आइतबार, १५ कात्तिक २०८३
नेपाली

चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण

Main News Image

काठमाडौँ । ‍उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर फेला पारी सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ । आज काठमाडौं उपत्यका प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की र उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले संयुक्त रुपमा ३४ वटा मोटरसाइकल र २६ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।

आज बुझाइएका ६० वटासहित १८१ वटा सवारीसाधन गत साउनयता ट्राफिक प्रहरीले सवारी धनीलाई जिम्मा लगाइसकेको छ । साथै चोरीका १३ वटा दुईपाङ्ग्रे सवारीसाधनसहित चोरीमा संलग्न २५ जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

चालु आर्थिक वर्षमा ४१७ वटा र आव २०८१,८२ मा ५०३ वटा दुईपाङ्ग्रे सवारी फेला पारी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिनसमेत उपत्यका ट्राफिक प्रहरी कार्यालय अनुरोध गरेको छ ।


mediabaaji add

सम्बन्धित खबर

क्यानडा पठाइदिने भन्दै ३७ लाख ठगी, अच्युत दुलाल पक्राउ

काठमाण्डौा । क्यानडामा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै एक जनाबाट ३७ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले काभ्रेपलाञ्चोकका ४२ वर्षीय अच्युत दुलाललाई पक्राउ गरेको छ । मण्डनदेउपुर नगरपालिका–६ घर भएका दुलाललाई वैदेशिक रोजगार विभागबाट पक्राउ पुर्जी ज...

नागढुङ्गाबाट ७ लाख मूल्यका १४ थान पुराना आईफोन बरामद

काठमाडौँ । काठमाडौँको मुख्य नाका नागढुङ्गाबाट प्रहरीले भन्सार छली गरी ल्याइएका करिब सात लाख रुपैयाँ बराबरका १४ थान पुराना आईफोन बरामद गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार मंगलबार राति पौने १० बजे चन्द्रागिरि नगरपालिका(२ स्थित नागढुङ्गा च...

मोटरसाइकल चोरीमा संलग्न तीन जना ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाण्डौँ । काठमाडौँबाट मोटरसाइकल चोरीमा संलग्न ३ जनालाई शुक्रबार दिउँसो ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।  नियन्त्रणमा आउनेमा सिन्धुलीको सुनकोशी गाउँपालिका ४ घर भई हाल ललितपुरको ग्वार्को बस्ने २५ वर्षीय सुजन पुरकुटी, सोही स्थानका २३ वर...

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ

काठमाडौँ । कास्कीमा मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले पोखरा महानगरपालिका ८ जाल्पारोडस्थित विभिन्न खाजा घरहरूमा अनैतिक...

निर्वाचनमा परिचालित हुन रणनीति बनाउँदै सशस्त्र प्रहरी

काठमाडौँ । सशस्त्र प्रहरीले निर्वाचन सुरक्षाका लागि हेडक्वार्टरदेखि गुल्मसम्म रणनीति बनाएर परिचालन हुने जनाएको छ । सशस्त्र प्रहरी बल प्रधानकार्यालयमा केन्द्रीय कमाण्ड स्थापना गर्दै गुल्मसम्म समन्वय गरेर परिचालन हुने जनाएको हो । सशस्त्र प्रहरी बलले...

पशुपतिमा प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ

काठमाण्डौँ । शिवरात्रिमा पशुपतिमा खटिएका प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले मकवानपुरका २५ वर्षीय रिजन श्रेष्ठलाई पक्राउ गरेको हो। उनी काठमाडौँ बस्दै आएका थिए । 

शिवरात्रीमा उनले पशुपतिम...