मङ्गलबार, २० असोज २०८३
नेपाली

पानीदेखि औषधिसम्मले निम्त्याउँदै रोग, आफ्नो स्वार्थका निम्ति व्यापारीहरुले सर्वसाधारणको स्वास्थ्यमाथि खेलबाड गर्दा राज्य मौन !

Main News Image

रुषा थापा

भक्तपुर । काठमाडौं उपत्यकाभित्र वा बाहिर चटपटे, पानीपुरीको व्यापार केही वर्षयता व्यापक मौलाएको छ । सटर भाडामा लिएर वा गाडामा यस्ता व्यापार गर्ने गरिएको छ । एक प्लेट चटपटे वा पानीपुरीको ठाउँअनुसार ६० रुपैयाँदेखि दुई सय रुपैयाँसम्म लिइन्छ । विद्यार्थीदेखि सरकारी कर्मचारीसम्मले चटपटे, पानीपुरी खाइरहेको भेटिन्छन् । 

कतिपय अभिभावकले आफ्ना बालबच्चालाई खुवाइरहेको पनि देखिन्छ । चटपटेमा प्रयोग गरिने सस केबाट बन्छ ? पानीपुरीको झोल कस्तो पानीबाट बनाइएको हो ? के हालेर चटपटे र पानीपुरी मिठो बनाइन्छ ? अधिकांशलाई थाहै छैन । मिठो वा मुखको स्वादकै लागि मानिसहरुले चटपटे, पानीपुरी खाने गरेको पाइन्छ । 

अर्कोतर्फ, चटपटे–पानीपुरी बनाउनेहरु आफैं फोहोरी हुन्छन् । महिनौंसम्म नुहाउँदैनन् । हात पनि सफा हुँदैन र पन्जा नलगाई चटपटे, पानीपुरी बनाउँछन् । यी सबै कुरा देख्दादेख्दै पनि शिक्षित वर्गहरु नै यस्ता खानेकुरा खाइरहेका छन् । पछिल्लो समय मानिसहरुमा जस्तो पनि रोग देखिन थालेको छ, त्यसको कारण यस्ता खानेकुरा पनि हो । 


चटपटेमा प्रयोग हुने सस वा रंगले मानिसको शरीरमा निकै हानि पुर्याउँछ, किनकि त्यसमा केमिकल मिसाइएको हुन्छ । पानीपुरीको झोल फोहोर पानीबाट बनेको हुन्छ । त्यसमा हड्डी खियाउने अजिना मोटोलगायतको प्रयोग गरिएको हुन्छ । अनि यस्ता खानेकुरा खाएपछि मानिस दीर्घरोगी बन्न पुग्छ । मुखको स्वादले समग्र शरीरलाई हानि पुर्याउँछ । 

त्यतिमात्र होइन, पैसा र ज्यान दुवै सकाउँछ । विडम्बनापूर्ण कुरा चाँहि के छ भने यस्ता खानेकुरा खानुहुँदैन भनेर सचेतना फैलाउनुपर्ने सरकारी कर्मचारीजस्ता शिक्षित वर्गहरु नै चटपटे, पानीपुरी खाइरहेको अवस्थामा भेटिन्छन् । उनीहरु आफ्ना सन्ततिलाई समेत खुवाउँछन् । अनि रोग लागेपछि पछुताउँछन् । 

चटपटे, पानीपुरी व्यापार गरेरै मानिसहरुले महलजत्रो घर ठ्डयाएको पनि पाइन्छ । दिनमै पाँच हजारदेखि लाखौंको व्यापार उनीहरु गर्छन् । लागत एकदमै कम हुन्छ त नाफा अधिक । अनि केही वर्षमै करोडौंको सम्पत्ति जोड्छन् । राज्यलाई समेत सुको कर तिर्दैनन् । बजारी अवस्था अनुगमन गर्ने हो भने अधिकांश चटपटे, पानीपुरी पसलको दर्ता नै पाइँदैन । 

गाडामा सञ्चालन भइरहेकाको त दर्ता हुँदैन नै सटर लिएर खुलेका चटपटे, पानीपुरी पसल पनि दर्ताविहीन हुन्छन् । यसरी दर्ताबिनै व्यापार गरी जनस्वास्थ्यमा हानि पुर्याउनुका साथै राज्यलाई कर छल्ने काम हुँदै आएको छ । दुर्भाग्य, राज्यका निकायहरुको यसतर्फ ध्यान गएको देखिँदैन । व्यापारीहरुले आफ्नो स्वार्थका निम्ति सर्वसाधारणलाई ठग्दा र उनीहरुको ज्यानै जोखिममा पार्दासमेत सरकार मौन छ । न त सरकारी निकायहरु यस्ता विषयमा अनुगमन गर्छन् न त कारबाही । चटपटे, पानीपुरीमात्र होइन, अन्य खानेकुराहरुमा पनि यस्तै छ । दही, दुधमा समेत अनेकौं केमिकल मिसाउने गरिएको छ । 

