बिहिबार, १२ कात्तिक २०८३
नेपाली

एक लाख २८ हजारलाई पर्ने सुपर खुदी हाइड्रोको आईपीओ फागुन ५ बाट निष्काशन खुला

Main News Image

काठमाडौँ । सुपर खुदी हाइड्रोपावर लिमिटेडले फागुन ५ गते सोमबारदेखि १० गते आइतबारसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । यसअघि फागुन ४ गतेबाट निष्काशन खुला गर्ने भनिए पनि उक्त मिति एक दिन पछि सारिएको हो ।  यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरिएको आईपीओ बाँडफाँट सम्पन्न भएपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई सेयर निष्काशन गर्न लागेको हो। 

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत बराबर हुने ३१ करोड रुपियाँको ३१ लाख कित्ता साधारण सेयर निष्काशन गर्न अनुमति पाएको थियो । सोअनुसार पहिलो चरणमा १५ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई र १ लाख ५५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट गरिसकेको छ । साथै, ७७ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि पनि छुट्याइएको छ ।

mediabaaji add

सम्बन्धित खबर

विदेशी मुद्राको नयाँ विनिमयदर, अमेरिकी डलरको बिक्रीदर १५३ रुपैयाँ नाघ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भदौ २७ गतेका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा कायम भएको छ ।

त्यस्तै, युरोपियन युरो...

प्रि ओपन सेसनमा १.१८ अंकले घट्यो नेप्से

काठमाडौँ । साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा १.१८ अंक घटेर २६४८.३४ विन्दुमा झरेको छ ।  यस सेसनमा ६८ लाख ४२ हजार ९६४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सेसन अवधिभरमा ५० कम्पनीको १७ हजार ९६९ कित्ता सेयर ख...

सोलु हाइड्रोपावरले मंसिर ७ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाडौँ । सोलु हाइड्रोपावर लिमिटेडले आउँदो मंसिर ७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २ करोड कित्ता आईपीओ निष्कासन...

सुदूरपश्चिममा धान उत्पादन : क्षेत्रफल घट्यो, उत्पादकत्व वृद्धि

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा पछिल्ला वर्षमा धानको उत्पादकत्वमा वृद्धि भएको छ। खेती गर्ने तरिका सुधार गरी किसान व्यावसायिक बन्न थालेपछि धान उत्पादनमा वृद्धि भएको कृषि विकास निर्देशनालय सुदूरपश्चिमले जनाएको छ। निर्देश...

आजदेखि देशभर आर्थिक गणना हुँदै

काठमाडौँ । आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरीवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेका राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । कार्यतालिकाअनुसार स्थलगत तथ्यांक संकलनको काम आगामी असारको पहिलो साताभित्र सम्...

बाख्रापालनबाट उकासिएको जिवन

म्याग्दी । मङ्गला गाउँपालिका-२ हिदीका कुलबहादुर पुनले चार वर्षअघि दुई वटा बाख्राबाट सुरु गरेको फार्मबाट वार्षिक लाखौँ आम्दानी गर्न थालेका छन् । पचास वर्षीय पुन वैदेशिक रोजगारी, परम्परागत खेतीकिसानीको विकल्पमा गाउँमै व्यवस्थित बाख्रा फार्म सञ्चालन...