शुक्रबार, ०६ कात्तिक २०८३
नेपाली

दसैँ–तिहारका लागि २५ हजार टन चिनी ल्याउन सरकारी संस्थानलाई अनुमति

Main News Image

काठमाडौँ । सरकारले दसैँ–तिहारलाई लक्षित गर्दै २५ हजार टन चिनी आयात गर्न साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई स्वीकृति दिएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै संस्थानलाई १ प्रतिशत भन्सार शुल्कमा चिनी आयात गर्न अनुमति दिएको हो। हाल चिनीमा १५ प्रतिशत भन्सार महसुल लाग्दै आएको छ ।

चाडपर्वका समयमा चिनीको माग बढ्ने र बजारमा मूल्य अकासिन सक्ने अवस्थालाई ध्यानमा राखेर सरकारले आयातमा भन्सार सहुलियत दिएको हो। आयात हुने चिनी दसैँ–तिहारका समयमा बजारमा वितरण गरिनेछ। सहुलियत मूल्यमा चिनी बिक्री गरी बजारभाउ नियन्त्रणमा राख्ने सरकारको तयारी छ।

हाल साल्ट ट्रेडिङका देशभरका गोदाममा करिब १ हजार ४ सय टन मात्रै चिनी मौज्दात रहेको छ। मागअनुसारको आपूर्ति सुनिश्चित गर्न आयातसँगै स्वदेशी उद्योगबाट समेत १५ हजार टन चिनी खरिद गर्ने प्रक्रिया अघि बढाइएको छ।

स्वदेशी उद्योगबाट खरिद गरिने चिनीमध्ये साल्ट ट्रेडिङले १२ हजार टन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ३ हजार टन खरिद गर्ने तयारी गरेका छन्। यो चिनी पनि दसैँ–तिहारकै लागि बजारमा पठाइनेछ।

mediabaaji add

सम्बन्धित खबर

एनएमबि बैंकद्वारा डिजिटल नेपालको लागि नयाँ पेमेन्ट गेटवे सुरु

काठमाडौँ । एनएमबि बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा देशभर डिजिटल कारोबारलाई सरल र सुरक्षित बनाउन कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सुरु गरेको छ । यो नयाँ सेवाले भौतिक र अनलाइन ई–कमर्स दुवै प्रका...

दाङमा युवा किसानको स्ट्रबेरी खेती फस्टाउँदै, लाखौँको कारोबार

काठमाडौँ । कृषि प्रविधि र व्यावसायिक सोचका कारण दाङको घोराही क्षेत्रमा स्ट्रबेरी खेती फस्टाउन थालेको छ । कैलालीका २७ वर्षीय दशरथ साउदले घोराही–१५ मा दुई बिघा जग्गामा गरेको स्ट्रबेरी खेतीबाट लाखौँको कारोबार गर्दै आएका...

विदेशी मुद्राको विनिमय दर : डलर, युरो र पाउण्डको भाउ कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको नयाँ दररेट अनुसार अमेरिकी डलर एकको खरिद दर १५४ रुपैयाँ २२ पैसा र बिक्री दर १५४ रुपैयाँ ८२ पैसा तोकिएको छ ।

यसैगरी, युरोपि...

नेप्सेमा दोहोरो अंकको गिरावट, ४ अर्ब ५२ करोडको कारोबार

काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १९.९२ अंकले घटेर २५९५.१० को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३४५ कम्पनीको १ करोड १२ लाख ९९ हजार ३३४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५२ करोड ८७ लाखको सेयर कारोबार भएको छ । आज ४३ कम्पनीको सेयर मूल...

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै, भारतबाट मात्रै ३० हजार ल्याइने

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ । किसानलाई राहत हुने गरी धानका लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यम...

ओरालो लाग्यो सुनको भाउ, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । पश्चिम एसियामा जारी युद्धसँगै सुनको भाउ निरन्तर घट्दो क्रममा रहेको छ । नेपाली बजारमा सोमबार छापावाल सुन तोलामा २ लाख ७५ हजार ५०० रुपैयाँ कायम भएको छ । जुन मूल्य अघिल्लो दिनको तुलनामा ६ हजार ५०० रुपैयाँ कम हो । नेपाल सुनचाँदी व्यवसायी मह...