मङ्गलबार, ०३ कात्तिक २०८३
नेपाली

दसैँ–तिहारका लागि २५ हजार टन चिनी ल्याउन सरकारी संस्थानलाई अनुमति

Main News Image

काठमाडौँ । सरकारले दसैँ–तिहारलाई लक्षित गर्दै २५ हजार टन चिनी आयात गर्न साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई स्वीकृति दिएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै संस्थानलाई १ प्रतिशत भन्सार शुल्कमा चिनी आयात गर्न अनुमति दिएको हो। हाल चिनीमा १५ प्रतिशत भन्सार महसुल लाग्दै आएको छ ।

चाडपर्वका समयमा चिनीको माग बढ्ने र बजारमा मूल्य अकासिन सक्ने अवस्थालाई ध्यानमा राखेर सरकारले आयातमा भन्सार सहुलियत दिएको हो। आयात हुने चिनी दसैँ–तिहारका समयमा बजारमा वितरण गरिनेछ। सहुलियत मूल्यमा चिनी बिक्री गरी बजारभाउ नियन्त्रणमा राख्ने सरकारको तयारी छ।

हाल साल्ट ट्रेडिङका देशभरका गोदाममा करिब १ हजार ४ सय टन मात्रै चिनी मौज्दात रहेको छ। मागअनुसारको आपूर्ति सुनिश्चित गर्न आयातसँगै स्वदेशी उद्योगबाट समेत १५ हजार टन चिनी खरिद गर्ने प्रक्रिया अघि बढाइएको छ।

स्वदेशी उद्योगबाट खरिद गरिने चिनीमध्ये साल्ट ट्रेडिङले १२ हजार टन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ३ हजार टन खरिद गर्ने तयारी गरेका छन्। यो चिनी पनि दसैँ–तिहारकै लागि बजारमा पठाइनेछ।

mediabaaji add

सम्बन्धित खबर

सम्झौता अनुसार काम नगर्ने २५ निर्माण कम्पनीको ठेक्का तोडियो

काठमाडौँ । सरकारले सम्झौता अनुसार निर्माण सम्पन्न नगर्ने २५ वटा निर्माण कम्पनीहरुसँग ठेक्का तोडेको छ। सडक डिभिजन काठमाडौंअन्तर्गत संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंले समयभित्र निर्माण सम्पन्न नगर्ने २५...

बढ्यो पेट्रोल र डिजेलको मूल्य !

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । आज राति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा मूल्यवृद्धि भएको निगमले जनाएको छ ।

निगमले पेट्...

आजदेखि अण्डाको मूल्य बढ्यो

काठमाडौँ । अण्डाको उत्पादनमा कमी र माग बढेसँगै मूल्य बढाइएको छ । लेयर्स कुखुरापालक संघले फार्म मूल्यका आधारमा वैशाख १ देखि लागू हुनेगरी नयाँ मूल्य निर्धारण गरेको हो । नयाँ दरअनुसार ठूलो अण्डा एक क्रेट ३० वटाको फार्म मूल्य ४६५ रुपैयाँ पुगेको छ, जुन...

मच्छिमको तामाखानी उत्खननका लागि अध्ययन सुरु

काठमाडौँ । म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिममा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएको छ । खानी तथा भूगर्भ विभागबाट अनुमति पाएको कम्पनी ‘एमएस दोङयी मिनरल्स’ प्रालिले तामाखानीको खोजतलास तथा उ...

अमेरिकी डलरले आज पनि राख्यो उच्च विन्दुको रेकर्ड, एक डलरको नेपाली रुपैयाँ कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दरअनुसार अमेरिकी डलरको मूल्य उकालो लागेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपियाँ १५ पैसा र बिक्रीदर १४४ र...

नेशनल लाईफको कर्मचारी सीप अभिवृद्धि कार्यक्रम सम्पन्न

नेपालगञ्ज । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारीको क्षमता, कार्यदक्षता र व्यावसायिक सीप अभिवृद्धि गर्ने उद्देश्यले नेपालगञ्जस्थित होटल सिद्धार्थमा चारदिने ‘इम्प्लोई स्कील इन्हान्समेन्ट वर्कसप’ सम्पन्न गरेको छ । कम्पनीका अध्यक्ष श्रीमत...