शुक्रबार, ०२ असोज २०८३
नेपाली

आईपीएल : चेन्नईको सानदार प्रदर्शन, कोलकाता ३२ रनले पराजित

Main News Image

काठमाडौँ । साविक विजेता चेन्नई सुपर किङ्ग्सले इन्डियन प्रिमियर लिग ९आईपीएल० २०२६ मा आफ्नो अपराजित यात्रा कायम राख्दै लगातार दोस्रो जित दर्ता गरेको छ । मंगलबार राति घरेलु मैदान एम।ए। चिदम्बरम स्टेडियममा भएको रोमान्चक खेलमा चेन्नईले कोलकाता नाइट राइडर्सलाई ३२ रनले स्तब्ध बनायो ।

चेन्नईको बलियो ब्याटिङ टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९२ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो। चेन्नईका लागि मध्यक्रमका ब्याटर सन्जु सामसनले सर्वाधिक ४८ रनको योगदान दिए । उनले मात्र ३२ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। यस्तै, युवा ओपनर आयुष म्हात्रेले आक्रामक सुरुवात गर्दै १७ बलमै ३८ रन जोडे भने डेवाल्ड ब्रेभिसले ४१ रनको महत्त्वपूर्ण इनिङ्स खेले । कोलकाताका लागि कार्तिक त्यागीले २ विकेट लिए पनि चेन्नईको रन गतिलाई नियन्त्रण गर्न सकेनन् ।


mediabaaji add

सम्बन्धित खबर

विश्वकप अभ्यासः लागातार दोस्रो खेलमा नेपाल विजयी, एमसिए ४८ रनले पराजित

काठमाडौँ । आइसिसी टी–२० विश्वकपको अन्तिम तयारीमा रहेको नेपालले लगातार दोस्रो अभ्यास खेलमा जित निकालेको छ । भारतको एमसिए प्रेसिडेन्ट–११ विरुद्ध शनिबार ४८ रनको जित निकालेको हो । यसअघि बिहीबार भएको पहिलो खेलमा नेपालले सात विकेटको जित निकालेको थियो ।&...

हैदराबादसँग चेन्नई १० रनले स्तब्ध, हारको चौकासँगै अंक तालिकामा धक्का

काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएलको जारी सिजनमा साविक विजेता चेन्नई सुपर किंग्सको सङ्घर्ष जारी रहेको छ। शनिबार राति राजीव गान्धी स्टेडियममा भएको रोमाञ्चक भिडन्तमा सनराइजर्स हैदराबादले चेन्नईलाई १० रनले पराजित गर्दै स्तब्ध बनाएको हो। यो हारसँग...

एसिसी प्रिमियर कप : लगातार तेस्रो जितको खोजीमा नेपाल, आज साउदी अरेबियासँग भिड्दै

काठमाडौँ ।  एसियन क्रिकेट काउन्सिल एसिसी प्रिमियर कपको तेस्रो संस्करणअन्तर्गत समूह चरणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियाको सामना गर्दैछ । मलेसियाको वायुमास ओभरलमा जारी प्रतियोगितामा नेपाल र साउदीबीचको यो प्रतिस्पर्धा नेपाली समयअनुसार बि...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जीत, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६ को उद्घाटन खेलमा सुखद् सुरुआत गरेको छ । मेक्सिकोको सिटी रङ्गशालामा आज भएको खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत...

पाराग्वेलाई हराउँदै फ्रान्स फिफा विश्वकप २०२६ को क्वार्टफाइनलमा

 काठमाण्डौँ । पाराग्वेलाई हराउँदै फ्रान्स फिफा विश्वकप २०२६ को क्वार्टफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको फिलाडेल्फिया स्टेडियममा सम्पन्न राउन्ड अफ १६ को खेलमा पाराग्वेलाई १–० ले पराजित गर्दै फ्रान्स क्वार्टरफाइनलमा प्रवेश गरेको हो।

कप्ता...

टी–२० विश्वकप खेल सार्ने बङ्गलादेशको माग आईसीसीद्वारा अस्वीकार

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले टी–२० विश्वकपका खेल भारतबाट सार्न गरिएको बङ्गलादेश क्रिकेट बोर्ड बीसीबीको अनुरोध अस्वीकार गरेको छ। सुरक्षा कारण देखाउँदै श्रीलंकामा खेल सार्न माग गरिएको भए पनि आईसीसीले तोकिएका स्थलमा कुनै परिवर्त...