आइतबार, १५ कात्तिक २०८३
नेपाली

साना किसानको तहमा लघुवित्तले आशा जगाइरहेको विज्ञहरुको भनाई

Main News Image

काठमाण्डौँ । नेपालको वित्तीय क्षेत्र सुकारका लागि लघुवित्तहरुलाई बलियो बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिनुभएको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को आयोजनामा भएको लघुवित्तका समस्या र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले ग्रामीण क्षेत्रको अर्थतन्त्र चलायमान बनाउँदै गरिबी न्यूनिकरणमा लघुवित्तहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् । 

कार्यक्रममा बोल्नुहुँदै राष्ट्रबैँकका पूर्व कार्यकारी निर्देशक एवम् अर्थविज्ञ डा. गुणाकर भट्टले वर्तमान समयमा लघुवित्त क्षेत्रमा देखीएका समस्याहरुको साझा प्रयास र पहलबाट समाधान खोज्नुपर्नेमा जोड दिनुभयो । उहाँले लघुवित्त क्षेत्रमा समस्या मात्र नभई सम्भावना प्रचुर रहेको स्मरण गर्दै अर्थतन्त्र चलायमान बनाउने विषयमा लघुवित्तको योगदान महत्वपूर्ण रहने विश्वास व्यक्त गर्नुभयो । भट्टले केही लघुवित्तमा समस्या आयो भन्दैमा सम्पूर्ण लघुवित्त क्षेत्र नै समस्याग्रस्त भयो भन्न नमिल्ने भन्दै कतिपय सकारात्मक परिवर्तनमा योगदान गरिरहेका लघुवित्तको बारेमा पनि चर्चा परिचर्चा गर्नुपर्नेमा जोड दिनुभयो । 


समस्या जसरी समाधान पनि संगसंगै हुने भन्दै भट्टले लघुवित्त क्षेत्रले सरकार, नियमक निकाय र सरोकारवालाहरुसंग आफ्ना कुराहरु सामुहिक रुपमा राख्नु पर्ने सुझाव दिनुभयो । 

स्थानीयतहमा पहुँच पु¥याउन आवश्यक छ । यस अभियानको बारेमा यहाँहरुले नै सोच्ने हो । अरुलाई भन्दै जाने हो । अरुलाई बुझाउँदै जाने हो । त्यसैले नीतिगत पैरवीका लागि तयार भएर अगाडि बढ्ने । साझा उद्धेश्य र साझा लाभका लागि विषयको उठान गर्नुस । 

कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै साना किसान विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत वासु अधिकारीले नियमक निकायको नीति, विधि र परिमार्जित कानुनहरुका बारेमा लघुवित्त क्षेत्रका नेतृत्वहरुलाई जानकारी दिन यो कार्यक्रमको अयोजना गरिएको बताउनुभयो । उहाँले पछिल्लो समय कानुनमा भएको बदलावको बारेमा समग्र लघुवित्त क्षेत्रलाई जानकारी होस भन्ने ध्येयका साथ देशभरका ३५ वटा भन्दा बढि लघुवित्त वित्तीय संस्थाका प्रमुखहरुलाई सहभागि बनाई दुइपक्षीय छलफल गरिएको बताउनुभयो । 

प्रमुख कार्यकारी अधिकृत अधिकारीले सुधारको सुरुवात आफुबाट गर्नुपर्ने भन्दै सबैभन्दा पहिले संस्थागत सुशासनमा विशेष ध्यान दिन सबैलाई अनुरोध गर्नुभयो । यसैगरी कार्यक्रममा प्रस्तुत भएका २ वटा कार्यपत्रमाथी टिप्पणी गर्दै नेपाल राष्ट्र बैंकको लघुवित्त सुपरिवेक्षण विभागका उप निर्देशक पिताम्बर पोख्रेलले लघुवित्त क्षेत्रमा नियमकीय तवरबाट हुनुपर्ने व्यवस्थामा सहजिकरणका लागि आफुहरु तयार रहेको बताउनुभयो । उहाँले लघुवित्त क्षेत्र आफैमा नराम्रो नभई केही गलत व्याक्तीका कारण यस क्षेत्र समस्यामा परेको उहाँको धारणा थियो । पोख्रेलले लघुवित्त क्षेत्रमा गर्नुपर्ने सुधारका लागि कानुन सम्वत रुपमा आफुहरुले कार्य गर्दै आएको भन्दै यस क्षेत्रलाई कस्तो बनाउने भन्ने विषयमा लघुवित्त क्षेत्र, सरोकारवाला र नियमक नियकाको सहकार्यमा टुङ्गोमा पुग्न सकिने बताउनुभयो । 

