केराको मूल्यमा ‘बिचौलिया खेल’, न्यूनतम समर्थन मूल्य तोक्न किसानको माग
काठमाडौँ । नेपाल केरा उत्पादक महासंघ ले केराको न्यूनतम समर्थन मूल्य तोक्न सरकारसँग माग गरेको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत् महासंघले किसानलाई उचित मूल्य सुनिश्चित गर्न यस्तो व्यवस्था आवश्यक रहेको जनाएको हो । महासंघका अनुसार बजारमा अहिले केराको खुद्रा मूल्य प्रतिदर्जन ३५०–४०० रुपैयाँसम्म पुगेको छ । तर किसानले बारीमै स्थानीय ‘मालभोग’ केरा ७०–८५ रुपैयाँ र हाइब्रिड जात ५०–६० रुपैयाँमै बेच्न बाध्य छन् ।
यस अवस्थाले उपभोक्ता महँगो मूल्य तिर्न बाध्य हुँदा किसानले उचित आम्दानी नपाएको देखिएको महासंघको भनाइ छ। बजारमा बिचौलियाको अत्यधिक हस्तक्षेपका कारण मूल्य असन्तुलन बढेको उनीहरूको निष्कर्ष छ । महासंघले कृषि बीमा प्रणालीलाई सरल, छिटो र प्रभावकारी बनाउन तथा गुणस्तरीय टिसुकल्चर बिरुवा उपलब्ध गराउन पनि सरकारसँग माग गरेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
निर्वाचन आयोगले पायो ६ अर्ब ७३ करोड रूपैयाँ
काठमाडौँ । अर्थ मन्त्रालयले प्रतिनिधिसभा निर्वाचनका लागि स्वीकृत बजेटलाई परिमार्जन गरेर वृद्धि गरेको छ । आयोगले निर्वाचनका लागि ७ अर्ब ८१ करोड रुपैयाँ बजेट माग गरेको थियो, तर अर्थ मन्त्रालयले यसमा लगभग ४० प्रतिशत कटौती गर्दै ४ अर्ब ९६ करोड मात्र स...
कर्णाली प्रदेशमा बजेट कार्यान्वयनको कछुवा गति : ८ महिनामा विकास खर्च २० प्रतिशत मुनि
सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको दुई चौमासिक अवधि पार गरिसक्दा पनि बजेट कार्यान्वयनमा उत्साहजनक नतिजा देखाउन सकेको छैन । आर्थिक वर्ष २०८१,८२ को ८ महिना फागुन मसान्त बितिसक्दा प्रदेशको विकास बजेट खर्चको अवस्था अत्यन्तै निराशाजनक...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ १९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७९ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३...



