शुक्रबार, १५ साउन २०८३
नेपाली

इतिहासमा भएको भाषिक र सांस्कृतिक अतिक्रमणले चिन्ता र चासो बढाएको छ - कुलपति राई

Main News Image

      • नेपाल -प्रज्ञा प्रतिष्ठान साहित्य (मातृभाषा) विभागद्वाराआयोजित मातृभाषा साहित्यको ३० ओैँ शृङ्खलामा सिर्जना,संवाद , विमर्श ,कविता वाचन तथा ज्योमोलाङ्मा' सार्वजनिकीकरण प्रज्ञा-प्रतिष्ठानको देवकोटा सभाकक्षमा भव्यतापूर्वक सम्पन्न भएको थियो ।

     • प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले  ब्यानर पाठ गरेर कार्यक्रमको समुद्घाटन गर्नुभएको थियोे । उहाँले मातृभाषाका बारेमा काम गर्दा  मार्क्सवादी भएको  आरोप लगाउने पनि छन् । यदि समावेशी ढङ्गबाट मातृभाषाको विकास गर्दा मार्क्सवादी भन्छन्  भने मलाई मार्क्सवादी हुनुमा गर्व छ। प्रज्ञा- प्रतिष्ठान समावेशी ढङ्गबाट मातृभाषाको विकास गर्न सक्षम भएको बताउँदै संवैधानिक रूपमा नेपालका १२४ वटै मातृभाषाको संरक्षण र संवर्धान गर्नु सबैको दायित्व रहेको बताउनुभएको थियो । साथै, उहाँले वर्तमान सरकार दुई-तिहाई  नजिक रहेकाले मातृभाषाका क्षेत्रमा महत्त्वपूर्ण कार्य हुनेमा आफू आश्वस्त रहेको बताउँदै  पहिले  किरात भाषामा 'चोमोलुङ्गा' र शेर्पाभाषामा 'ज्योमोलाङ्मा' भनिन्थ्यो ।तर पछि यसलाई किन सगरमाथा नामाकरण गरियो ? यसले गम्भीर प्रश्न उठाएको छ ।चोमोलुङ्मा वा ज्योमोलाङ्मा नामलाई नै व्याप्कता दिँदा के नै बिगरिन्थ्यो  र ? के त्यसको उचाइ घट्थ्यो र ? यसरी इतिहासमा भएको भाषिक र सांस्कृतिक अतिक्रमणले चिन्ता र चासो बढाएको छ ।

   •प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले  प्रयाप्त बजेटका अभावका  बाबजुद पनि मातृभाषामा जे जति काम भएको छ ,त्यो सम्झिनलायक नै छ भन्ने धारणा राख्नुभएको थियोे ।

    •  प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य मातृभाषा विभाग प्रमुख,कार्यक्रमका सभाध्यक्ष राजन मुकारुङले प्रज्ञा-प्रतिष्ठानबाट  मातृभाषा साहित्य शृङ्खला सञ्चालन भएपछि मातृभाषाको क्षेत्रमा नयाँ जागरण आएको चर्चा गर्दै मातृभाषाका पाठ्यपुस्तक निर्माण हुँदा विषयवस्तुमा के कस्तो प्रभाव परेको छ । त्यस्ता पाठ्यपुस्तकहरू प्रत्येक आदिवासी जनजातिको सौन्दर्यअनुसार हुनुपर्नेमा जोड दिनुभएको थियोे। 

      •अध्येताद्व्य  किरणकुमार बरामले  'बराम समुदायको लोकसाहित्य'र पदम रानाले  'रानाथारु साहित्यको वर्तमान अवस्था' विषयक कार्यपत्र उक्त कार्यक्रममा प्रस्तुत गर्नुभएको थियोे।

     •प्रज्ञा-प्रतिष्ठानले  आफ्नो स्थापना भएको  ६८ वर्षको इतिहासमा पहिलोपटक  शेर्पा भाषाको  पत्रिका 'ज्योमोलाङ्मा'प्रकाशित गरेको थियोे ।यसको सार्वजनिकीकरण कुलपति राई लगायतले गर्नुभएको थियोे ।

