बुधबार, ११ कात्तिक २०८३
नेपाली

देउवा–खड्का पक्षको शक्ति प्रदर्शन तयारी, राष्ट्रिय सभा निर्वाचनपछि कांग्रेसको राष्ट्रिय भेला

Main News Image

काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष फेरि सतहमा देखिने भएको छ । पार्टीका पूर्व सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंह खड्का निकट समूहले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएलगत्तै राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको छ ।

विशेष महाधिवेशनमार्फत गगन थापा कांग्रेस सभापतिमा निर्वाचित भइसकेपछि र निर्वाचन आयोगले त्यसलाई औपचारिक मान्यता दिएपछि पार्टी नेतृत्वबाट बाहिरिएको तत्कालीन संस्थापन पक्षले अब अलग्गै राजनीतिक गतिविधि तीव्र बनाएको हो । गगन थापाकै निर्णयअनुसार पार्टी निर्वाचन प्रक्रिया अघि बढेपछि असन्तुष्ट बनेको यो समूह भेलामार्फत आफ्ना धारणा सार्वजनिक गर्ने तयारीमा जुटेको छ ।

आयोजनाको तयारी भइरहेको राष्ट्रिय भेलामा पार्टीका वर्तमान तथा पूर्व पदाधिकारी, केन्द्रीय सदस्य, पूर्व राष्ट्रिय सभा तथा प्रतिनिधि सभा सदस्य, महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिको सहभागिता रहने बताइएको छ। भेलाबाट पार्टीको आगामी दिशा र रणनीतिसम्बन्धी केही महत्वपूर्ण निर्णयसमेत लिने तयारी रहेको स्रोतले जनाएको छ।

देउवा–खड्का पक्षले कांग्रेसको नीति, सिद्धान्त र ऐतिहासिक आदर्शलाई आधार मानेर अघि बढ्नुपर्नेमा जोड दिँदै हालको नेतृत्व एकल निर्णयतर्फ उन्मुख भएको आरोप लगाएको छ। पार्टी सभापति निरंकुश बन्दै जान खोजेको दाबी गर्दै नेतृत्वलाई ‘सन्तुलन र नियन्त्रण’मा राख्न राष्ट्रिय भेला आवश्यक भएको उनीहरूको भनाइ छ।

यस घटनाक्रमसँगै नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद पुनः चर्किने संकेत देखिएको छ।

mediabaaji add

सम्बन्धित खबर

जेनजी आन्दोलनमा लुटिएको इन्सास राइफलसहित कास्कीबाट २ जना पक्राउ

काठमाण्डौँ । कास्की प्रहरीले चुनावकै मुखमा जेनजी आन्दोलनको क्रममा लुटिएको इन्सास राइफलसहित २ जनालाई पक्राउ गरेको छ । कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार भदौ २४ गते प्रहरी कार्यालयबाट लुटिएको सो इन्...

रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेको मुद्दा फिर्ता प्रकरण सर्वोच्च अदालतमा सोमबार ‘हेर्दाहेर्दै’मा राखिएको छ । उनीविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद...

दुई साताअघि एमाले छोडेका जीतेन्द्र देव कांग्रेसमा प्रवेश

काठमाण्डौँ । दुई साताअघि नेकपा एमाले छाडेका जीतेन्द्र नारायण देव नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । मंगलबार सप्तरीको राजविराजस्थित कांग्रेस कार्यालयमा आयोजित एक कार्यक्रम देव कांग्रेसमा प्रवेश गरेका हुन् । उनलाई कां...

निर्वाचन परिणामः ४६ स्थानमा रास्वपा अघि

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको बिहीबार भएको निर्वाचनको पछिल्लो मत परिणामअनुसार मुलुकका ४० निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि रहेको छ । नेकपा एमाले पाँच, नेपाली कांग्रेस चार र नेपाली कम्युनिष्ट पार्टी एक स्थानमा अगाडि रहेको निर्वा...

वैद्यखानाले गति लिएकोमा पूर्वमन्त्री पौडेलद्वारा खुसी व्यक्त, सरकारलाई ६ बुँदे सुझाव

काठमाडौँ । पूर्व स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानाको कारोबार ४ गुणा बढेको, १०५ बाट १५० प्रकारका औषधि उत्पादन गर्ने र ३५ निःशुल्क औषधिमा आत्मनिर्भर बन्ने प्रधानमन्त्रीको अठोटप्रति आभार व्यक्त गरेका छन् ।

आइतबार सामाजिक सञ्जा...

राष्ट्रपतिद्वारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चौतर्फी चर्चा र संवैधानिक बहसको केन्द्रमा रहेको संवैधानिक परिषद काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी अध्यादेश अन्ततः मंगलबार जारी गरेका छन् । यसअघि आइतबार मात्रै राष्ट्रपति पौडेलले उक्त अध्यादेश संविधान...