यसैगरी कार्यक्रममा लघुवित्त क्षेत्रका समस्या, चुनौती तथा दिगो व्यावसायिक सन्तुलनका विषयमा नेरुडे मिर्मिरे लघुवित्त संस्थाका पूर्व प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालले कार्य पत्र प्रस्तुत गर्नुभएको थियो । यसैगरी लघुवित्त क्षेत्रको वर्तमान समस्या निराकरणका उपाय र नियामकीय रणनीतिका विषयमा नेपाल राष्ट्र बैंकका उप निर्देशक विवेक कोइरालाले आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

कार्यक्रममा चार्टर्ड एकाउन्टेन्ट विदुर लुइँटेलले लघुवित्त संस्थामा कर्जा नोक्सानी व्यवस्था, सन्दर्भ अवधारणा र प्रभाव विषयमा प्रस्तती राख्नुभएको थियो । 

सहभागी सबैलाई धन्यवाद दिँदै साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का नायब प्रमुख कार्यकारी अधिृकत पृथ बहादुर थापाले लघुवित्त क्षेत्रमा गहिरो गरी अनुसन्धानको आवश्यकता रहेको बताउनुभयो । उहाँले सतही कुरामा विश्वस गरेर धारणा बनाउने भन्दा पनि वास्तविकताको नजिक रहेर लघुवित्त क्षेत्रको बारेमा बहस गर्नुपर्नेमा जोड दिनुभयो । थापाले सकारात्मक कार्य गरेका लघुवित्तलाई प्रोत्साहन र खराब गरेकाहरुलाई सुधारको अवसर प्रदान गर्नुपर्ने माग गर्नुभयो । यसै सन्दर्भमा लघुवित्तहरुले महिलाहरुको आत्मसम्मान, आत्मविश्वास बनाउनका साथै आयआर्जनमा समेत ठूलो सहयोग गरिरहेको प्रतिक्रिया दिनुभयो । उहाँले विपन्न वर्गमा वित्तीय पहुँच पु¥याउने कुरा र लघु उद्यम प्रवद्र्धनको क्षेत्रमा लघुवित्तको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । 

साना किसान विकास लघुवित्त वित्तीय संस्थाले लघुवित्त क्षेत्रमा देखिएका समस्या र चुनौतीका विषयमा केन्द्र, प्रदेश, स्थानीयतह र प्रारम्भिक संस्थाहरुसम्म पुगेर कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । लघुवित्तले अहिले देशका ७७ वटै जिल्लामा आफ्नो सेवा विस्तार गर्दै ग्रामीण क्षेत्रका गरिब किसानहरुलाई आयआर्जनसंग जोड्ने कार्य गर्दै आएको छ । 


mediabaaji add

सम्बन्धित खबर

सुनको मूल्यमा उच्च वृद्धि, आइतबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा उच्च वृद्धि भएको छ । सुन आज तोलामा एकैदिन पाँच हजार ६०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँ...

सेयर बजार फेरि ओरालो लाग्यो, कारोबार रकम ६ अर्बमा सीमित

काठमाण्डौँ । अघिल्लो दिन ८३ अंक बढेको सेयर बजार आज सेयर बजार २.६१ अंक घटेको छ । आज सेयर बजार परिसूचक २७५७.४० विन्दुमा पुगेको छ । आज सेयर बजारमा १७५ कम्पनीको सेयर मूल्य घटेको छ भने ८२ कम्पनीको बढेको छ । त्यस्तै आज १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको...

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको विनिमयदर (सूचीसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ६३ पैसा र बिक्रीदर १४५ रुपैयाँ २३ पैसा तोकिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ३० पैस...

पृथ्वी राजमार्गअन्तर्गत ११ किलोमिटर नागढुङ्गा-मलेखु खण्ड कालोपत्र

चितवन । पृथ्वी राजमार्गअन्तर्गत ११ किलोमिटर नागढुङ्गा मलेखु खण्ड कालोपत्र भएको छ । गत वर्ष आठ किलोमिटर कालोपत्र गरिएकामा यस वर्ष थप तीन किलोमिटर कालोपत्र गरिएको हो । नागढुङ्गा मुग्लिन सडक आयोजनाका इन्जिनियर विजय दरैका अनुसार तेस्रो चरणअन्तर्गत हाल...

नेप्सेमा सामान्य अंकको वृद्धि, ३ अर्ब ४२ करोडमा झर्‍यो कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ३.२७ अंकले बढेर २५८४.४९ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२८ कम्पनीको ७६ लाख ६८ हजार ९१५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४२ करोड ९८ लाखको सेयर कारोबार भएको छ । आज १३४ कम्पनीको सेयर मूल्य बढ्...

घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ५०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख छ हजार २०० रुपैयाँ कायम भएको छ । आज १० ग्राम सुनको मूल्य दुई लाख ६२ हजार ५२० रुपै...