इतिहासमा भएको भाषिक र सांस्कृतिक अतिक्रमणले चिन्ता र चासो बढाएको छ - कुलपति राई
• नेपाल -प्रज्ञा प्रतिष्ठान साहित्य (मातृभाषा) विभागद्वाराआयोजित मातृभाषा साहित्यको ३० ओैँ शृङ्खलामा सिर्जना,संवाद , विमर्श ,कविता वाचन तथा ज्योमोलाङ्मा' सार्वजनिकीकरण प्रज्ञा-प्रतिष्ठानको देवकोटा सभाकक्षमा भव्यतापूर्वक सम्पन्न भएको थियो ।
• प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर पाठ गरेर कार्यक्रमको समुद्घाटन गर्नुभएको थियोे । उहाँले मातृभाषाका बारेमा काम गर्दा मार्क्सवादी भएको आरोप लगाउने पनि छन् । यदि समावेशी ढङ्गबाट मातृभाषाको विकास गर्दा मार्क्सवादी भन्छन् भने मलाई मार्क्सवादी हुनुमा गर्व छ। प्रज्ञा- प्रतिष्ठान समावेशी ढङ्गबाट मातृभाषाको विकास गर्न सक्षम भएको बताउँदै संवैधानिक रूपमा नेपालका १२४ वटै मातृभाषाको संरक्षण र संवर्धान गर्नु सबैको दायित्व रहेको बताउनुभएको थियो । साथै, उहाँले वर्तमान सरकार दुई-तिहाई नजिक रहेकाले मातृभाषाका क्षेत्रमा महत्त्वपूर्ण कार्य हुनेमा आफू आश्वस्त रहेको बताउँदै पहिले किरात भाषामा 'चोमोलुङ्गा' र शेर्पाभाषामा 'ज्योमोलाङ्मा' भनिन्थ्यो ।तर पछि यसलाई किन सगरमाथा नामाकरण गरियो ? यसले गम्भीर प्रश्न उठाएको छ ।चोमोलुङ्मा वा ज्योमोलाङ्मा नामलाई नै व्याप्कता दिँदा के नै बिगरिन्थ्यो र ? के त्यसको उचाइ घट्थ्यो र ? यसरी इतिहासमा भएको भाषिक र सांस्कृतिक अतिक्रमणले चिन्ता र चासो बढाएको छ ।
•प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले प्रयाप्त बजेटका अभावका बाबजुद पनि मातृभाषामा जे जति काम भएको छ ,त्यो सम्झिनलायक नै छ भन्ने धारणा राख्नुभएको थियोे ।
• प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य मातृभाषा विभाग प्रमुख,कार्यक्रमका सभाध्यक्ष राजन मुकारुङले प्रज्ञा-प्रतिष्ठानबाट मातृभाषा साहित्य शृङ्खला सञ्चालन भएपछि मातृभाषाको क्षेत्रमा नयाँ जागरण आएको चर्चा गर्दै मातृभाषाका पाठ्यपुस्तक निर्माण हुँदा विषयवस्तुमा के कस्तो प्रभाव परेको छ । त्यस्ता पाठ्यपुस्तकहरू प्रत्येक आदिवासी जनजातिको सौन्दर्यअनुसार हुनुपर्नेमा जोड दिनुभएको थियोे।
•अध्येताद्व्य किरणकुमार बरामले 'बराम समुदायको लोकसाहित्य'र पदम रानाले 'रानाथारु साहित्यको वर्तमान अवस्था' विषयक कार्यपत्र उक्त कार्यक्रममा प्रस्तुत गर्नुभएको थियोे।
•प्रज्ञा-प्रतिष्ठानले आफ्नो स्थापना भएको ६८ वर्षको इतिहासमा पहिलोपटक शेर्पा भाषाको पत्रिका 'ज्योमोलाङ्मा'प्रकाशित गरेको थियोे ।यसको सार्वजनिकीकरण कुलपति राई लगायतले गर्नुभएको थियोे ।
•प्रत्येक कार्यक्रममा फरक-फरक मातृभाषाका तीन कविले कविता वाचन गर्ने गर्छन् । यसपटक भने भोजपुरी भाषाका कवि रितेश त्रिपाठी ,आठपहरीया भाषाका कवि विमला राई,अछामी भाषाका कवि प्रदीप जैसीले आआफ्ना मातृभाषामा कविता वाचन गर्नुभएको थियो ।
