एल आइ सी नेपालको चौथो एकता अधिवेशन सम्पन्न
अडियोमा सुन्नुहोस्
© रविन्द्र लामिछाने (नवीन)
मिडियाबाजी डटकम काठमाडौँ ,मंसिर ५। एल आइ सी नेपालको चौथो एकता अधिवेशन सम्पन्न भएको छ। लामो समयदेखिको विवाद र रस्साकस्सी अन्त्य गर्दै गत मंगलबार चितवनको सौराहामा पेशागत बीमा अभिकर्ता संघ बीमक समिति एल आई सी नेपालको गतवर्ष चैत जनकपुरमा सम्पन्न अधिवेशनका पक्षधर र पेशागत बीमा अभिकर्ता संघ केन्द्रीय समितिबाट गठित समिति पक्षधर दुबैको भव्य सहभागितामा सर्वसम्मत ढंगले संयुक्त रुपमा एकताको चौथो अधिवेशन सम्पन्न भएको हो ।
उक्त अधिवेशनको समन्वय गर्न गठित अधिवेशन समितिका संयोजक श्री दीपक अर्यालको सभापतित्व र पेशागत बीमा अभिकर्ता संघ केन्द्रीय समितिका अध्यक्ष श्री केदारनाथ अधिकारीको प्रमुख आतिथ्यता र अधिवेशन समन्वय समितिका सह-संयोजक श्री सूर्य भट्टराई सदस्यहरू श्री ऋषिकेश पोख्रेल,अम्बिका गौतम र सीता दाहाल लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।उक्त अधिवेशनले श्री रामकुमार अधिकारीको अध्यक्षतामा ३२ सदस्यीय कार्य समिति गठन गरेको छ ।
लामो विवाद र द्वन्दलाई सुरक्षित निष्कर्षमा पुर्याउन विशेष भूमिका निभाएकोमा समन्वय समिति संयोजक दीपक अर्याल लगायतको टिमलाई नवनिर्वाचित कार्यसमितिले धन्यवाद ज्ञापन गरेको थियो साथै नवनिर्वाचित कार्यसमितिले बीमा व्यवसायको शुद्धिकरण र संगठनको सुदृढ़ीकरणमा सम्पूर्ण रुपले लाग्ने अठोट गर्दै संगठनले सबैलाई समान व्यवहार गर्ने,अभिकर्ताहरूको हकहित र बीमितहरूको लगानीको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने निर्णय समेत नवगठित समितिको पहिलो बैठकले गरेको जानकारी अध्यक्ष श्री रामकुमार अधिकारीबाट प्राप्त भएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
२१ असोज, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५४ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०७...
घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ५०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख छ हजार २०० रुपैयाँ कायम भएको छ । आज १० ग्राम सुनको मूल्य दुई लाख ६२ हजार ५२० रुपै...
बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले एक खर्ब रुपैयाँ बजारबाट खिच्दै
काठमाडौँ । बैंकिङ प्रणालीमा लगातार बढिरहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले बुधबार एक खर्ब रुपैयाँ बराबरको ९१ दिने निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । पछिल्ला केही महिनादेखि प्रणालीमा पर्याप्तभन्दा बढी नगद मौज्दात रहँदा बजारमा...
विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको भाउ १५२ रुपैयाँ नाघ्यो
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले तय गरेको नयाँ दररेट अनुसार अमेरिकी डलरको भाउमा वृद्धि भई एक अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ २३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८३ पैसा पुगे...
सेयर बजार २६५४ अंकमा, ७ अर्ब नाघ्यो कारोबार
काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार सामान्य अंकको सुधारसहित बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक ७.०६ अंकले बढेर २६५४ विन्दुमा कायम भएको हो । परिसूचकसँगै कारोबार रकममा पनि उत्साहजनक सुधार आएको छ। अघिल्लो कारोबार दिन ६...
बागमतीमा सार्वजनिक गाडी भाडा बढ्यो : न्यूनतम भाडा २४ रुपैयाँ
काठमाण्डौँ । बागमती प्रदेश सरकारले पेट्रोल र डिजेलबाट सञ्चालन हुने सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गरेको छ । शुक्रबार श्रम, रोजगार तथा यातायातमन्त्रीस्तरीय निर्णयमार्फत नयाँ दर निर्धारण गरिएको हो । नयाँ भाडादर शनिबार चैत २८ देखि लागू भइसकेको...



