आइतबार, १५ कात्तिक २०८३
नेपाली

सेयर बजार फेरि ओरालो लाग्यो, कारोबार रकम ६ अर्बमा सीमित

Main News Image

काठमाण्डौँ । अघिल्लो दिन ८३ अंक बढेको सेयर बजार आज सेयर बजार २.६१ अंक घटेको छ । आज सेयर बजार परिसूचक २७५७.४० विन्दुमा पुगेको छ । आज सेयर बजारमा १७५ कम्पनीको सेयर मूल्य घटेको छ भने ८२ कम्पनीको बढेको छ । त्यस्तै आज १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ०.७८ अंकले घटेर ४७१.१३ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ९ वटाको सेयर मूल्य घटेको छ भने ४ वटाको बढेको छ । नेप्से परिसूचक घटेको दिन कारोबार रकममा पनि गिरावट आएको छ । 

आज सेयर बजारमा ३४५ कम्पनीका १ करोड ७४ लाख ६ हजार ६१६ कित्ता सेयर ८१ हजार ५८२ पटक खरिद बिक्री हुँदा ६ अर्ब ७३ करोड ७१ लाख ४८ हजार १५० रुपैयाँको कारोबार भएको छ । सेयर बजार घटेपनि आज ६ कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।


 

mediabaaji add

सम्बन्धित खबर

कति छ विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ५१ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ३१ पैसा कायम भएको छ । यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर एक सय आठ र...

पेट्रोलियम पदार्थको मूल्यमा घटबढ

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यमा घटबढ भएको छ । इन्डियन आयल कर्पोरेशनले आइतबार नयाँ मूल्य पठाएसँगै नेपाल आयल निगमले मूल्य मिलान गर्दा डिजेल र मट्टिेतेलको भाउ घटेको छ भने हवाई इन्धनको भाउ बढेको छ । डिजेल र मट्टितेल...

मुग्लिन–पोखरा सडकको पश्चिम खण्डको काम अन्तिम चरणमा

काठमाडौँ । मुग्लिन–पोखरा सडक आयोजनाको जामुने–पोखरा पश्चिम खण्डको निर्माण आगामी नोभेम्बरभित्र सक्ने लक्ष्य राखिएको छ। विद्युत् पोल सार्ने, मादी पुलको पहुँच मार्गका लागि जग्गा प्राप्त गर्ने र दमौली डिभिजन कार्यालय स्थानान्तरण गर्ने समस्या समाधान भएप...

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ७४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७१ र...

सुनको मूल्यमा गिरावट, आइतबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९५ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यता, चाँदीको मूल्य तोलामा ६५ रुपैय...

सुनको मूल्यमा भारी गिरावट, प्रतितोला कति ?

काठमाडौँ । सोमबार सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य तोलामा १३ हजार ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा २ लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार सुनको मूल्य प्रत...