एक लाख २८ हजारलाई पर्ने सुपर खुदी हाइड्रोको आईपीओ फागुन ५ बाट निष्काशन खुला
काठमाडौँ । सुपर खुदी हाइड्रोपावर लिमिटेडले फागुन ५ गते सोमबारदेखि १० गते आइतबारसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । यसअघि फागुन ४ गतेबाट निष्काशन खुला गर्ने भनिए पनि उक्त मिति एक दिन पछि सारिएको हो । यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरिएको आईपीओ बाँडफाँट सम्पन्न भएपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई सेयर निष्काशन गर्न लागेको हो।
कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत बराबर हुने ३१ करोड रुपियाँको ३१ लाख कित्ता साधारण सेयर निष्काशन गर्न अनुमति पाएको थियो । सोअनुसार पहिलो चरणमा १५ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई र १ लाख ५५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट गरिसकेको छ । साथै, ७७ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि पनि छुट्याइएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १२ हजार ५ सय रुपैयाँले घटेर २ लाख ८२ हजार रुपैयाँमा कारोवार भैइरहेको छ । शुक्रबार छापावाला सुन २ लाख ९४ ह...
धितोपत्र बोर्डबाट स्नो रिभर्सले पायो आईपीओ निष्कासनको अनुमति
काठमाडौँ । स्नो रिभर्स लिमिटेडले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले माघ १८ गते आइतबार कम्पनीलाई आईपीओ निष्कासनका लागि अनुमति दिएको हो । बोर्डको अनुमतिसँगै अब स्नो रिभर्सले कुल १८ करोड ७५ लाख रुपैयाँ बराबरक...
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । मंगलबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ लाख ५ हजार ५०० रुपैयाँँ कायम भएको हो । सोमबार सुन प्रतितोला ३ लाख ४ हजार ६०० रुपैयाँमा...
विदेशी मुद्राको विनिमयदरः डलर, युरो र पाउण्डको भाउ कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार आज अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङको विनिमयदर उच्च कायम भएको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर...
निरन्तर सुनको मूल्यमा गिरावट, बिहिबार प्रतितोला कति ?
काठमाडौँ । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य निरन्तर ओरालो लागि रहेको छ । सुन तोलामा एक हजार ८०० रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुन प्रतितोला दुई लाख ९२ हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
यता, चाँदीको म...
साना किसानको तहमा लघुवित्तले आशा जगाइरहेको विज्ञहरुको भनाई
काठमाण्डौँ । नेपालको वित्तीय क्षेत्र सुकारका लागि लघुवित्तहरुलाई बलियो बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिनुभएको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को आयोजनामा भएको लघुवित्तका समस्या र चुनौती विषयक अन्त...



