मङ्गलबार, १० कात्तिक २०८३
नेपाली

एल आइ सी नेपालको चौथो एकता अधिवेशन सम्पन्न

Main News Image

अडियोमा सुन्नुहोस्

© रविन्द्र लामिछाने (नवीन) 

मिडियाबाजी डटकम काठमाडौँ ,मंसिर ५। एल आइ सी नेपालको चौथो एकता अधिवेशन सम्पन्न भएको छ। लामो समयदेखिको विवाद र रस्साकस्सी अन्त्य गर्दै गत मंगलबार चितवनको सौराहामा पेशागत बीमा अभिकर्ता संघ बीमक समिति एल आई सी नेपालको गतवर्ष चैत जनकपुरमा सम्पन्न अधिवेशनका पक्षधर र पेशागत बीमा अभिकर्ता संघ केन्द्रीय समितिबाट गठित समिति पक्षधर दुबैको भव्य सहभागितामा सर्वसम्मत ढंगले संयुक्त रुपमा एकताको चौथो अधिवेशन सम्पन्न भएको हो ।

उक्त अधिवेशनको समन्वय गर्न गठित अधिवेशन समितिका संयोजक श्री दीपक अर्यालको सभापतित्व र पेशागत बीमा अभिकर्ता संघ केन्द्रीय समितिका अध्यक्ष श्री केदारनाथ अधिकारीको प्रमुख आतिथ्यता र अधिवेशन समन्वय समितिका सह-संयोजक श्री सूर्य भट्टराई सदस्यहरू श्री ऋषिकेश पोख्रेल,अम्बिका गौतम र सीता दाहाल लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।उक्त अधिवेशनले श्री रामकुमार अधिकारीको अध्यक्षतामा ३२ सदस्यीय कार्य समिति गठन गरेको छ ।

लामो विवाद र द्वन्दलाई सुरक्षित निष्कर्षमा पुर्‍याउन विशेष भूमिका निभाएकोमा समन्वय समिति संयोजक दीपक अर्याल लगायतको टिमलाई नवनिर्वाचित कार्यसमितिले धन्यवाद ज्ञापन गरेको थियो साथै नवनिर्वाचित कार्यसमितिले बीमा व्यवसायको शुद्धिकरण र संगठनको सुदृढ़ीकरणमा सम्पूर्ण रुपले लाग्ने अठोट गर्दै संगठनले सबैलाई समान व्यवहार गर्ने,अभिकर्ताहरूको हकहित र बीमितहरूको लगानीको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने निर्णय समेत नवगठित समितिको पहिलो बैठकले गरेको जानकारी अध्यक्ष श्री रामकुमार अधिकारीबाट प्राप्त भएको छ ।

mediabaaji add

सम्बन्धित खबर

शुक्रबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलर एकको खरिददर १४६ रूपैयाँ ३२ पैसा र बिक्रीदर १४६ रूपैयाँ ९२ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७१...

सडक र पुलका रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु, १७ वटा ठेक्का तोडिँदै

काठमाडौँ । सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । सडक विभागअन्तर्गत हुलाकी सडक निर्देशनालय, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं र...

बिहीबार कुन विदेशी मुद्राको विनिमयर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ...

विदेशी मुद्राको विनिमयदर : डलर, युरो र पाउण्डको भाउ बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले तोकेको नयाँ दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४६ पैसा कायम भएको छ ।

त्यसैगरी युरोप...

नेपाल एयरलाइन्सका दुई पाइलटलाई कारबाही

काठमाडौँ । उडान सञ्चालनसम्बन्धी नियम उल्लंघन गरेको आरोपमा नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले नेपाल वायुसेवा निगमका दुई पाइलटलाई ग्राउन्डेड गरेको छ । क्यानले शुक्रबार निगमलाई पत्र लेखेर वाइडबडी विमानका क्याप्टेन विजय...

राष्ट्र बैङ्क ऐन २०५८ को दसौँ संशोधन हुँदै

काठमाडौँ । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैङ्कसम्बन्धी विद्यमान कानुनी संरचनामा परिमार्जनको प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्ने विधेयकको मसौदा सार्वजनिक गर्दै सरोकारवालाबाट राय तथा सुझाव मागेको छ । र...