बिहिबार, ०१ असोज २०८३
नेपाली

चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण

Main News Image

काठमाडौँ । ‍उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर फेला पारी सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ । आज काठमाडौं उपत्यका प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की र उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले संयुक्त रुपमा ३४ वटा मोटरसाइकल र २६ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।

आज बुझाइएका ६० वटासहित १८१ वटा सवारीसाधन गत साउनयता ट्राफिक प्रहरीले सवारी धनीलाई जिम्मा लगाइसकेको छ । साथै चोरीका १३ वटा दुईपाङ्ग्रे सवारीसाधनसहित चोरीमा संलग्न २५ जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

चालु आर्थिक वर्षमा ४१७ वटा र आव २०८१,८२ मा ५०३ वटा दुईपाङ्ग्रे सवारी फेला पारी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिनसमेत उपत्यका ट्राफिक प्रहरी कार्यालय अनुरोध गरेको छ ।


mediabaaji add

सम्बन्धित खबर

‘फेक रेस्क्यु’मा संलग्न रहेको आरोपमा धादिङ ज्वालामुखीका तिवारीसहित दुई जना पक्राउ

काठमाण्डौँ । पर्वतारोहण क्षेत्रमा भएको ‘फेक रेस्क्यु’मा संलग्न रहेको आरोपमा थप दुई जनालाई पक्राउ गरिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ठमेलस्थित रोयल होलिडेज एडभेञ्चर एन्ड ट्राभल कम्पनी प्रालिका प्रतिनिधि २८ वर्षीय सन्दीप तिवारी र...

मुस्ताङमा नेपाली सेनाको बेस क्याम्प थपियो

मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि यहाँका दुई स्थानमा नेपाली सेनाले निर्वाचन सुरक्षा बेस क्याम्प स्थापना गरेको छ । जोमसोमस्थित इन्द्रबक्स गणका अनुसार नेपाल–चीन सिमानासँग जोडिएको माथिल्लो मुस्ताङको लोमान्...

पशुपतिमा प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ

काठमाण्डौँ । शिवरात्रिमा पशुपतिमा खटिएका प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले मकवानपुरका २५ वर्षीय रिजन श्रेष्ठलाई पक्राउ गरेको हो। उनी काठमाडौँ बस्दै आएका थिए । 

शिवरात्रीमा उनले पशुपतिम...

पशुपतिमा चिम्टाले हानेर युवकको हत्या, १ भारतीयसहित २ जना पक्राउ

काठमाण्डौा । पशुपतिनाथ मन्दिर परिसरमा एक युवकको हत्या गरेको अभियोगमा एक भारतीयसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । यही फागुन ६ गते राति पशुपति–१५ शिवालय मन्दिरको उत्तरतर्फबाट दोस्रो मन्दिरभित्र सङ्खुवासभा घर भएका २५ वर्षीय सन्तोष गिरी मृतावस्...

नेपाली युवतीलाई चिनियासँग बिहे गराइदिने गिरोह पक्राउ

काठमाडौँ । नेपालमा अवैध रूपमा ‘म्यारिज ब्युरो’ चलाएको आरोपमा चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् । उनीहरूलाई अध्यागमन विभागको टोलीले काठमाडौँको सोह्रखुट्टे–मिलीजुली चोक क्षेत्रबाट नियन्त्रणमा लिएक...

राहदानीमा उमेर हेरफेर गरेको आरोपमा १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी पासपोर्ट बनाउँदा जन्ममिति सच्याएर उमेर घटबढ गराएको अभियोगमा झापाका सरकारी कर्मचारी र राहदानी वाहकसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । इ...