भक्तपुरमा जुजु धौं दही प्रख्यात छ । स्वदेशीदेखि विदेशीसम्म यो दही खान यहाँ आउँछन् । र, यही दही खाएर अधिकांशले रोगको भारी बोकिरहेका छन् । जुजु धौं भन्दै केमिकल खुवाइरहेको वा खाइरहेको अवस्था छ । किनकि जुजु धौं जमाउन अनेकौं केमिकल हालिएको हुन्छ । जुन कुराबाट सर्वसाधारण र राज्य नै अन्जान छ । दुधमा पनि पाउडर मिसाइन्छ । 

मिठाई पसलहरुको अवस्था पनि दयनीय छ । मिठाई पसल बाहिर जति आकर्षित, सफा र राम्रो हुन्छ, मिठाई बनाउने ठाउँ त्यत्तिकै फोहोर हुन्छ । खुट्टाले किल्चिएर मिठाई बनाइन्छ । मिठाई बनाउने भाडाकुँडा त्यत्तिकै फोहोर हुन्छ, मुसा, किराहरु मरिरहेका हुन्छन् । त्यो देखेमा कसैलाई मिठाई खान त परको कुरो हो हेर्नसमेत मन लाग्दैन । 

त्यसैले त व्यापारीहरु एउटा ठाउँमा मिठाई बनाउँछन्, अर्को ठाउँमा बेच्छन् । पछिल्लो समय तिर्खा लागेमा पानी होइन, पेय पदार्थ पिउने गरिन्छ । कोक, फान्टा, रेड बुल आजकल जोकोही पिउँछन् । यस्ता पेय पदार्थ अत्यधिक चिनी र केमिकल हालेर बनाइएको हुन्छ, जसले मानवीय शरीरमा व्यापक क्षति पुर्याउँछ । 

विदेश होस् या घरेलु मदिरा बजारमा छ्यापछ्याप्ती पाइन्छन् । मानिसहरु तनावमा हुँदा वा खुशीयाली मनाउन मदिराको साहारा लिन्छन् । विदेशी मदिरा केबाट बन्छ ? कसैलाई थाहा छैन तर घरेलु मदिरा जनावरको हड्डी, पुराना र फोहोर जुत्ता, मोजा वा कपडा, युरिया मललगायतबाट बन्छ । यस्ता मदिराको सेवनको मानिसको संवेदनशील अंग कलेजो, किड्नी, फोक्सी सिधैं सिध्याउँछ । 

पछिल्लो समय भइरहेको पनि यही हो । अस्पतालमा मिर्गौला, फोक्सोजस्ता संवेदनशील अंग फेल भई उपचाररत अवस्थामा रहेका थुप्रै मानिसहरु भेटिन्छन् । कतिपय चाँहि उपचार गराउन पैसा नभएर बाटोमा माग्दै हिँडिरहेको पनि पाइन्छन् । मःम, चाउमिन, बर्गर, पिंजा आजकल बच्चादेखि बुढापाकासम्मले मन पराउँछन् । खान्छन् पनि । 

तर, यी खानेकुरा केबाट बन्छन् ? कस्ता मासु प्रयोग गरिन्छ ? कसैलाई थाहा हुँदैन । दुई दशकअघि काठमाडौंको कोटेश्वरस्थित एक मःम पसलले कुकुरको मासु प्रयोग गरेर मःम बनाउने गरेको पाइएको थियो । मःमभित्र साङ्लासमेत भेटिने गरेको छ । मासु पसलले त खसीको भनेर बोका, कुखुराको भनेर मरेका कुखुरा वा कुकुरसम्मको मासु बेचिरहेको पाइन्छ भने मःम पसलहरुले राम्रो मासुको प्रयोग गर्छन् होला ? 

