बुधबार, ११ कात्तिक २०८३
नेपाली

काठमाडौँ उपत्यका तुवाँलोले ढाकियो, तर उडान र यातायातमा तत्काल असर छैन

Main News Image

काठमाडौँ । काठमाडौँ उपत्यकामा शनिबार बिहानदेखि तुवाँलो फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान १० बजेपछि उपत्यकाको आकाशमा देखिएको धुम्म वातावरण तुवाँलो हेजका कारण भएको हो । महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले बिहान १० बजेसम्म उपत्यकामा हुस्सु देखिएको भए पनि त्यसपछि हावामा पानीका कण नभएको तुवाँलो बनेको जानकारी दिए ।

 पारदर्शिता पाँच किलोमिटरभन्दा कम भए पनि पानीका कण नहुने अवस्थालाई हेज भनिने र नेपालीमा यसलाई तुवाँलो भनिने उनले स्पष्ट पारे । अधिकारीका अनुसार हाल काठमाडौँ उपत्यकामा दृश्यता करिब ३ हजार ५ सय मिटर छ। यो स्तरको भिजिबिलिटीले न त हवाई उडानमा ठूलो समस्या ल्याउने न त सडक यातायात प्रभावित हुने उनको भनाइ छ। तर, दृश्यता अझै घटेमा उडान तालिका प्रभावित हुन सक्ने संकेत उनले दिएका छन् ।

मौसमविद्हरूका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले उपत्यकाको आकाशमा बादल त देखिएको छ, तर त्यो प्रभाव माथिल्लो वायुमण्डलमा मात्र सीमित रहेकाले वर्षा हुन सकेन। तल्लो वायुमण्डल सुक्खा र हावाको गति न्यून भएकाले तुवाँलो हट्न नसकेको जनाइएको छ ।

हावाको गति बढेको भए तुवाँलो केही हदसम्म पन्छिन सक्थ्यो, तर अहिलेको स्थिर वायुमण्डलीय अवस्थाले धुम्म वातावरण कायम रहेको मौसमविद् अधिकारीको निष्कर्ष छ । पश्चिमी क्षेत्रमा भने जलवाष्पयुक्त हावा सक्रिय रहेकाले कतिपय स्थानमा वर्षा भएको उनले बताए ।


mediabaaji add

सम्बन्धित खबर

क्लब लगायत रात्रिकालीन व्यवसाय बन्द हुने

काठमाडौँ । काठमाडौंमा सञ्चालन हुने रात्रिकालीन व्यवसाय फागुन १८ गतेदेखि बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बिहीबार एक सूचना जारी गर्दै ९ बजेपछि कुनै व्यवसाय नगर्न नगराउन निर्देशन दिएको छ । ...

वन डढेलोमा कमी, मनसुन पूर्वको वर्षाले घटायो

काठमाडौँ । हरेक वर्षको चैत महिना वन डढेलोको उच्च जोखिममा रहने गर्छ । तर गत चैतमा भने डढेलोको घटना थोरै मात्र घट्यो । मनसुन पूर्वनै औसतभन्दा बढी वर्षा भएकाले अघिल्लो वर्षको सोही अवधिको तुलनामा गत चैतमा डढेलोका घटनामा गिरावट आएको हो ।

वन तथा भ...

झापाका दुई उद्योगमा आगलागी

काठमाडौँ । यहाँको बिर्तामोड नगरपालिका–४ मा सञ्चालित दुई उद्योगमा आज बिहान आगलागी भएको छ । आगलागी परी ती उद्योगमा ठूलो परिमाणमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

आज बिहान करिब ४ः१५ बजे भक्त...

यी स्थानमा आज मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव छ। साथै कोशी, मधेस र बागमती प्रदेशलगायतका पहाडी र हिमाली भूभागमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लागेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा...

‘श्रम स्वीकृति’सम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन

काठमाडौँ । वैदेशिक रोजगार विभागले विभाग आसपास रहेका साइबर सेन्टर र तालिम केन्द्र इन्स्टिच्युटबाट ‘श्रम स्वीकृति’ सम्बन्धी भ्रामक सूचना यही चैत ३० गतेभित्र हटाउन निर्देशन दिएको छ । ‘यहाँ श्रम गरिन्छ’, ‘श्रम स्वीकृतिसम्बन्धी कार्य गरिन्छ’, ‘श्रम अनल...

मुग्लिन–पोखरा सडक १० दिनसम्म दैनिक ४ घण्टा बन्द हुने, यी हुन् वैकल्पिक मार्ग

काठमाडौँ । मुग्लिन–पोखरा सडक आजदेखि १० दिनसम्म दैनिक चारघण्टा बन्द हुने भएको  छ । मुग्लिन–पोखरा राजमार्ग सुधार योजना अन्तर्गत पश्चिम खण्ड दैनिक चार घण्टा बन्द गरेर सडक स्तरोन्नती गर्न लागिएको सडक आयोजन...