभोक्ता महँगो मूल्य तिर्न बाध्य हुँदा किसानले उचित आम्दानी नपाएको देखिएको महासंघको भनाइ छ। बजारमा बिचौलियाको अत्यधिक हस्तक्षेपका कारण मूल्य असन्तुलन बढेको उनीहरूको निष्कर्ष छ । महासंघले कृषि बीमा प्रणालीलाई सरल, छिटो र प्रभावकारी बनाउन तथा गुणस्तरीय टिसुकल्चर बिरुवा उपलब्ध गराउन पनि सरकारसँग माग गरेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
भ्रष्टाचार सूचकांकमा नेपाल स्थिर, लगातार दोस्रो वर्ष ३४ अंकमै सीमित
काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल टिआईले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक, २०२५ अनुसार नेपालले यस वर्ष पनि ३४ अंक प्राप्त गरेको छ । गत वर्ष जस्तै अंक कायम रहँदा भ्रष्टाचार नियन्त्रणको अवस्थामा उल्लेखनीय सुधार देखिन नसकेको संकेत...
बुधबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेको छ। अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ९१ पैसा तोकिएको छ । यस्तै, युरोप...
लक्ष्मी पूजामा स्वदेशी माग धानेर १०१५ मेगावाट विजुली भारत निर्यात
काठमाडौँ । तिहारलाई बत्ती, उज्यालो र फूलको पर्वका रूपमा लिइन्छ। घरघरमा दिपावली गर्ने र बत्ती जलाउने, घर उज्यालो बनाउने, फूलहरूले सजाउने यो पर्वको विशेषता र मौलिकता हो । दिपावली र बत्ती एक अर्काका परिपूरक हुन् । नेपाल व...
एभरेष्ट कलरले वैशाख १६ गतेदेखि आईपीओ निष्काशन गर्ने
काठमाडौँ । एभरेष्ट कलर लिमिटेडले यही वैशाख १६ गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि साधारण शेयर आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पूँजी ३० करोड रुपैयाँको १६.३३ प्रतिशत अर्थात ७ करोड ९० लाख रुपैयाँ बराबरको प्र...
थप १८ वटा उद्योगको लाइन काटियो
काठमाडौँ । ट्रङ्क र डेडिकेटेड लाइनको महसुल विवादका बीच नेपाल विद्युत् प्राधिकरणले थप १८ वटा उद्योगको लाइन काटेको छ । प्राधिकरणले शुक्रबार साँझ ती उद्योगको लाइन काटेको हो । प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार सरकारी...
तिहार शुरु भएसँगै बढ्यो फूलको किनबेच, पुष्प व्यवसायमा नेपाल आत्मनिर्भर हुँदै
काठमाडौँ । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार शुरु भएसँगै फूलको किनबेच ह्वात्तै बढेको छ । फूल र रङको पर्वका रूपमा रहेको तिहारमा पूजाआजादेखि विभिन्न सामाजिक कार्यसम्म फूलको प्रयोग बढी हुने गर्छ ।नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठ...



