बुधबार, ११ कात्तिक २०८३
नेपाली

सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढ्यो, चाँदीले बनायो नयाँ रेकर्ड

Main News Image

काठमाडौँ । नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य १ हजार ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा दुई लाख ५३ हजार ६०० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार छापावाल सुन प्रतितोला दुई लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनेको छ । यससँगै सोमबार चाँदीको मूल्य तोलामा ३ हजार ५ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदी तोलामा ३ हजार ४ सय ९० रुपैयाँमा खरिदबिक्री भएको थियो । 

mediabaaji add

सम्बन्धित खबर

विनिमयदर , डलर र युरोको मूल्य स्थिर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसा कायम गरिएको...

आज पनि बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति पुग्यो ?

काठमाडौँ । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढीरहेको छ । आज पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ। आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ६९ हजार ३०० र त्यति नै चाँदीको मोल रू चार हजार ५८५ कायम भएको नेपाल सुनचाँदी...

सडक मर्मतका लागि एमसीसी अन्तर्गतका २.३७ करोड अमेरिकी डलरका दुई सम्झौतामा हस्ताक्षर

काठमाडौँ । एमसिए–नेपालले मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी कम्प्याक्ट अन्तर्गत सडक मर्मत कार्य कार्यान्वयनका लागि करिव २ दशमलव ३७ करोड अमेरिकी डलर मूल्यका दुई वटा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको छ । सोमबार काठमाडौंमा एमसिए–नेपालले एमसीसी ने...