शनिबार, १४ कात्तिक २०८३
नेपाली

छ माया छपक्कै २’को असफलताको जिम्मेवार म मात्रै हुँ : दीपकराज गिरी

Main News Image

काठमाडौँ । कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाको समूहलाई नेपाली बक्स अफिसको ‘हिट मेसिन’ मानिन्छ । कारण, यो समूहका अधिकांश फिल्म व्यावसायिक रूपमा सफल छन् । त्यसैले दीपक−दीपाले नयाँ फिल्म घोषणा गर्दा नै त्यसलाई ‘स्योर सट हिट’का रूपमा हेरिन्छ । तर, यसपटक भने यो समूह बक्स अफिसमा नराम्रोसँग पछारिएको छ । दसैं ९३१ असोज०मा प्रदर्शन भएको दीपक−दीपाको नयाँ फिल्म ‘छ माया छपक्कै २’ व्यावसायिक रूपमा निकै कमजोर देखिएको छ । प्रदर्शनको दुई साता बित्दै गर्दा फिल्मले साढे ३ करोड हाराहारी व्यापार गरेको छ । यसअघि दीपक−दीपाका फिल्मले सोही अवधिमा ७−८ करोडको व्यापार गर्ने गरेका थिए । तर, यसपटक यो आँकडा पनि फिल्मका लागि धेरै टाढा देखिएका छ । फिल्मले घरेलु बजारबाटै लगानी उठाउन असम्भव देखिएपछि दीपकराजले यसको जिम्मेवार आफूलाई ठहराएका छन् । बिहीबार एक टेलिभिजन कार्यक्रममा उनले ‘छ माया छपक्कै २’को असफलताको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताए । ‘फिल्म जति सफल हुनुपर्थ्यो, त्यो नहुनुमा एउटा मान्छेको मात्र ठूलो भूमिका छ । त्यो हो, दीपकराज गिरी,’ उनले भने । ‘छ माया छपक्कै २’ असफल हुनुमा ९८ प्रतिशत आफू जिम्मेवार रहेको उनको भनाइ छ । दीपक भन्छन्, ‘फिल्म हिट भएको भए दीपकको फिल्म दामी छ भनेर सुन्न चाहिँ तयार हुने अनि असफल हुँदा सबै दोष अरुलाई थुपार्ने कुरा हुँदैन । ‘छ माया छपक्कै २’ असफलताको जिम्मेवार व्यक्ति भनेको ९८ प्रतिशत म हो । त्यो जिम्मेवारी मैले लिनैपर्छ ।’ उनले फिल्म छायांकनको अन्तिम समयमा एक कलाकारले आफूलाई धोका दिएको आशय पनि व्यक्त गरे । उनले नाम नखुलाए पनि ती कलाकार केदार घिमिरे माग्ने बुढा हुन् । फिल्मको स्क्रिप्टमा काम हुँदा उनको अभिनय रहने तय थियो । तर, बीचमा उनी अमेरिका गएपछि विभिन्न कारणले नेपाल फर्किन पाएनन् । जसले गर्दा फिल्मको पछि स्क्रिप्ट नै परिवर्तन गरिएको थियो ।

mediabaaji add

सम्बन्धित खबर

कस्तो छ बल्छी धुर्बेको डेब्यु निर्देशन रहेको ‘गोबर गणेश’ को ट्रेलर ?

काठमाण्डौँ । कलाकार मरिचमान श्रेष्ठ बल्छी धुर्बेको डेब्यु निर्देशन रहेको फिल्म ‘गोबर गणेश’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा समाजमा काम वा वर्गका आधारमा गरिने विभेदलाई समेटिएको छ ।

ट्रेलरको गणेश पात्रबाट गरिएको छ, जो पढाईमा कमज...

गायक प्रशान्त तामाङको निधन

काठमाडौँ । नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको दिल्लीस्थित निवासमा हृदयाघातका कारण निधन भएको हो । प्रशान्तको निधनप्रति गायक प्रमोद खरेलले सामाजिकमा लेखेका...

लोक गायक कमल बिके निर्मोहीको निधन

काठमाण्डौँ । लोकगायक तथा सञ्चारकर्मी कमल बिके निर्मोहीको निधन भएको छ । केही वर्षदेखि मिर्गौला सम्बन्धी समस्याका कारण अस्वस्थ उनको मंगलबार साँझ निधन भएको हो । गायिका कोमल वलीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै निर्मोहीको निधनबारे जानक...

आशा भोसलेको निधन

काठमाण्डौँ । भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । गम्भीर अवस्थामा अस्...

धुर्मुस भन्छन् _आश्मा न्याय पाउन आफ्नो मातृभूमि फर्किएकी थिइन्, तर राज्यको मुद्दा फेरि विदेशमा सारियो !

काठमाडौँ । कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ ले न्याय पाउने आशामा छोरीसहित मातृभूमि फर्किएको बताएका छन् । उनले दुई महिनासम्म राज्यका विभिन्न निकायसँग परामर्श गर्दा पनि आफ्नो समस्या समाधान हुन नसकेको र फेरि विदेश फर्कन बाध्य भएको...

मास्टर्नीको विवादित गीत हटाइयो, प्रियंका र दुर्गेशले मागे माफी

काठमाडौँ । गायक दुर्गेश थापा र प्रियंका कार्की अभिनित चलचित्र ‘मास्टर्नी’को प्रमोसन गीत ‘ताराबाजी लैलै’ विवादमा परेपछि युट्युबबाट हटाइएको छ ।

गीतमा शिक्षक, विशेषगरी महिला शिक्षक तथा शिक्षण पेसाप्रति अपमानजनक र अमर्यादित शब्द तथा दृश्य प्रस्त...