शुक्रबार, १३ कात्तिक २०८३
नेपाली

छ माया छपक्कै २’को असफलताको जिम्मेवार म मात्रै हुँ : दीपकराज गिरी

Main News Image

काठमाडौँ । कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाको समूहलाई नेपाली बक्स अफिसको ‘हिट मेसिन’ मानिन्छ । कारण, यो समूहका अधिकांश फिल्म व्यावसायिक रूपमा सफल छन् । त्यसैले दीपक−दीपाले नयाँ फिल्म घोषणा गर्दा नै त्यसलाई ‘स्योर सट हिट’का रूपमा हेरिन्छ । तर, यसपटक भने यो समूह बक्स अफिसमा नराम्रोसँग पछारिएको छ । दसैं ९३१ असोज०मा प्रदर्शन भएको दीपक−दीपाको नयाँ फिल्म ‘छ माया छपक्कै २’ व्यावसायिक रूपमा निकै कमजोर देखिएको छ । प्रदर्शनको दुई साता बित्दै गर्दा फिल्मले साढे ३ करोड हाराहारी व्यापार गरेको छ । यसअघि दीपक−दीपाका फिल्मले सोही अवधिमा ७−८ करोडको व्यापार गर्ने गरेका थिए । तर, यसपटक यो आँकडा पनि फिल्मका लागि धेरै टाढा देखिएका छ । फिल्मले घरेलु बजारबाटै लगानी उठाउन असम्भव देखिएपछि दीपकराजले यसको जिम्मेवार आफूलाई ठहराएका छन् । बिहीबार एक टेलिभिजन कार्यक्रममा उनले ‘छ माया छपक्कै २’को असफलताको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताए । ‘फिल्म जति सफल हुनुपर्थ्यो, त्यो नहुनुमा एउटा मान्छेको मात्र ठूलो भूमिका छ । त्यो हो, दीपकराज गिरी,’ उनले भने । ‘छ माया छपक्कै २’ असफल हुनुमा ९८ प्रतिशत आफू जिम्मेवार रहेको उनको भनाइ छ । दीपक भन्छन्, ‘फिल्म हिट भएको भए दीपकको फिल्म दामी छ भनेर सुन्न चाहिँ तयार हुने अनि असफल हुँदा सबै दोष अरुलाई थुपार्ने कुरा हुँदैन । ‘छ माया छपक्कै २’ असफलताको जिम्मेवार व्यक्ति भनेको ९८ प्रतिशत म हो । त्यो जिम्मेवारी मैले लिनैपर्छ ।’ उनले फिल्म छायांकनको अन्तिम समयमा एक कलाकारले आफूलाई धोका दिएको आशय पनि व्यक्त गरे । उनले नाम नखुलाए पनि ती कलाकार केदार घिमिरे माग्ने बुढा हुन् । फिल्मको स्क्रिप्टमा काम हुँदा उनको अभिनय रहने तय थियो । तर, बीचमा उनी अमेरिका गएपछि विभिन्न कारणले नेपाल फर्किन पाएनन् । जसले गर्दा फिल्मको पछि स्क्रिप्ट नै परिवर्तन गरिएको थियो ।

mediabaaji add

सम्बन्धित खबर

‘धुरन्धर’ को पटकथा चोरी मुद्दामा आदित्य धरलाई राहत

काठमाण्डौँ । फिल्म ‘धुरन्धर’ र यसको सिक्वेल ‘धुरन्धरस् द रिभेन्ज’ मा पटकथा चोरीको आरोपमा फिल्म निर्माता सन्तोष कुमारलाई बम्बई उच्च अदालतले राहत दिएको छ ।  बुधबार अन्तरिम आदेश जारी गर्दै फिल्म ‘धुरन्धर’ र यसको सिक्वेल ‘धुरन्धर, द रिभेन्ज’ मा प...

विराजको नयाँ गीत ‘छ लिसे’ सार्वजनिक

काठमाण्डौँ । नेपालभाषाका गायक विराज महर्जनको ‘छ लिसे’ गीत सार्वजनिक भएको छ । आइतबार गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनको प्रमुख आतिथ्यमा राजधानीस्थित जय नेपाल हलमा एक कार्यक्रमबीच नेपालभाषा गीत ‘छ लिसे’ प्रिमियर गरिएको हो ।

रामकृष्णा ख...

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक पशुपति शर्मा

काठमाण्डौँ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध गायक पशुपति शर्मालाई अध्यक्ष निर्वाचित गरेको छ । शर्मा यसअघि वरिष्ठ उपाध्यक्ष थिए । यसैगरी महासचिवमा शिव हमाल पनि निर्विरोध निर्वाचित भएको प्रतिष्ठानको नवौँ महाधिवेसनक...

सुशीला गौतम र खेम सेन्चुरीको स्वरमा "मोरे सैया" गीत सार्वजनिक

काठमाडौँ । लोकदोहोरी गायिका सुशीला गौतमको नयाँ सांगीतिक प्रस्तुति मोरे सैया सार्वजनिक भएको छ । सुशीला गौतम र खेम सेन्चुरीको संयुक्त स्वर रहेको यस गीतमा प्रेमभावका साथै नेपाली संस्कृतिको झल्को समेत प्रस्तुत गरिएको छ ।

नेत्र अर्यालद्वारा शब्द...

सिनेमा आर्टको नयाँ फिल्ममा अनमोल र जसिता, सुयोग गुरुङले निर्देशन गर्ने

काठमाडौँ । नेपाली फिल्म ‘कबड्डी’ सिरिज, ‘पुरानो डुङ्गा’ र ‘दिमाग खराब’ जस्ता सफल चित्र बनाइसकेको ब्यानर सिनेमा आर्टले नयाँ फिल्मको तयारी सुरु गरेको छ । यस प्रोजेक्टका लागि निर्देशक सुयोग गुरुङसँगै मुख्य भूमिकामा अभिनेता अनमोल केसी र अभिनेत्री जसित...

कवि एवं गीतकार शिव पलाँसको नयाँ सांगीतिक गजल सार्वजनिक

काठमाण्डौँ । कवि एवम् गीतकार शिव पलाँसको नयाँ सांगीतिक गजल सार्वजनिक भएको छ । मृत्युबोध गरिएको यो गजलमा मान्छेहरुको दोहोरो चरित्र र हराउँदै गएको समवेदनाप्रति व्यंग्य पनि गरिएको छ ।

ध्रुपद गायनका विध्यार्थी केशव बादीको संगीत तथा स्वर रहेको...