कवि एवं गीतकार शिव पलाँसको नयाँ सांगीतिक गजल सार्वजनिक
काठमाण्डौँ । कवि एवम् गीतकार शिव पलाँसको नयाँ सांगीतिक गजल सार्वजनिक भएको छ । मृत्युबोध गरिएको यो गजलमा मान्छेहरुको दोहोरो चरित्र र हराउँदै गएको समवेदनाप्रति व्यंग्य पनि गरिएको छ ।
ध्रुपद गायनका विध्यार्थी केशव बादीको संगीत तथा स्वर रहेको गजललाई दिक्षित पौडेलले एरेन्ज गरेका हुन् भने सम्पूर्ण ताम्रकारले रेकर्डिङ गरेका हुन् ।
गायनमा उदाउँदै गरेका केशव बादीले गजलका शब्दहरमाथि न्याय हुने गरि संगीत सृजना गर्न र स्वर भर्न आफूले सम्पूर्ण कोशिश गरेको बताए। यस गजललाई पलाँस क्रिएशन युट्युब च्यानलमार्फत भर्खरै सार्वजनिक गरिएको छ ।
अमेरिकाको नर्थ क्यारोलाइना निवासी गीतकार पलाँस दुई दशकदेखि साहित्य लेखन र गीति सृजनामा निरन्तर क्रियाशिल छन्। उनको मायाँ गर्नुको अर्थ गीति सन्चयन प्रकाशित छ। पलाँसका शब्दमा ख्यातिप्राप्त कलाकार दीप श्रेष्ठ, कर्ण दास, शिशिर योगी, बि बि अनुरागी, सन्जु थापा, प्रमोद खरेलदेखि नयाँ पुस्ताका समिक्षा अधिकारी, रचना रिमाल र बाल कलाकार अनुजा कडरिया सम्मले संगीत र स्वर मिसाइसकेका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
दिग्गज बलिउड अभिनेता धर्मेन्द्रको निधन
काठमाडौँ । समाचार एजेन्सी आईएएनएसका अनुसार वरिष्ठ अभिनेता धर्मेन्द्रको निधन भएको छ । रिपोर्टका अनुसार, ८९ वर्षीय धर्मेन्द्रले सोमबार दिउँसो १ बजेतिर आफ्नो घरमा अन्तिम सास फेरे । उनको अन्त्येष्टि विले पार्ले श्मशानघाटमा...
गायक प्रशान्त तामाङको निधन
काठमाडौँ । नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको दिल्लीस्थित निवासमा हृदयाघातका कारण निधन भएको हो । प्रशान्तको निधनप्रति गायक प्रमोद खरेलले सामाजिकमा लेखेका...
आईजीपी कार्कीको शब्दमा ‘आमा म त खरानीबाट उठेर आएँ’ सार्वजनिक (भिडिओ)
काठमाण्डौँ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचना रहेको गीत ‘आमा म त खरानीबाट उठेर आएँ’ सार्वजनिक भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच उक्त गीतको प्रथम प्रदर्शनी गरिएको हो ।
नेपाल प्रहरीले निर्वाह गरिरहे...
दशैंको भावनासँग जोडिएको ‘फर्क ए परदेशी’ सार्वजनिक
काठमाडौँ । नेपालीहरूको महान् पर्व दशैं नजिकिँदै गर्दा परदेशमा रहेका नेपालीलाई घर फर्किन आग्रह गर्ने भाव बोकेको नयाँ गीत ‘फर्क आ परदेशी’ सार्वजनिक भएको छ । दीपक तिरुवा अफिसियलमार्फत सार्वजनिक गरिएको गीतमा लोकप्रिय गायिका शान्ति श्री परियार र दीपक त...
चलचित्र निर्माता थापाको तीज गीत ‘दिक्क लाइसक्यो’ सार्वजनिक
काठमाडौँ । चलचित्र निर्माता अविरल थापाले तीज गीत ‘दिक्क लाइसक्यो’ सार्वजनिक गरेका छन् । गीतमा दीपिका बयम्बु, बेनिशा पौडेल र सुनिता बिकको स्वर रहेको हो । संगीत किरण भुसालले र शब्द अविरल थापाको रहेको छ । गीतमा विभिन्न पेसामा आवद्ध श्रीमानका श...
विराजको नयाँ गीत ‘छ लिसे’ सार्वजनिक
काठमाण्डौँ । नेपालभाषाका गायक विराज महर्जनको ‘छ लिसे’ गीत सार्वजनिक भएको छ । आइतबार गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनको प्रमुख आतिथ्यमा राजधानीस्थित जय नेपाल हलमा एक कार्यक्रमबीच नेपालभाषा गीत ‘छ लिसे’ प्रिमियर गरिएको हो ।
रामकृष्णा ख...