    •प्रत्येक कार्यक्रममा फरक-फरक मातृभाषाका तीन कविले कविता वाचन गर्ने गर्छन् । यसपटक भने भोजपुरी भाषाका कवि रितेश त्रिपाठी ,आठपहरीया भाषाका कवि विमला राई,अछामी भाषाका कवि प्रदीप जैसीले आआफ्ना मातृभाषामा कविता वाचन गर्नुभएको थियो ।

•सार्वजनिकीकरण गरिएको शेर्पाभाषाको उक्त पत्रिकाको समीक्षात्मक मनतव्य पत्रिकाका कार्यकारी सम्पादक दावा शेर्पा (डि.एन.)ले गर्नुभएको थियोे।शेर्पा सङ्घका अध्यक्ष लाक्पा ठिनेल शेर्पाले कुलपति राई र प्राज्ञ राजन मुकारुङलाई खादा ओढाएर सम्मान स्वरूप मायाको चिन्हो र राससका पूर्व अध्यक्ष बालकृष्ण चापागाईंले प्रज्ञा पुस्तकालयका लागि एक थान पुस्तक उपहार प्रदान गर्नुभएको थियोे । कार्यक्रमको सहजीकरण प्राज्ञसभा सदस्य चेतनाथ धमलाले गर्नुभएको थियोे ।

mediabaaji add

सम्बन्धित खबर

भानुभक्तको योगदानलाई आत्मसात् गर्दै नेपाली भाषा-साहित्यको समृद्धिमा लागौँ : सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले आदिकवि भानुभक्त आचार्यको योगदानलाई केवल स्मरण मात्र नगरी उनले देखाएको मार्गलाई आत्मसात् गर्दै नेपाली भाषा र साहित्यको विकासमा लाग्नुपर्ने बताएका छन् । सोमबार काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा(प्रतिष्ठानमा आय...

पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

काठमाडौँ । वरिष्ठ आख्यानकार तथा पत्रकार वसन्त पराजुलीद्वारा सिर्जित ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण प्रकाशित भएको छ । शिखा बुक्स प्रालिले प्रकाशनमा ल्याएको सो पुस्तकको स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ, साहित्यकार जयदेव भट्टराई,...

विश्व कविता दिवस मनाइँदै

काठमाडौँ । आज विश्व कविता दिवस मनाइँदैछ । साहित्यिक कार्यक्रमको आयोजना गरी विश्व कविता दिवस मनाइने छ । दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य पद्य–काव्य विभागद्वारा विशेष कवि गोष्ठीको आयोजना गरिएको छ ।

सन् १९९९ मा संयुक्त राष्ट्रसङ्...

'मेरी छोरी मान्या'बालकथा सङ्ग्रहको विमोचन


- दुर्बिन  शर्मा 'विवेक'

वरिष्ठ आख्यानकार ,कवि ,साहित्यिक पत्रकार तथा सङ्गठक इन्द्रकुमार श्रेष्ठ 'सरित्'द्वारा रचित बालकथासङ्ग्रह 'मेरी छोरी मान्या´को विमोचन तथा समीक्षा कार्यक्रम राइजिङ स्टार बोर्डिङ स्कुल मन्डिखाटारले आयोज...

पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन

काठमाण्डौँ । पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको छ । सुर्खेतदेखि अमेरिकासम्मको यात्रा, संघर्ष र सपनाको गन्तव्य पछ्याउन प्रेरित गर्ने उनको नियात्रा तथा स्मृतिसंग्रह ‘घाटगाउँ’ मंगलबार विमोचन भएको हो । काठमाडौँको चियासागरमा पत्रका...

स्रष्टा छुकांको ‘ताथली, भूगोलदेखि लोकसंस्कृतिसम्म’ लोकार्पण

काठमाण्डौँ । इतिहास विगतको दर्पण मात्र होइन, समाजको साझा स्मृति पनि हो। यसका साथै संस्कृति परम्पराभन्दा बढी पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको जीवनपद्धति हो । जब यी दुवैलाई समयमै अभिलेखीकरण गरिँदैन, समाजले आफ्नो मौलिक परिचय पनि बिस्तारै गुमाउँदै जा...