शनिबार, ३० जेठ २०८३
नेपाली

भोगीको दार्शनिक पथ ! भोग दर्शन !

Main News Image

© निर्मल पुरी 'भोगी' 

मिडियाबाजी डटकम काठमाडौँ, मंसिर १३। सामान्य अर्थमा भोग दर्शन ,भोगविलास , आनन्द वा रुचिहरूको लागि बहस गर्ने दर्शन हो । यसलाई मिश्रित दार्शनिक सिद्धान्तको रूपमा बुझ्न सकिन्छ यसले जीवनमा गरेका सुख दुःख भोग अनुभवको महत्त्व र ज्ञान प्राप्त गर्ने सम्बन्धको धारणामा बढी जोड दिन्छ। तर गहिरो दार्शनिक भावमा बुझ्ने हो भने भोग दर्शन जीवन भोग , सन्तुष्टि र शान्तिसँग प्रत्यक्ष सम्बन्ध राख्ने दर्शन हो ।

पूर्वीय दर्शनमा आधारित शैव सम्प्रदायहरूले यो दर्शनले हिन्दु दर्शनमा आधारित शीव तत्व भोगको सबैभन्दा ठूलो शक्ति मानेको छ! शैव दर्शनहरू मध्ये पौरस्त्य दर्शन परम्पराको एउटा मुख्य धारा भनेको आगमिक (तान्त्रिक) धारा हो । यही धाराको आलोकमा नेपालको शैव संस्कृतिअन्तर्गत विकसित दर्शन पाशुपत दर्शन हो । पाशुपत दर्शनको मूल ग्रन्थ माहेश्वररचित पाशुपात सूत्र हो । पाशुपत सूत्रमा पाँच अध्यायहरू छन् । पाशुपत दर्शनका प्रवर्तक लकुलीश हुन् । भगवान शङ्करका अठार अवतारहरूमा लकुलीश एक अवतार हुन् ।पञ्चार्थभाष्य नामक ग्रन्थमा पाशुपत मतमा प्रतिपादित पाँचओटा तत्त्व (सिद्धान्तहरू) उल्लेख छन्- कार्य, कारण, योग, विधि र दुःखान्त । नेपालमा अवस्थित पशुपतिनाथमा आधारित भई प्रतिपादित भएको पाशुपत दर्शन नेपालको आफ्नै मौलिक सिद्धान्त र दर्शनका रूपमा लिइन्छ ।

(स्रोत सन्दर्भ:- 'शैव दर्शन, संस्कृति र दशनामी संन्यासी ' हिमाल गिरी , नेपाल प्रज्ञा प्रतिष्ठान २०८२ )

 

यहाँ भोग दर्शनको विभिन्न पक्षहरूको संक्षिप्त व्याख्या यसरी गर्न सकिन्छ :

 

१.भौतिक सुख र दुःखको भोग 

भोग दर्शनले एक व्यक्तिको भौतिक अनुभूतिहरू र अनुभवहरूको आनन्द लिनका लागि एक व्यक्तिको झुकाव वर्णन गर्न सक्दछ, प्राय: सौंदर्य, सान्त्वना, र विलासितासँग सम्बन्धित छ । आखिर मान्छेहरूले सुखको प्राप्तिकै लागि अनेकौं दु:ख भोग्ने गर्दछन् 

 

२. नैतिक शिक्षा:

भोग दर्शनमा,सबै इन्द्रियहरूको सुलभता सबैभन्दा बढी राम्रो वा परम लक्ष्य हो भन्ने विश्वास गर्ने नयाँ दर्शन हो । 

यो हेडनवादसँग नजिकबाट सम्बन्धित छ, जसले मानव कार्यको लागि प्राथमिक प्रेरणाको रूपमा सबैलाई आनन्दमा जोड दिन्छ। 

 

भोग दर्शन , एक समज्ञानिक सन्दर्भको शिक्षा हो जुन सबै ज्ञान भोगाइ अनुभवहरूबाट उत्पन्न हुन्छ र यी अनुभवहरू संसारलाई बुझ्ने आधारका लागि खास आधारहरू हुन्।

यो दृष्टिकोण तर्कसंगत भन्दा पनि मानवीय जीवनको भोग र उपभोगसँग सम्बन्धित छ, जसले तर्क र विचारहरुलाई भन्दा पनि जीवनको अध्ययन र भोगाइबाट आर्जिएको ज्ञानको स्रोतका रूपमा जोड दिन्छ। जीवनको सनसनीपूर्ण खोजसँग जोडिएको छ, जुन एक विश्वास हो कि ज्ञान पूर्ण रूपमा संवेदी र व्युत्पन्न हुन्छ। भोगवाद विश्वका मानिसहरूले गरेका कुनैपनि कार्यप्रतिको गहिरो अनुभव र त्यसबाट प्राप्त सन्तुष्टिसँगै शान्तिलाई र चरम आनन्दलाई व्याख्या गर्ने विल्कुलै नयाँ तरिकाबाट विश्लेषण गरिएको मिश्रित दर्शन हो । यो दर्शनले , विभिन्न धर्महरूको दर्शन !

