शुक्रबार, ०५ भदौ २०८३
नेपाली

विजय थापाको निर्देशनमा "आँसु बिक्ने सहर" सार्वजनिक

Main News Image

काठमाण्डौँ । गायक तथा निर्देशक विजय थापाको स्वरमा सजिएको नयाँ आधुनिक गीत आँसु बिक्ने सहर सार्वजनिक भएको छ । विजय थापाको आधिकारिक युट्युब च्यानलमार्फत गीत सार्वजनिक भएको हो । 

माया र विछोडको भावनालाई मार्मिक रूपमा प्रस्तुत गरिएको गीतमा शंकर भुजेलका शब्द रचना तथा एनिश एन्जल राईको संगीत रहेको छ। गीतको संगीत संयोजन बुद्ध स्याङबाले गरेका छन् भने प्रकाश केसीको मिक्सिङ तथा मास्टरिङ रहेको छ। यो गीत ड्रीम्स स्टुडियोमा रेकर्ड गरिएको हो।

गीतको भिडियोतर्फ भने गायक विजय थापा स्वयम्‌को निर्देशन रहेको छ । भिडियोमा एमबी राउत, अप्सरा मगर र विजय थापाको मुख्य अभिनय रहेको छ। ओम प्रसाईंको छायांकन, सम्पादन र कलरिङ रहेको भिडियोमा उर्मिला लामाको शृंगार  र ग्यालरी हाउसको पोस्ट प्रोडक्सन रहेको छ ।

mediabaaji add

सम्बन्धित खबर

‘लालीबजार’ प्रदर्शनमा रोक : बादी समुदायको अपमान आरोपपछि अदालतको अन्तरिम आदेश

काठमाडौँ । चलचित्र ‘लालीबजार’ प्रदर्शनको पूर्वसन्ध्यामा कानुनी विवादमा तानिएको छ । बादी समुदायको आत्मसम्मानमा चोट पुगेको भन्दै दायर रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनले वैशाख २२ गतेसम्म फिल्म प्रदर्शन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

...

पशुपतिनाथ आरतीमा फिल्म प्रचार, सामाजिक सञ्जालमा विवाद

काठमाडौँ । पशुपतिनाथ मन्दिरको साँझको आरतीअघि फिल्म ‘आई एम जित बहादुर’को प्रचार गरिएको विषयले विवाद उत्पन्न गरेको छ । पुरुषोत्तम महिनाको अन्तिम दिन आयोजित आरतीमा फिल्मका कलाकारहरू जितु नेपाल, प्रियंका कार्की र वर्षा राउतसहितको टोली सहभागी भएको थियो...

थानेश्वरको स्वरमा ‘लज्जावती’को गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘लज्जावती’को ‘मलाई पिर परेको तिम्लाई के थाहा छ’ बोलको गीत सार्वजनिक भएको छ । थानेश्वर गौतमको स्वर रहेको गीतमा भीमकुमार ओझाको शब्दरचना छ । सन्तोष बिसीले संगीत भरेका छन् । भिडियोमा सिनेमाका कलाकार मेनुका माझी र श्रीकृष्ण निरौलाको...

प्रवासी नेपालीको कथामा बन्यो ‘प्रवासी जीवन’

काठमाडौँ । नेपालबाट आफ्नो उज्जवल भविष्य र स्थायित्वका लागि संयुक्त राज्य अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नुपर्ने सङ्घर्षसहितको प्रवासी जीवनको कथा बोकेको चलचित्र ‘प्रवासी जीवन’ आगामी फागुन १५ देखि नेपालभर प्रदर्शन हुने भएको छ ।

श्याम क्षेत्...

लोक गायक कमल बिके निर्मोहीको निधन

काठमाण्डौँ । लोकगायक तथा सञ्चारकर्मी कमल बिके निर्मोहीको निधन भएको छ । केही वर्षदेखि मिर्गौला सम्बन्धी समस्याका कारण अस्वस्थ उनको मंगलबार साँझ निधन भएको हो । गायिका कोमल वलीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै निर्मोहीको निधनबारे जानक...

‘कार्की साइँला’को ‘लग्यौ परान’ गीतमा जितु र प्रियानाको केमेस्ट्री

काठमाडौँ । आगामी असोज २ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘कार्की साइँला’को पहिलो गीत ‘लग्यौ परान’ सार्वजनिक गरिएको छ । मंगलबार एक कार्यक्रम बिच सार्वजनिक गीतमा कलाकार जितु नेपाल र प्रियाना आचार्य फिचरिङ छ । श्रेय अगस्ती र बेनिशा पौडेलको स्वर रहेको गीत...