बागमतीमा सार्वजनिक गाडी भाडा बढ्यो : न्यूनतम भाडा २४ रुपैयाँ
काठमाण्डौँ । बागमती प्रदेश सरकारले पेट्रोल र डिजेलबाट सञ्चालन हुने सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गरेको छ । शुक्रबार श्रम, रोजगार तथा यातायातमन्त्रीस्तरीय निर्णयमार्फत नयाँ दर निर्धारण गरिएको हो । नयाँ भाडादर शनिबार चैत २८ देखि लागू भइसकेको छ।
यसअनुसार काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने यात्रुवाहक सवारीसाधनको न्यूनतम भाडा २४ रुपैयाँ तोकिएको छ, जुन पाँच किलोमिटरसम्म दूरीका लागि लागू हुन्छ । यसअघि सो दूरीका लागि १९ रुपैयाँ भाडा कायम थियो ।
प्रदेश राजपत्रमा प्रकाशित सूचनाअनुसार दूरीअनुसार भाडादर क्रमशः वृद्धि गरिएको छ । १० किलोमिटरसम्मको भाडा ३३ रुपैयाँ, १५ किलोमिटरसम्म ३९ रुपैयाँ र २० किलोमिटरसम्म ४४ रुपैयाँ तोकिएको छ । २० किलोमिटरभन्दा माथिको दूरीका लागि भने ५० रुपैयाँ भाडा कायम गरिएको छ । ट्याक्सी सेवातर्फ सुरुवाती शुल्क ५८ रुपैयाँ निर्धारण गरिएको छ भने प्रत्येक २०० मिटरमा १२ रुपैयाँ भाडा लाग्नेछ ।
एक्सप्रेस
सम्बन्धित खबर
होटेल भ्यु भृकुटीले अङ्ग्रेजी नयाँ वर्ष लक्षित विशेष अफर सार्वजनिक
ललितपुर । होटल भ्यु भृकुटीले क्रिसमस र अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा पाहुनाका लागि विशेष पर्वकालीन अफर सार्वजनिक गरेको छ । उक्त अफर डिसेम्बर २४, २०२५ देखि जनवरी १, २०२६ सम्म लागू हुने होटल व्यवस्थापनले जनाएको छ ।
अ...
सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान पुनः सुरु, राष्ट्र बैंकद्वारा १० अर्ब ५८ करोड भुक्तानी
काठमाडौँ । नेपाल राष्ट्र बैंकले ५० वटा बैंक तथा वित्तीय संस्थालाई सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान बापत १० अर्ब ५८ करोड रुपैयाँ भुक्तानी गरेको छ । सहुलियतपूर्ण कर्जाको दुरुपयोग भएको भन्दै रोकिएको अनुदान एक वर्षपछि सरक...
नेप्से १७ अंकले बढ्यो, कारोबार ४ अर्ब ८३ करोड रुपैयाँमाथि
काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १७.१५ अंकले बढेर २ हजार ५९१.८० विन्दुमा पुगेको छ। बजार ०.६६ प्रतिशतले बढेसँगै शेयर बजारमा सकारात्मक संकेत देखिएको छ। शुक्रबारको कारोबारमा अधिकांश कम्पनीको शेयर...
ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी परिचालन
काठमाडौँ । खाना पकाउने ग्यासमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको सूचनापछि काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ । गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा आइतबार बिहानैदेखि ग्यास डिपो तथा बिक्री क...
कर्जा उठाउन ऋणीको घर–घर जाने बैंकका कर्मचारीलाई पक्राउ गर्न गृहको परिपत्र
काठमाडौँ । ऋण असुलीका क्रममा सर्वसाधारणलाई शारीरिक तथा मानसिक यातना दिने, दुर्व्यवहार गर्ने वा गैरकानूनी दबाब सिर्जना गर्ने बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि कारबाही गर्न गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी सीडीओलाई निर्देशन दिएको छ...
सुनको मूल्यमा गिरावट, मंगलबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट देखिएको छ । सुन आज तोलामा तीन हजार ८०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ३९ हजार ५०० रुपैयाँ कायम भएको छ । य...