 

जस्तै :- द्वापर युगको कृष्णको दर्शन , बुद्धको दर्शन, इसाई धर्मको प्रणेता जिसस क्राइस्टको दर्शन,ओशोको दर्शन ,कानूनका दार्शनिक जेरेमी बेन्थनको आनन्दवाद र शुक्र नीतिबाट प्रेरित चारवागको दर्शन:-

यावत् जीवेत् सुखं जीवेत्!

( जति बाँच्छौ सुखसँग बाँच)

ऋणं कृत्वा घृतम् पिवेत् !!

( ऋण गरेर घिउ पिउ )

 

पूर्वीय दर्शनमा आधारित घिउ शरीरलाई सबैभन्दा शक्ति दिने पोषक तत्व मानिन्छ, शैव दर्शनबाट गहिरो रुपमा प्रभावित हुँदै फरक नयाँ दर्शनको विकास हुँदैछ यसले जीवन र भोगाइसँगै आनन्दवादको वकालत गर्ने दर्शन हो । आखिरमा जीवनमा अन्तिम तीन उद्देश्य भन्नु नै भोग , सन्तुष्टि र शान्ति नै हो र सम्पूर्ण ब्राह्मण्ड भोग,उपभोग र सम्भोगको उपज मात्रै हो भनेर यो भोग दर्शनले वकालत गर्दछ हुनपनि मानिस मात्र नभइ कुनै सजीव यी तीन भोगभन्दा माथि छैनन् ।

अन्ततः मान्छे बहुमुखी हुनुपर्छ तर बहुरुपी र छद्मभेषी (ठाउँ परिस्थिति अनुसार स्वरूप बदल्ने) होइन हरेक कुराको अनुभव र दख्खल राख्ने भुक्तभोगी हुनुपर्छ तर जे पनि परिस्थितिलाई दोष दिएर भोग गर्ने सर्वभोगी होइन !

मानिस परिस्थितिले होइन मनस्थितिले बदलिन्छ

जय भोग दर्शन!!

 

केही छैन यो सृष्टिमा भोगभन्दा अरू!!

शरीर पनि के नै छ रोगभन्दा अरू!!

 

द्रष्टव्य:-यो विचारका लेखक निर्मल पुरी 'भोगी' करिब डेढ दशकदेखि कला, साहित्य, समाज, संस्कृति, पत्रकारिता र कानूनका विद्यार्थीसँगै  "भोग दर्शन" का कट्टर प्रवर्तक समर्थक हुन् !

mediabaaji add

सम्बन्धित खबर

गाउँघरमा घट्दो कृषि जैविक विविधता र बढ्दो खाद्य सुरक्षाको चिन्ता

काठमाडौँ । “यसपाली कोदो कति फल्ने होला आमा ?”
” कहाँ बाबु! बिउ मासिएको त भयो दुई चार वर्ष ।”
“गहुँ त सर्लक्कै हराएर गयो नी! बजारको बिउ एक वर्ष छोडेर अर्...

राजनीतिक हस्तक्षेप : खेलकुद विकासको मुख्य बाधक

© मदन सिंह भाट

खेलकुद मानव जीवनको त्यो सृष्टि हो, जहाँ शरीर र आत्मा बीचको संवाद हुन्छ।
खेलकुदमा केवल पसीना बग्दैन त्यहाँ इच्छाशक्ति, अनुशासन र स्वाभिमानको रस बगिरहेको हुन्छ तर जब राजनीतिक शक्ति त्यस पवित्र प्रवाह...

जिबीलाई समातेर ल्याउन केले रोक्यो सरकार ?

काठमाण्डौँ । सहकारी नेटवर्किङ खडा गरेर लाखौं बचतकर्ताको अर्बौं रुपैयाँ खाएर फरार जिबी राई अहिलेसम्म फेला परेका छैनन् । पटकपटक सरकार फेरिएपनि अहिलेसम्म जिबीलाई खोजेर ल्याउन सकेको छैन । झन् बालेन्द्र साह नेतृत्वको सरकार बनेपछि जिबीको विषय सामसुम भएक...

लुम्बिनीका पुरातात्त्विक सम्पदाको संरक्षणमा सबै एकजुट हुनुपर्छ : उपाध्यक्ष लामा

मिडियाबाजी डटकम काठमाडौँ आश्विन ३० ,काठमाडौँ ।लुम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) ले लुम्बिनीसहितका सम्पूर्ण पुरातात्त्विक क्षेत्रहरूको संरक्...

आमा ! छोरा मान्छेहरु कहिल्यै रुँदैनन् हो ?

एक्कासि बाबालाई आज सन्चो भएन । हिजो असारको १५ गते, खेतमा बेस्सरी भिजेर आउनु भएकोले आज बाबालाई ज्वरो आएको छ अनि खोकी पनि लागीरहेको छ । म घरको जेठो छोरा, सबै जिम्मेवारी मेरै काँधमा छ । बुबापछिको शेष मनै हुँ । ठुली दिदी ब...

नेपाल कालोसूचीमा गर्ने दिन घर्किँदै, अर्थमन्त्री वाग्ले आफ्नै पारामा !

रुषा थापा_______________

भक्तपुर ।   माघ महिना आउन आठ महिनामात्र बाँकी छ । आठ महिनाभित्र नेपाल ग्रेलिष्टबाट नहटे कालोसूचीमा पर्नेछ । वालेन्द्र शाह (वालेन) नेतृत्वको रास्वपा सरकार गठन भएको एक महिना पूरा भएको छ । यसबीचम...