आज काठमाडौं उपत्यकाका ७ स्थानबाट एलपी ग्यास बिक्री गरिने, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य
काठमाडौँ । नेपाल आयल निगमको समन्वयमा आज काठमाडौं उपत्यकाका विभिन्न सात स्थानबाट खाना पकाउने एलपी ग्यास बिक्री गरिने भएको छ ।
अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई लक्षित गर्दै निगमले यो विशेष व्यवस्था मिलाएको हो । ग्यास खरिद गर्नका लागि उपभोक्ताले आफ्नो नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ ।
ग्यास बिक्री भोलि बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । यसका लागि टेकुस्थित नेपाल आयल निगमको कार्यालय परिसर, चपलीस्थित पशु सेवा शाखा, कीर्तिपुरको राधास्वामी, तारकेश्वर नगरपालिका परिसर, नयाँबजारको जुडो हल परिसर, चन्द्रागिरी नगरपालिका कार्यालय र ठिमीस्थित राष्ट्रिय क्षयरोग केन्द्र तोकिएका छन्। निगमले ती निश्चित स्थानहरूमा विभिन्न ग्यास उद्योगहरूका तर्फबाट सिलिन्डर उपलब्ध गराउने जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
केरुङ-काठमाडौं रेलमार्गको अध्ययन प्रतिवेदन तयार
काठमाडौँ । नेपाल र चीन जोड्ने बहुप्रतिक्षित काठमाडौं–केरुङ अन्तरदेशीय विद्युतीय रेलमार्गको सम्भाव्यता अध्ययन प्रतिवेदन चिनियाँ पक्षले अबको डेढ महिनाभित्र बुझाउने भएको छ । केही दिनअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजना गरिएको प्रस्तुतीक...
एपोलो हाइड्रोपावरको आईपीओ सर्वसाधारणलाई बाँडफाँड
काठमाडौँ । एपोलो हाइड्रोपावर लिमिटेडले चैत २६ गतेदेखि वैशाख २ गतेसम्म सर्वसाधारणका लागि खुला गरेको आईपीओ बिक्री प्रबन्धक हिमालयन क्यापिटलले आज बाँडफाँड गरेको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ७ लाख ८० हजार २०० कित्त...
ग्यास अनुदान खारेज गरिँदै
काठमाडौँ । आर्थिक वर्ष २०९२/९३ सम्म खाना पकाउने एलपी ग्यासको अनुदान खारेज गर्दै विद्युतीय चुल्होमा अनुदान उपलब्ध गराउने योजनाका साथ सरकारले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३ सार्वजनिक गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आम जनता...
चार निर्माण कम्पनी कालोसूचीमा, सरकारी ठेक्कामा सहभागी हुन नपाउने
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा चार निर्माण व्यवसायी तथा संयुक्त उपक्रम जेभीलाई कालोसूचीमा राखेको छ । कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा १ बमोजिम इन्द्रायणी बिल्डर्स एण्ड सप...
चिलिमेले बनाउने भयो चुम्चेत स्यार खोला जलविद्युत् आयोजना
काठमाडौँ । सरकारले थप तीन जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले चुम्चेत स्यार खोला जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति...
साउनमा अझ सस्तो भयो बैंकको ब्याज, ६ बैंकले गरे कटौती, कुनको कति छ ?
काठमाडौँ । २० वटै वाणिज्य बैंकले साउन महिनाका लागि लागू हुने नयाँ निक्षेप ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक दरहरू हेर्दा असारको तुलनामा साउनमा निक्षेपको औसत ब्याजदर थप खुम्चिएको देखिएको हो ।
व्यक्तिगत मुद्दती निक्षेपमा बैंकहरूले...



