शुक्रबार, ०२ असोज २०८३
नेपाली

क्यानडाले स्वागत गर्‍यो ईयूको ‘सहयोगी सदस्य’ बन्ने प्रस्ताव

Main News Image

काठमाडौँ । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले युरोपेली संघ ईयूको क्यानडालाई पहिलो ‘सहयोगी सदस्य’ बनाउने प्रस्तावको स्वागत गरेका छन् । उनले रक्षा, महत्वपूर्ण खनिज र ऊर्जा सुरक्षालगायतका क्षेत्रमा क्यानडा र युरोपबीच थप सहकार्यको आवश्यकता औँल्याएका छन् । बिहीबार स्ट्रासबर्गस्थित युरोपेली संसदलाई सम्बोधन गर्दै कार्नीले भूराजनीतिक परिवर्तनका बीच क्यानडा र युरोप ‘सँगै हुँदा अझ बलियो’ हुने बताए ।

उनको यस्तो भनाइ युरोपेली आयोगकी अध्यक्ष उर्सुला फोन डेर लेयेनले क्यानडाका लागि ईयूको ‘सहयोगी सदस्यता’को ढोका खोल्ने प्रस्ताव गरेको एक दिनपछि आएको हो । यस्तो सदस्यताको व्यवस्था हाल ईयूमा छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने यसअघि उक्त प्रस्तावलाई ‘हास्यास्पद’ भन्दै आफूले यसलाई शत्रुतापूर्ण कदमका रूपमा लिए युरोपमाथि ‘निकै गम्भीर कर’ लगाउने चेतावनी दिएका थिए ।

mediabaaji add

सम्बन्धित खबर

इरानबाट अमेरिकी नागरिक रिहा

काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले डिसेम्बर २०२४ देखि रोकिराखेकी एक अमेरिकी नागरिकलाई रिहा गरी देश छोड्न अनुमति दिएको जानकारी दिनुभएको छ । उहाँका अनुसार ती महिला अहिले सुरक्षित रूपमा इरानबाहिर पुगेकी छन् र स्वास्थ्य अवस्था पनि...

जन्मेकै स्थानमा गरिनेछ खामेनकी अन्त्येष्टि

काठमाण्डौा । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टि मसहदमा गरिने भएको छ । तर यसको मिति र समय निश्चित भइसकेको छैन । इरानको सरकारी समाचार एजेन्सी फार्सका अनुसार खामेनीको शव इमाम रेजाको मन्दिर नजिकै गाडिनेछ ।

खामेनीको जन्म पनि...

इरानको स्पष्ट अडान : अधिकार सुरक्षित नभई अमेरिकासँग कुनै सम्झौता हुँदैन

तेहरान । अमेरिका र इरानबीच हुन सक्ने भनिएको सम्भावित सम्झौतालाई लिएर अनिश्चितताको बादल फेरि गहिरिन थालेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसामु नयाँ र निकै कडा प्रस्तावहरू अघि सारेको चर्चा चलिरहेका बेला तेहरानले भने आफ्ना अधिकारहरू पूर्...

पाकिस्तानका प्रधानमन्त्री साउदी अरब र सेना प्रमुख इरान भ्रमणमा : शान्ति वार्ताको प्रयास

काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ साउदी अरब र सेना प्रमुख असीम मुनिर इरान पुगेका छन् । जसलाई अमेरिका र इरान बीचको शान्ति वार्ता पुनः सुरु गर्ने सम्भावित नयाँ चरणको तयारीको रूपमा हेरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्र...

बाढीपीडितका लागि पाकिस्तानले पठायो १०० टन मानवीय सहायता

काठमाडौँ । पाकिस्तानले नेपालका बाढी पीडितहरूका लागि १०० टन मानवीय सहायता पठाएको छ । पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण एनडीएमएले पठाएको राहत सामाग्री आइतबार राति काठमाडौं आइपुगेको हो ।

आइतबार राति नै ती सामाग्री त्रिभुवन अन्तर्...

पाकिस्तानको बलुचिस्तानमा हिंसात्मक झडप, १२९ को मृत्यु

काठमाडौँ । पाकिस्तानको बलुचिस्तानका विभिन्न स्थानमा हिंसात्मक झडप भएको छ । सुरक्षा बलले शनिबार बलुचिस्तानका विभिन्न स्थानमा पृथकतावादी बन्दुकधारीहरूद्वारा गरिएका श्रृंखलाबद्ध र समन्वयात्मक आक्रमणहरूलाई असफल तुल्याएको जनाएको छ ।

सर्वसाधारणको...