सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढ्यो, चाँदीले बनायो नयाँ रेकर्ड
काठमाडौँ । नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य १ हजार ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा दुई लाख ५३ हजार ६०० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार छापावाल सुन प्रतितोला दुई लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनेको छ । यससँगै सोमबार चाँदीको मूल्य तोलामा ३ हजार ५ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदी तोलामा ३ हजार ४ सय ९० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
एक्सप्रेस
सम्बन्धित खबर
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता, योगदान रकम एक खर्ब १६ अर्ब नाघ्यो
काठमाडौँ । सामाजिक सुरक्षा कोषमा कूल एक खर्ब १६ अर्ब ७१ करोड ८९ लाख ५० हजार ५२५ रुपैयाँ योगदान रकम जम्मा भएको छ । आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म उक्त योगदान रकम जम्मा भएको हो । सूचीकृत रोजगारदाता र सूचीकृत योगदानकर्ताले उक्त रकम जम्मा गरेक...
भारतबाट ग्यास आयात बढ्यो, साताभित्रै बिक्री सामान्य हुने
काठमाडौँ । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा पछिल्ला केही दिनयता देखिएको खाना पकाउने एलपी ग्यासको बिक्री वितरण विस्तारै सहज हुन थालेको छ । गत असार ३१ गतेदेखि १४.२ किलोग्राम ग्यास भएको सिलिन्डर बिक्री गर्न थालेपछि एक्कासी अभावजस्तो देखिए पनि...
इन्धनको मूल्य बढेर आयो, तर नेपालमा खुद्रा मूल्य यथावत
काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर आए पनि नेपाल आयल निगमले सर्वसाधारणको सुविधालाई ध्यानमा राख्दै खुद्रा बिक्री मूल्य नबढाउने निर्णय गरेको छ । भदौ ३० गते प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा प्रति लिटर रु १२....
अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य बढ्यो !
काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ क...
आज दोहोरो अंकले घटेर बन्द भयो नेप्से, ४ अर्ब ७१ करोडमा झर्यो कारोबार
काठमाडौँ । साताको पाँचौं कारोबार दिन नेप्से परिसूचक १२.८३ अंकले घटेर २६२०.९२ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३४२ कम्पनीको १ करोड १ लाख ५३ हजार २२६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७१ करोड ३९ लाखको सेयर कारोबार भएको छ । आज ६३ कम्पनीको सेयर मूल...
नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका सबै पुल निर्माण सम्पन्न
नवलपरासी । सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट-बुटवल सडकखण्डको पूर्वी खण्डमा पर्ने सबै पुल निर्माण सम्पन्न भएका छन् । निर्माण सम्पन्न भएका ३४ मध्ये ३३ ओटा पुलबाट सवारीसाधन सञ्चालन भइसकेका नारायणघाट-ब...