यता, डोनट पसल, बेकरी, पाउरोटी उत्पादन गर्ने उद्योगहरुको अवस्था पनि उस्तै छ । डोनट र पाउरोटी फुलाउन हानिकारक पाउडरहरुको प्रयोग गरिन्छ । एउटै तेलमा डोनट, निम्की, आलु चिप्सहरु पकाइन्छ । कुहिएको अण्डा र अनेकौं केमिकल, रंग हालेर केक बनाइन्छ । महिनौंसम्म बासी माछा केमिकल हालेर बेचिन्छ । यतिसम्म कि जारको पानीमा समेत केमिकल हालिएको हुन्छ । 

यस्ता खानेकुरा खाएर त मानिसहरु रोगी बनिरहेकै छन्, सँगै औषधिले समेत रोग निम्त्याइरहेको छ । औषधी व्यवसायीहरुले म्याद गुज्रिएका औषधि बेच्छन् । अनि रोगमाथि रोग लाग्छ । यसरी व्यापारीहरुले आफ्नो लाभका निम्ति सर्वसाधारणको ज्यानमाथि खेलबाड गरिरहँदा राज्य मौन छ । जनताको ज्यान र सम्पत्तिको सुरक्षा गर्नु राज्यको दायित्व छ । विडम्बना, सरकार आफ्नो जिम्मेवारीबाट पन्छिँदा नागरिकले आफ्नो पैसा र ज्यान दुवै गुमाइरहेका छन् । त्यसैले, सरकारले अब चाँहि बजारतिर ध्यान दिइयोस् । नत्र राज्य आफैंले यसको ठूलो क्षति भोग्नुपर्ने छ ।

mediabaaji add

सम्बन्धित खबर

जेनजी प्रतिवेदन कार्यान्वयन नहुँदा दमन दोहोरियो : जेनजी अगुवा हमाल

काठमाडौँ । जेनजी आन्दोलनका अगुवा रवि किरण हमालले राष्ट्रिय मानव अधिकार आयोगकी आयुक्त लिली थापासँग भेट गरी जेनजी आन्दोलनसम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन, मानव अधिकारको अवस्था तथा राज्यको जवाफदेहिताबारे विस्तृत छलफल गरेका छन् ।

आयुक्त थाप...

जिबीलाई समातेर ल्याउन केले रोक्यो सरकार ?

काठमाण्डौँ । सहकारी नेटवर्किङ खडा गरेर लाखौं बचतकर्ताको अर्बौं रुपैयाँ खाएर फरार जिबी राई अहिलेसम्म फेला परेका छैनन् । पटकपटक सरकार फेरिएपनि अहिलेसम्म जिबीलाई खोजेर ल्याउन सकेको छैन । झन् बालेन्द्र साह नेतृत्वको सरकार बनेपछि जिबीको विषय सामसुम भएक...

आमा ! छोरा मान्छेहरु कहिल्यै रुँदैनन् हो ?

एक्कासि बाबालाई आज सन्चो भएन । हिजो असारको १५ गते, खेतमा बेस्सरी भिजेर आउनु भएकोले आज बाबालाई ज्वरो आएको छ अनि खोकी पनि लागीरहेको छ । म घरको जेठो छोरा, सबै जिम्मेवारी मेरै काँधमा छ । बुबापछिको शेष मनै हुँ । ठुली दिदी ब...

भोगीको दार्शनिक पथ ! भोग दर्शन !

© निर्मल पुरी 'भोगी' 

मिडियाबाजी डटकम काठमाडौँ, मंसिर १३। सामान्य अर्थमा भोग दर्शन ,भोगविलास , आनन्द वा रुचिहरूको लागि बहस गर्ने दर्शन हो । यसलाई मिश्रित दार्श...

हात्ती आयो हात्ती आयो फुस्सा भयो सङ्घीयता

© हरि खतिवडा

काठमाडौँ । नेपालीमा एउटा उखान छ नि “भूँइको टिप्न खोज्दा पोल्टाको खस्यो “हो त्यस्तै बाटोमा लम्किरहेका छौँ हामी ।अरु देशले आफ्नो सँस्कृतिलाई मोडिफाई गर्दै विश्वलाइ आफ्नोपन चखाउँछन् ,हाम...

नेपाल कालोसूचीमा गर्ने दिन घर्किँदै, अर्थमन्त्री वाग्ले आफ्नै पारामा !

रुषा थापा_______________

भक्तपुर ।   माघ महिना आउन आठ महिनामात्र बाँकी छ । आठ महिनाभित्र नेपाल ग्रेलिष्टबाट नहटे कालोसूचीमा पर्नेछ । वालेन्द्र शाह (वालेन) नेतृत्वको रास्वपा सरकार गठन भएको एक महिना पूरा भएको छ । यसबीचम...