विजय थापाको निर्देशनमा "आँसु बिक्ने सहर" सार्वजनिक
काठमाण्डौँ । गायक तथा निर्देशक विजय थापाको स्वरमा सजिएको नयाँ आधुनिक गीत आँसु बिक्ने सहर सार्वजनिक भएको छ । विजय थापाको आधिकारिक युट्युब च्यानलमार्फत गीत सार्वजनिक भएको हो ।
माया र विछोडको भावनालाई मार्मिक रूपमा प्रस्तुत गरिएको गीतमा शंकर भुजेलका शब्द रचना तथा एनिश एन्जल राईको संगीत रहेको छ। गीतको संगीत संयोजन बुद्ध स्याङबाले गरेका छन् भने प्रकाश केसीको मिक्सिङ तथा मास्टरिङ रहेको छ। यो गीत ड्रीम्स स्टुडियोमा रेकर्ड गरिएको हो।
गीतको भिडियोतर्फ भने गायक विजय थापा स्वयम्को निर्देशन रहेको छ । भिडियोमा एमबी राउत, अप्सरा मगर र विजय थापाको मुख्य अभिनय रहेको छ। ओम प्रसाईंको छायांकन, सम्पादन र कलरिङ रहेको भिडियोमा उर्मिला लामाको शृंगार र ग्यालरी हाउसको पोस्ट प्रोडक्सन रहेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
मोडल आँचल नाथ आत्महत्या प्रकरणमा पाँच जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौँ । टिकटकर तथा मोडल आँचल नाथको मृत्यु प्रकरणमा पाँच जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले अनुसन्धानपछि पाँच जनाविरुद्ध मुद्दा दायर गरिएको जनाएको छ । जिल्ला अदाल...
२०८२ सालका सर्वाधिक कमाउने १० नेपाली चलचित्र सार्वजनिक
काठमाडौँ । वर्ष २०८२ नेपाली चलचित्र उद्योगका लागि समग्रमा सफल वर्ष बनेको छ । चलचित्र विकास बोर्डका अनुसार गत वर्ष ५७ नेपाली चलचित्र प्रदर्शन भए । बक्सअफिस तथ्याङ्कअनुसार परान ले घरेलु बजारमा १७ करोड ७६ लाख रुपैयाँभन्दा बढी कमाउँदै शीर्ष स्थान हासि...
२२ वर्षपछि तीज गीतमार्फत गायिका संगीता भण्डारीको पुनरागमन
काठमाडौँ । हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा तीज गीतको रौनक बढेको छ । यसै क्रममा गायिका संगीता भण्डारी २२ वर्षपछि तीज गीतमार्फत नेपाली सांगीतिक क्षेत्रमा पुनः फर्किएकी छन् ।
लोकप्रिय गीतकार डीपी...
चलचित्र निर्माता थापाको तीज गीत ‘दिक्क लाइसक्यो’ सार्वजनिक
काठमाडौँ । चलचित्र निर्माता अविरल थापाले तीज गीत ‘दिक्क लाइसक्यो’ सार्वजनिक गरेका छन् । गीतमा दीपिका बयम्बु, बेनिशा पौडेल र सुनिता बिकको स्वर रहेको हो । संगीत किरण भुसालले र शब्द अविरल थापाको रहेको छ । गीतमा विभिन्न पेसामा आवद्ध श्रीमानका श...
बलिउड अभिनेत्री सन्नी लियोनी आज काठमाडौँ आउँदै
काठमाण्डौँ । बलिउड अभिनेत्री सन्नी लियोनी आज शनिबार काठमाडौँ आउँदै छिन् । काठमाडौँको ठमेलस्थित बाराही होटलको बादशाह क्यासिनो उद्घाटन समारोहमा सहभागी हुन उनी आज यहाँ आउने भएकी हुन् । सोही समारोहमा सहभागी भएर बलिउड अभिनेता सञ्जय दत्त शुक्रबार मात्र...
थानेश्वरको स्वरमा ‘लज्जावती’को गीत सार्वजनिक
काठमाडौँ । चलचित्र ‘लज्जावती’को ‘मलाई पिर परेको तिम्लाई के थाहा छ’ बोलको गीत सार्वजनिक भएको छ । थानेश्वर गौतमको स्वर रहेको गीतमा भीमकुमार ओझाको शब्दरचना छ । सन्तोष बिसीले संगीत भरेका छन् । भिडियोमा सिनेमाका कलाकार मेनुका माझी र श्रीकृष्ण निरौलाको...



