शुक्रबार, ०६ कात्तिक २०८३
नेपाली

दसैँ–तिहारका लागि २५ हजार टन चिनी ल्याउन सरकारी संस्थानलाई अनुमति

Main News Image

काठमाडौँ । सरकारले दसैँ–तिहारलाई लक्षित गर्दै २५ हजार टन चिनी आयात गर्न साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई स्वीकृति दिएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै संस्थानलाई १ प्रतिशत भन्सार शुल्कमा चिनी आयात गर्न अनुमति दिएको हो। हाल चिनीमा १५ प्रतिशत भन्सार महसुल लाग्दै आएको छ ।

चाडपर्वका समयमा चिनीको माग बढ्ने र बजारमा मूल्य अकासिन सक्ने अवस्थालाई ध्यानमा राखेर सरकारले आयातमा भन्सार सहुलियत दिएको हो। आयात हुने चिनी दसैँ–तिहारका समयमा बजारमा वितरण गरिनेछ। सहुलियत मूल्यमा चिनी बिक्री गरी बजारभाउ नियन्त्रणमा राख्ने सरकारको तयारी छ।

हाल साल्ट ट्रेडिङका देशभरका गोदाममा करिब १ हजार ४ सय टन मात्रै चिनी मौज्दात रहेको छ। मागअनुसारको आपूर्ति सुनिश्चित गर्न आयातसँगै स्वदेशी उद्योगबाट समेत १५ हजार टन चिनी खरिद गर्ने प्रक्रिया अघि बढाइएको छ।

स्वदेशी उद्योगबाट खरिद गरिने चिनीमध्ये साल्ट ट्रेडिङले १२ हजार टन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ३ हजार टन खरिद गर्ने तयारी गरेका छन्। यो चिनी पनि दसैँ–तिहारकै लागि बजारमा पठाइनेछ।

mediabaaji add

सम्बन्धित खबर

भारतको अवरोधपछि पूर्वका चिया उद्योग बन्द, ६० हजारको रोजगारी संकटमा

काठमाडौँ । भारतले नेपाली चिया निर्यातमा अघोषित रोक लगाएपछि इलाम र झापाका चिया उद्योगहरू बन्द हुन थालेका छन् । इलामका ५६ उद्योग यसअघि नै बन्द भइसकेका छन् भने बिहीबारदेखि झापाका ३० भन्दा बढी उद्योग र करिब दुई दर्जन चिया बगान पनि बन्द भएका छन् ।

<...