•सार्वजनिकीकरण गरिएको शेर्पाभाषाको उक्त पत्रिकाको समीक्षात्मक मनतव्य पत्रिकाका कार्यकारी सम्पादक दावा शेर्पा (डि.एन.)ले गर्नुभएको थियोे।शेर्पा सङ्घका अध्यक्ष लाक्पा ठिनेल शेर्पाले कुलपति राई र प्राज्ञ राजन मुकारुङलाई खादा ओढाएर सम्मान स्वरूप मायाको चिन्हो र राससका पूर्व अध्यक्ष बालकृष्ण चापागाईंले प्रज्ञा पुस्तकालयका लागि एक थान पुस्तक उपहार प्रदान गर्नुभएको थियोे । कार्यक्रमको सहजीकरण प्राज्ञसभा सदस्य चेतनाथ धमलाले गर्नुभएको थियोे ।
एक्सप्रेस
सम्बन्धित खबर
कवि तेजप्रकाश श्रेष्ठको नयाँ कृति ‘जाँगरको कल्पवृक्ष’ सार्वजनिक
काठमाडौँ। अग्रज साहित्यकार तथा कवि तेजप्रकाश श्रेष्ठको नयाँ कवितासङ्ग्रह ‘जाँगरको कल्पवृक्ष’ सार्वजनिक गरिएको छ । ठमेलस्थित चिवहालमा आयोजित कार्यक्रममा भुवनहरि सिग्देल, श्रीओम श्रेष्ठ ‘रोदन’, प्रा।डा। कपिल लामिछाने, छविरमण सिलवाल, प्रदीप सापकोटा र...
नेपाल प्रज्ञा–प्रतिष्ठानको कुनै पनि पदमा नजाने साहित्यकार रामलाल जोशीको घोषणा
काठमाडौँ । साहित्यकार रामलाल जोशीले नेपाल प्रज्ञा–प्रतिष्ठानको सदस्य–सचिव बन्न आफूले कुनै पहल नगरेको र अन्ततः आफूलाई प्रस्ताव गरिएको पद पनि अस्वीकार गरेको स्पष्ट पारेका छन् ।
सामाजिक सञ्जालमार्फत विस्तृत धारणा सार्वजनिक गर्दै उनले पछिल्ला दि...
प्रज्ञा-प्रतिष्ठानका आजीवन सदस्यले अब दोहोरो सुविधा भत्ता नपाउने
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानको वर्तमान प्राज्ञ परिषद्का कुलपति भूपाल राईको अध्यक्षतामा २०७९ साल फागुन ११ गते बसेको बैठकले प्रज्ञा-प्रतिष्ठानका आजीवन सदस्यले लिइरहेको दोहोरो भत्ता रोक्ने निर्णय गरेको थियोे। ...
'मातृभाषा राष्ट्रिय कविता महोत्सव २०८२' सम्पन्न
प्राज्ञ चेतनाथ धमला
काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठानले अन्तर्राष्ट्रिय मातृभाषा दिवस -२०२६को आयोजना गरेको थियोे। कार्यक्रमको सुरुमा काठमाडौँको कमलादी, घण्टाघर ,रत्नपार्क र दरबारमार्ग लगायतका स्थानको परिक्रमा विभिन्न जनजाति र मातृभाषा...
डाक्टर,इन्जिनियर र प्रहरीलाई चिनेझैँ लेखकलाई पनि चिन्नु अनिवार्य छ :-कुलपति राई
© प्राज्ञ चेतनाथ धमला
मिडियाबाजी डटकम काठमाडौँ ,मंसिर २४। सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका बुङस्थित सगरमाथा माध्यमिक विद्याल...
भानुभक्तको योगदानलाई आत्मसात् गर्दै नेपाली भाषा-साहित्यको समृद्धिमा लागौँ : सभामुख अर्याल
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले आदिकवि भानुभक्त आचार्यको योगदानलाई केवल स्मरण मात्र नगरी उनले देखाएको मार्गलाई आत्मसात् गर्दै नेपाली भाषा र साहित्यको विकासमा लाग्नुपर्ने बताएका छन् । सोमबार काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा(प्रतिष्ठानमा आय...



