काठमाडौँ उपत्यका तुवाँलोले ढाकियो, तर उडान र यातायातमा तत्काल असर छैन
काठमाडौँ । काठमाडौँ उपत्यकामा शनिबार बिहानदेखि तुवाँलो फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान १० बजेपछि उपत्यकाको आकाशमा देखिएको धुम्म वातावरण तुवाँलो हेजका कारण भएको हो । महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले बिहान १० बजेसम्म उपत्यकामा हुस्सु देखिएको भए पनि त्यसपछि हावामा पानीका कण नभएको तुवाँलो बनेको जानकारी दिए ।
पारदर्शिता पाँच किलोमिटरभन्दा कम भए पनि पानीका कण नहुने अवस्थालाई हेज भनिने र नेपालीमा यसलाई तुवाँलो भनिने उनले स्पष्ट पारे । अधिकारीका अनुसार हाल काठमाडौँ उपत्यकामा दृश्यता करिब ३ हजार ५ सय मिटर छ। यो स्तरको भिजिबिलिटीले न त हवाई उडानमा ठूलो समस्या ल्याउने न त सडक यातायात प्रभावित हुने उनको भनाइ छ। तर, दृश्यता अझै घटेमा उडान तालिका प्रभावित हुन सक्ने संकेत उनले दिएका छन् ।
मौसमविद्हरूका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले उपत्यकाको आकाशमा बादल त देखिएको छ, तर त्यो प्रभाव माथिल्लो वायुमण्डलमा मात्र सीमित रहेकाले वर्षा हुन सकेन। तल्लो वायुमण्डल सुक्खा र हावाको गति न्यून भएकाले तुवाँलो हट्न नसकेको जनाइएको छ ।
हावाको गति बढेको भए तुवाँलो केही हदसम्म पन्छिन सक्थ्यो, तर अहिलेको स्थिर वायुमण्डलीय अवस्थाले धुम्म वातावरण कायम रहेको मौसमविद् अधिकारीको निष्कर्ष छ । पश्चिमी क्षेत्रमा भने जलवाष्पयुक्त हावा सक्रिय रहेकाले कतिपय स्थानमा वर्षा भएको उनले बताए ।
एक्सप्रेस
सम्बन्धित खबर
प्रहरी हिरासतमा युवाको ज्यान गयो, कारण अन्तरजातीय विवाह
रामेछाप । सिन्धुलीको सुनकोसी गाउँपालिका–३ जुम्लेडाँडाका २२ वर्षीय श्रीकृष्ण विकको खुर्कोट प्रहरी हिरासतमा मृत्यु भएको छ । वैशाख ३ गतेदेखि प्रहरी हिरासतमा रहेका विकले हिजो थुनुवा कक्षको भेन्टिलेसनमा सर्टको पासो लगाएर आत्महत्या गरेका प्रहरीले जनाएको...
सवारी दुर्घटना : क्षतिपूर्ति र उपचार खर्च तिर्न नसके जेल पठाउन मिल्दैन
काठमाडौँ । सवारी दुर्घटनाका पीडितलाई खुवाउनुपर्ने औषधि उपचार खर्च, किरिया खर्च र क्षतिपूर्ति भराउने प्रयोजनका लागि माग गरिएको धरौटी बुझाउन नसकेकै आधारमा अभियुक्तलाई थुनामा राख्नु गैरकानुनी हुने सर्वोच्च अदालतले ठहर गरेको छ । सर्वोच्च अदालतको पूर्ण...
भोलिदेखि पुन आउँदैछ वर्षा गराउने प्रणाली
काठमाण्डौँ । मौसमविदले बिहीबारबाट पुनः वर्षा गराउने प्रणाली सक्रिय हुने बताएका छन् । मौसमविद् विनोद पोखरेलले बिहीबार बेलुकाबाट पश्चिम नेपालमा वर्षा गराउने प्रणाली सक्रिय हुने बताएका हुन् । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञानका सहप्राध्याप...
फेरि मौसम बदलीको अर्को प्रणाली भित्रिँदै, काठमाडौँमा पनि वर्षा हुने
काठमाडौँ । पश्चिम नेपालमा वर्षा र हिमपात गराएर फर्किएको केही दिनमै फेरि पश्चिमी न्यून चापीय प्रणालीको असर नेपालमा देखिने भएको छ । आज रातिबाटै सुदूरपश्चिम क्षेत्रबाट प्रवेश गर्ने यसपालिको न्यून चापीय प्रणालीले काठमाडौं उपत्यकासमेत छुने र हल्का वर्ष...
लामो दुरी चल्ने गाडीमा जीपीएस जडान
काठमाडौँ । ट्राफिक प्रहरीले बुधबारदेखि लामोदुरी चल्ने गाडीमा जीपीएस जडान गर्नुपर्ने नयाँ व्यवस्था लागु गरेको छ । प्रहरीले काठमाडौँ उपत्यकाभित्र गुड्ने सवारी साधनमा सीसीटिभी तथा ड्याशबोर्ड क्यामेरा जडान सुरु गरेको छ ।
यातायात व्यवसायीहरूसँगको...
नौ दिनपछि खुल्यो ताक्सुगाडमा बाढीले बगाएको भेरी करिडोर, पुनः अवरुद्ध हुने जोखिम कायमै
जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–१० र ११ को सीमाक्षेत्र ताक्सुगाडमा बाढीले बगाएको भेरी करिडोरअन्तर्गतको सडक नौ दिनपछि सञ्चालनमा आएको छ। बाढीले सडकसँगै पुल र चारवटा घर बगाएपछि अवरुद्ध बनेको जाजरकोट–डोल्पा सडकखण्ड नलगाड नगरपालिकाको समन्वयमा भेरी...



