साताको पहिलो दिन ५४ अंकले बढ्यो शेयर बजार, कुन कम्पनीको कति भयो कारोबार ?
काठमाडौँ । साताको पहिलो दिन आज आइतबार शेयर बजार परिसूचक नेप्से ५४.५१ अंकले बढेर २९३१.५५ को बिन्दुमा पुगेको छ । आज कारोबारमा आएका ६ करोड १४ लाख ७ हजार ७४ कित्ता शेयर खरिद बिक्रीबाट २३ अर्ब ५९ करोड ७७ लाख १२ हजार १ सय ८२ रुपैयाँ ८४ पैसाको कारोबार भएको छ ।
आज कुमारी बैंकको सर्वाधिक ८५ करोड ९६ लाखको कारोबार भएको छ भने नेशनल हाइड्रोको ७७ करोड ८७ लाखको कारोबार भयेको छ । आज कारोबारमा आएका मध्ये कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, अभियान लघुवित्त, सोलु हाइड्रो र भुजुंग हाइड्रोको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ ।
आज कारोबारमा आएका मध्ये एनआईसी एशिया ब्यालेन्स फण्डको शेयर मूल्य सर्वाधिक ५.७१ प्रतिशत घटेको छ भने सुपर मादी हाइड्रोको शेयर मूल्य ३.१५ प्रतिशत घटेको छ । आज कारोबारमा आएका मध्ये ट्रेडिङ समूह बाहेकका सबै उपसूचक बढेका छन् । जस मध्ये लघुवित्त समूह ४.२१ प्रतिशत बढेको छ भने होटेल समूह ३.०५ प्रतिशत बढेको छ । त्यस्तै वाणिज्य बैंक समूह २.४९ प्रतिशत तथा विकास बैंक समूह २.४६ प्रतिशत बढेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा !
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा पुगेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीद...
सोमबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा तोकिएको छ ।
युरोपियन युरो एकको खरिददर १७३...
किवी बिक्री नभएपछि जुस उत्पादन
बागलुङ । ताराखोला गाउँपालिकाका महिलाले किवीको जुस उत्पादन गर्न थालेका छन् । महँगो मूल्यमा बिक्री हुने आसमा पाँच वर्ष अगाडि महिलाहरूले गाउँका बारीभरि किवी लगाए पनि अहिले बजार पाउन नसक्दा जुस बनाउन थालेका हुन् । उत्पादन बढी भए पनि बजार अभावमा लाखौँक...
समस्यालाई अवसर बनाउँदै इरान, युद्धको आडमा अरबौं डलर कमाइ
काठमाडौँ । इरानले अमेरिका र इजरायलसँगको युद्धलाई अवसरमा परिणत गरेको छ । अमेरिकाले खार्ग इरानको टापु नजिकैको सैन्य अड्डाहरूलाई निशाना बनाएको थियो, तर विश्वव्यापी तेल संकटको डरले तेल टर्मिनललाई प्रत्यक्ष रूपमा निशाना बनाएको थिएन। यसको फाइदा उठाउँदै,...
साल्ट ट्रेडिङ कर्पोरेशनले १० प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशनले १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई उक्त लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमा कम्पनीले हाल कायम चुक्ता पूँजीको ९...
सुनको मूल्यले दिनदिनै बनाउँदै नयाँ रेकर्ड, बुधबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च बनेको छ । सुनको मूल्य आज तोलामा एक हजार ५०० रुपैयाँले बढेर इतिहासकै उच्च बनेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।



