सडक मर्मतका लागि एमसीसी अन्तर्गतका २.३७ करोड अमेरिकी डलरका दुई सम्झौतामा हस्ताक्षर
काठमाडौँ । एमसिए–नेपालले मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी कम्प्याक्ट अन्तर्गत सडक मर्मत कार्य कार्यान्वयनका लागि करिव २ दशमलव ३७ करोड अमेरिकी डलर मूल्यका दुई वटा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको छ । सोमबार काठमाडौंमा एमसिए–नेपालले एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको सडक मर्मत आयोजना कार्यान्वयनका क्रममा पूर्व–पश्चिम राजमार्गको धान खोलादेखि लमहीसम्मको सडक खण्डमा फूल डेप्थ रिक्लेमेशन तथा सुपरपेभ प्रविधि प्रयोग गरेर सडक स्तरोन्नति कार्यका लागि सम्झौता गरेको हो ।
यसैगरी एमसिए–नेपालले हालै उक्त सडक खण्डको सडक स्तरोन्नति कार्य र नारायणघाट–मुग्लिङ सडक खण्डको आवधिक मर्मत कार्यको सुपरिवेक्षणका लागि इण्टरनेशनल कन्सल्टाण्ट्स एण्ड टेक्नोक्राट्स प्रालिसँग सम्झौता गरेको छ । आयोजना अन्तर्गत पूर्व–पश्चिम राजमार्गको धान खोलादेखि लमहीसम्मको ४० किमि सडक खण्डमा स्तरोन्नतिको क्रममा सात मिटरको क्यारिज वे र २ दशमलव ५ मिटरको शोल्डर निर्माण गरी सडकलाई १२ मिटर चौडा गरिने एमसिए–नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टले जानकारी दिए । सम्झौता अन्तर्गतका क्रियाकलापले व्यापार एवं सवारी सञ्चालन लागतलाई घटाउने र सडक सुरक्षामा अभिवृद्धि गर्ने विश्वास लिएको उनले बताए ।
एक्सप्रेस
सम्बन्धित खबर
दशैंपछि खुलेको बजारमा सुनको मूल्य तोलामा ११,७०० रुपैयाँले घट्यो
काठमाडौँ । दशैंको लामो बिदापछि आइतबार खुलेको नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा ११ हजार ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
मूल्य...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०८...
अब नागढुंगा सुरुङमार्ग सञ्चालन हुने
काठमाडौँ । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको संघारमा पुगेको छ । धादिङ र काठमाडौंबीचको यात्रा सहज र छिटो बनाउने लक्ष्यसहित निर्माण गरिएको यो परियोजनाले देशको यातायात पूर्वाधारमा महत्वपूर्ण फड्को मार्ने अपेक्षा गरिएको छ ।
२०७६ कात्तिकमा...
बिहीबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ...
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा !
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा पुगेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीद...
शुक्रबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलर एकको खरिददर १४६ रूपैयाँ ३२ पैसा र बिक्रीदर १४६ रूपैयाँ ९२ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७१...



